बाइबलीय ईश्वरशास्त्र: एक स्वस्थ्य चर्चको दोस्रो चिन्ह ।




बाइबलीय ईश्वरशास्त्रः “जब हामी परमेश्वरको बारेमा सोच्छौ तब हाम्रो मनमा के आउछ त्यो हाम्रो बारेमा हुने सबैभन्दा महत्वपूर्ण कुरा हो .........हामी आत्माको गुप्त व्यवस्थाद्धारा परमेश्वरबारे हाम्रो मानसिक धारणातर्फ डोर्‍याउदछ । यो कुरा केवल कुनै एक व्यक्तिगत ख्रीष्टियानका लागि मात्र होइन तर मण्डली बनाउने ख्रीष्टियान समुदायका लागि पनि लागू हुन्छ । चर्चको बारेमा सबैभन्दा धेरै प्रकाश पार्ने कुरा भनेको परमेश्वरप्रतिको उसको धारणा हो ।“ (टोजर, ए.डब्लु., द नलेज अफ द होली, १) 

“एउटा स्वस्थ्य चर्चको दोस्रो चिन्ह भनेको बाइबलीय ईश्वरशास्त्रको शिक्षा वा ईश्वरशास्त्रको शिक्षा जो बाइबलीय छ । यदि यस्तो ईश्वरशास्त्र भएन भने, हामी हरेक पदलाई हाम्रो इच्छानुसार व्याख्या गर्न थाल्नेछौ" (अर्थात परमेश्वरबारे हाम्रो मानिसिक धारणानुसार) ।  “बाइबलअनुसारको सहि ईश्वरशास्त्र भनेको त्यो ईश्वरशास्त्र हो जो सम्पूर्ण बाइबलको शिक्षाप्रति विश्वासयोग्य हुन्छ । यसले बाइबलको सम्पूर्ण प्रकाशमा प्रत्येक भागलाई विश्वासनीय र सहि तरिकाले व्याख्या गर्दछ ।" (डेभर, मार्क, स्वस्थ्य मण्डली के हो ?, ७०) 

“हामीसँग सहित्यमा मेटान्यारेटिभ हुनुपर्छ अर्थात – एउटा अर्थ, एउटा ढाँचा ।" (९ मार्कस, ६७) 

धर्मशास्त्रमा भएको महान कथा के हो ? यस कथालाई एकिकृत गर्ने एक महान विषय के हो ? सबै कथाहरुभन्दा माथि ठुलो कथा के हो ? 

निम्न लिखित मुख्य खण्डहरु पढ्नुहोस् र परमेश्वरले आफ्ना मानिसहरुसँग कसरी सम्बन्ध राख्नुहुन्छ भन्ने समानतालाई विचार गर्नुहोस् :



  • हामी परमेश्वरले चुन्नुभएको मानिसहरु परमेश्वरले तयार गर्नुभएको ठाउँमा परमेश्वरको शासन र आशिष्मा देख्न सक्छौःँ यसलाई छोटकरीमा परमेश्वरको राज्य भनि भन्न सकिन्छ । परमेश्वरले निर्माण गर्नुभएको राज्यको कथा नै बाइबल हो । 
  • दानिएल ४ः१–३ ले हामीलाई इस्राएल राष्ट्रभन्दा अझ धेरै परमेश्वरको राज्यमा धेरै कुराहरु छ भनि बु‰न मद्दत गरेको छ । 

परमेश्वरको राज्य के हो ? यसका नागरिकहरु को हुन् ? यो कहाँ हुनेछ ? र कहिले हुनेछ  ? प्रतिज्ञा गरिएको परमेश्वरको राज्य नयाँ करारको पूरा हुने घटनाको पृष्ठभूमि हो ।

मत्ती ३ः१–२ : त्यही समय बप्तिस्मा दिने यूहन्ना यहूदियाको उजाड–स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।“

मर्कूस १ः१४–१५ : अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो । उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ । पश्चाताप गर, र सुसमाचारमा विश्वास गर ।“

  • सुसमाचार (एक स्वास्थ्य मण्डलीको तेस्रो चिन्ह) भनेको “असल खबर" हो कि येशू नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरले अभिषेक गर्नुभएको राजा र जसले येशूलाई राजाको रुपमा आराधना गर्छ, ऊ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । 
  • पुरानो करारमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको परमेश्वरको राज्य नयाँ करारमा कसरी पूरा भएको छ ? 


१) परमेश्वरले गर्नुभएको उहाँको राज्यको सबै प्रतिज्ञाहरु ख्रीष्टमा पूरा भएको छ: “उहाँ परमेश्वरको मानिस, परमेश्वरको स्थान र परमेश्वरको शासन हुनुहुन्थ्यो ।" (रोबर्ट, मगन, गड्स बिग पिक्चर, १०९) 

(क) आशिष दिनका लागि परमेश्वरले चुन्नु भएको व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ : दोस्रो आदम (रोमी ५ः१९), नयाँ इस्राएल (मत्ती २ः१५) 

(ख) आशिष दिनका लागि परमेश्वरले तयार पार्नुभएको स्थान येशू ख्रीष्ट हुनुहुन्छ: साँचो वासस्थान (यूहन्ना १ः१४), साँचो मन्दिर (यूहन्ना २ः१९)

(ग) येशू ख्रीष्ट परमेश्वरको आशिष् हुनुहुन्छ: हामीले लामो समयदेखि पर्खेको बिश्राम (मत्ती ११ः२८), हरेक श्रापलाई हटाउने (गलाती ३ः१३), हरेक आशिष् ल्याउनुहुने (एफिसी १) ।

(घ) येशू ख्रीष्ट परमेश्वरको शासन र अधिकार हुनुहुन्छ:

कलस्सी २ः९–१० “किनकि ख्रीष्टमा(परमेश्वरको मानिसहरु) ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ (परमेश्वरको स्थान), र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरु आइपुगेका छौ (परमेश्वरको आशिष्हरु) । उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ ।"


२) परमेश्वरको राज्यको सबै प्रतिज्ञाहरु ख्रीष्टको दुलही, चर्चसम्म आइपुगेको छ । 

एक चुनिएका मानिस (१ पत्रुस २ः९–१०, प्रस्थान १९ः६ को पुर्णता), परमेश्वरको आत्मा वास गर्ने स्थान (१ कोरन्थी ६ः१९) जहाँ हरेक प्रतिज्ञा गरिएका आशिष खन्याइएको छ (एफिसी १, विशेषगरी पद ३–४), र परमेश्वरको अधिकारलाई मध्यस्तता गरिएको छ (मत्ती १६ः१८–१९) । 

३) जब ख्रीष्ट फेरी आउनुहुनेछ उहाँमा सिद्ध भएको राज्यसँग बढ्दै गरेको राज्य एक हुनेछ र त्यो उहाँको मण्डलीद्वारा हुनेछ । 

(क) त्यो समयमा संसारको राज्य परमेश्वरको राज्य हुनेछ (प्रकाश ११ः५) र त्यहाँ अब उप्रान्त परमेश्वर र मानिस अलग रहने छैनन् (प्रकाश ११ः१९) । 

(ख) त्यो समयसम्म, हाम्रो कर्तव्य चेला निर्माणद्वारा राज्यको नागरिकलाई वचन घोषणा (मत्ती १३ः१८–२३, लुका १०ः८–११) गर्नु र विश्वासमा प्रतिक्रिया दिनेलाई नागरिकको वैधता (बप्तिस्मा द्धारा) दिदै “फलवन्त र गुणात्मक“ रुपमा वृद्धि हुदै जानु हो (मत्ती २८ः१८–२०) । 

प्रेरित १ः६–८ यसकारण जब प्रेरितहरु भेला भए, तब तिनीहरुले उहाँलाई सोधे, “हे प्रभु, के तपाईले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनु हुनेछ ?“ उहाँले तिनीहरुलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरुको काम होइन । तर पवित्र आत्मा तिमीहरुमा आउनु भएपछि तिमीहरुले शक्ति पाउनेछौ, र तिमी यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।“

“एउटा स्थानिय चर्च, ख्रीष्टियानहरुको एउटा भेलाभन्दा धेरै ठूलो कुरा हो । कुनै पार्कमा दश जना ख्रीष्टियान एकसाथ बस्दैमा त्यो मण्डली बन्दैन । येशूले स्थानिय मण्डलीको रुपमा एकसाथ भेला हुने ख्रीष्टियनहरुलाई राज्यको अधिकार दिनुभएको छ जो उहाँले व्यक्तिगत ख्रीष्टियनहरुलाई दिनुभएको छैन । विशेषगरी, उहाँले स्थानिय मण्डलीहरुलाई बप्तिस्मा र प्रभुभोज दिन र रोक्न सक्ने कार्य मार्फत राज्यको कुञ्जीहरुको अभ्यास गर्न अधिकार दिनुभएको छ; जसले परमेश्वरका मानिसहरुलाई संसारबाट छुट्याउने काम गर्दछ ।“ (लेम्यान, जोनाथन, चर्च अनुशासन, ३९) 


No comments:

Post a Comment