व्याख्यात्मक प्रचार : एक स्वस्थ्य चर्चको पहिलो चिन्ह ।





ब्याख्यात्मक प्रचारः “एक स्वस्थ्य चर्च भनेको त्यो चर्च हो जसले परमेश्वरको वचनलाई सुन्दछ र निरन्तर रुपमा परमेश्वरको वचनलाई सुन्दैजान्छ । यस्तो चर्च त्यस्ता व्यक्तिहरु मिलि निर्माण भएको हुन्छ जो परमेश्वरको वचन सुन्दछ र निरन्तर रुपमा सुन्दै त्यसैअनुसार आफुलाई बदल्दै र आकार दिदै बनिराखेको हुन्छ, जो निरन्तर रुपमा वचनद्वारा धोइन्छन् र परमेश्वरको सत्यताबाट पवित्र बाइन्छ  ।“ (डेभर, ९ मार्कस्, ५१)

प्रचार किन ? “एक स्वस्थ्य चर्चको पहिलो चिन्ह भनेको व्याख्यात्मक प्रचार हो । यो एक चिन्ह मात्र होइन; यो त सबै चिन्हहरुमध्ये अत्यन्तै महत्वपूर्ण छ, किनभने यदि तपाईले यसलाई सहि रुपमा स्थापित गर्नुभयो भने, अन्य सबै चिन्हरु स्वाभविक रुपमा पछ्याउदै आउनेछन् ।“ (डेभर, ९ मार्कस, ३९) 

परमेश्वरले बोल्नुहुन्छ र बोल्दै काम गर्नुहुन्छ : “ब्रम्हाण्डमा सबैझन्दा शक्तिशाली शत्ति भएको परमेश्वरको वचन हो ।“ –जोनाथन लेम्यान                                                       

“परमेश्वरले जे गर्नुहुन्छ, उहाँले आफ्नो वचनद्वारा नै गर्नुहुन्छ ।“ – सुगेल मिचलेन

  • सृष्टि गर्नुहुन्छः उत्पत्ति १ः१–३, भजन ३३ः६, हिब्रु ११ः३, अ्यूब २६ः१४, २ पत्रुस ३ः५–६, भजन १९ः१–३, उत्पत्ति १ः२६ 
  • शासन गर्नुहुन्छ: भजन १४७ :१५–१८, भजन २९ः३–९, हिब्रु १ः१–३ 
  • न्यायकर्ता गर्नुहुन्छः भजन ४६ः६, यूहन्ना १२ः४८, हिब्रु ४ः१२–१३
  • बचाउनु हुन्छ: उत्पत्ति १२ः१–३, प्रस्थान १९ः५–६, इजकिएल ३७ः१–१०, यूहन्ना १ः१, लुका ४ः१८–१९, रोमी १०ः१७, १ पत्रुस १ः२३, याकूब १ः१८
  • पवित्र पार्नुहुन्छ : प्रेरित २०ः३२, यूहन्ना १७ः१७ 
  • चेलाहरु बनाउनुहुन्छ : यूहन्ना ८ः३१–३२, ४७, ५१, १५ः४, ७, १० 
  • आफ्नो उपस्थितिको अनुभुति दिनुहुन्छः व्यवस्था ४ः७, ३०ः१२–१४, रोमी १०ः६–८ 
  • निर्माण गर्नुहुन्छ: एफिसी २ः२०, यूहन्ना १७ः२०, ४ः११–१३, २ तिमोथी ३ः१६–१७ 


“परमेश्वरले हामीलाई आज्ञा दिनुभएको छ:  पतन पछि तर स्वर्गिय सहर अघि बाँचिरहका हामी यस्तो समयमा छौ जहाँ विश्वास केन्द्रमा छ, र त्यसैले वचन केन्द्रमा हुन जरुरी छ – किनभने परमेश्वरको पवित्र आत्माले उहाँका मानिसहरुलाई आफ्नो वचनबाट सृष्टि गर्नुहुन्छ । हामी अन्य माध्यमहरुबाट मानिसलाई निर्माण गर्न सक्छौ, र यहि नै चर्चको लागि सबैभन्दा ठूलो परिक्षा हो ।"– (डेभर, ९ मार्कस, ५०)

हाम्रो समयको खतरा :२ तिमोथी ३ः१–५, ४ः३–४

हाम्रो समयमो बोलावट:  २ तिमोथी ४ः२ 


व्याख्यात्मक प्रचार नै किन ? यदि यो सत्य हो भने, जुनसुकै प्रकारको प्रचार जसले परमेश्वरको वचनलाई सबैभन्दा स्पष्टसँग सुनाउदछ त्यो हाम्रो प्रतिबद्धताको योग्य छ । अथवा परमेश्वरको वचन सबैभन्दा स्पष्ट रूपमा सुन्न सकिने प्रवचन शैली नै हाम्रो प्रतिबद्धताको योग्य हुन्छ । “एक स्वस्थ्य चर्चको पहिलो चिन्ह व्याख्यात्मक प्रचार हो । यो पहिलो चिन्हको मात्र होइन; सबै चिन्हरुमध्ये यो अत्यन्तै महत्वपूर्ण छ, किनभने यदि तपाईले यसलाई सहि रुपमा स्थापित गर्नुभयो भने, अन्य सबै चिन्हरु स्वाभाविक रुपमा पछ्याउदै आउनेछन् ।“ (डेभर, ९ मार्कस, ४२–४३)।

“व्याख्यात्मक प्रचार त्यस्तो प्रचार हो जसले वचनको मुख्य बिन्दु धर्मशास्त्रको कुनै विशेष  खण्डको मुख्य विन्दुलाई लिदछ ।" (डेभर, ९ मार्कस, ४०)। 


No comments:

Post a Comment