पुस्तकको परिचय :
हिब्रू बाइबलमा यो पुस्तकको शिर्षक यो पुस्तकको सुरुको वाक्याशं “र ती नाउँहरु यी नै हुन्” बाट राखिएको छ । हिब्रूमा प्रस्थान १ः१ पद “र” बाट सुरु भएको छ, जसले यो देखाउँछ कि यो पुस्तक उत्पत्तिको पुस्तकको घटनाक्रमको निरन्तरता हो, कुनै नयाँ पुस्तकको सुरुवात होइन । ग्रीक बाइबल, सेप्टुएजेन्टमा : “एक्सोदस (भ्हयमगक) भनेर शिर्षक दिइएको छ, जसको अर्थ प्रस्थान गर्नु, निस्कनु भन्ने हुन्छ । यसैबाट हाम्रो नेपाली बाइबलमा यस पुस्तकको शिर्षक “प्रस्थान” आएको हो । यो पुस्तकले परमेश्वरले इस्राएलीहरुलाई मिश्रको दासत्वबाट निकालेर प्रतिज्ञाको भूमि कनानतर्फ कसरी डोर्याउनुभएको भन्ने मुख्य घटनालाई वर्णन गर्ने भएकोले यसलाई “प्रस्थान” शिर्षक दिइएको हो ।
लेखक : पञ्चपूस्तकका लेखक मोशा भएकोले यस पुस्तक पनि मोशाद्धारा नै लेखिएको थियो ।
प्रस्थान १७ः१४ तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”
प्रस्थान २४ः४ तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्राएलका बाह्र कुलअनुसार बाह्र वटा ढुङ्गाका खम्बा उभ्याए ।
मिति : (१४४५–१४०५)
पुस्तक लेख्नुको उद्देश्य
प्रस्थानको मुख्य सन्देश “दासत्वबाटको उद्धार” हो । परमेश्वर आफ्नो करारमा विश्वासयोग्य हुनुहुन्छ । जसकारण इस्राएलीहरूलाई शक्तिशाली देशबाट उद्धार गरेर ल्याउनुभयो र कसरी अगुवाइ, हेरविचार, र संरक्षण गर्नुभयो भनेर उल्लेख गर्नु यस पुस्तकका उद्देश्यहरूमा पर्दछन् । त्यस्तै गरी, परमेश्वर इस्राएलीहरूका राजा वा अगुवाइ गर्नुहुने परमप्रभु हुनुहुन्छ र संसार उहाँको अधीनमा छ अनी उहाँ मात्र एकमात्र साँचो परमेश्वर हुनुहुन्छ ।
ऐतिहासिक पृष्ठभूमी
उत्पत्ति १५ः१३ मा परमेश्वरले अब्राहाम सित करार बाँध्दाखेरी नै तेरो सन्तानहरु कुनै एउटा देशमा ४०० वर्ष सम्म दासत्वमा हुनेछन भन्नुभएको थियो । अनी त्यो देश मिश्र हो भन्ने कुरा प्रस्थान १२ः४० ले बताउँछ । ’इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो ।
ठूलो रूपरेखा
- प्रस्थान ( १–१८ ) – मुक्ति
- व्यवस्था ( १९–२४ ) – आज्ञाकारिता
- मन्दिर ( २५–४० ) – आराधना
प्रस्थानको सन्देश
- परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ । प्रस्थान ६ः३
- परमेश्वर इतिहासमाथि सार्वभौम हुनुहुन्छ । प्रस्थान ३ः७–८
- परमेश्वर आफैंलाई प्रकट गर्नुहुन्छ । प्रस्थान ३ः१४
- परमेश्वर पवित्र हुनुहुन्छ । प्रस्थान ३ः५
- परमेश्वर आफ्ना करारहरू पालना गर्नमा विश्वासयोग्य हुनुहुन्छ । प्रस्थान २ः२४
- परमेश्वरले इतिहासमा काम गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्छ । प्रस्थान ४ः३१
- परमेश्वरले पाप, मूर्तिपूजा र झूटा धर्मको न्याय गर्नुहुन्छ । प्रस्थान १२ः१२
- परमेश्वरले आफ्ना मानिसहरूका पापहरू क्षमा गर्नुहुन्छ । प्रस्थान ३४ः६–७
- परमेश्वर मानिसहरूसँग बोल्नुहुन्छ । प्रस्थान १९ः९
- परमेश्वरले हामीलाई सेवा गर्न बोलाउनुहुन्छ । प्रस्थान ३ः१०
- परमेश्वरले आफ्ना मानिसहरूलाई मार्गदर्शन गर्नुहुन्छ । प्रस्थान १३ः२१
- परमेश्वरले आफ्ना मानिसहरूको आवश्यकताहरू पूरा गर्नुहुन्छ । प्रस्थान १६ः१५
- परमेश्वरले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ । प्रस्थान १४ः१४
- परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ र छुटकारा दिनुहुन्छ । प्रस्थान ६ः६
- परमेश्वरले आफ्ना मानिसहरूलाई बन्धनबाट छुटकारा दिनुहुन्छ । प्रस्थान २०ः२
- परमेश्वर आफ्ना मानिसहरूको बीचमा बस्नुहुन्छ । प्रस्थान २५ः८
- परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ। अरू कोही छैन । प्रस्थान १५ः११
- प्रस्थानको पुस्तकभरि हामी इस्राएलको तीर्थयात्रामा चित्रण गरिएको ख्रीष्टियन जीवनको एक प्रकार देख्छौं ।
- मिश्रको बन्धन (पापको बन्धन)
- मोशा उद्धारकर्ताको रूपमा (ख्रीष्टको एक प्रकार)
- प्रस्थान ( पापको त्यागको एक प्रकार)
- निस्तार चाडको थुमा (१ कोरिन्थी ५ः७) ( ख्रीष्टको एक प्रकार, परमेश्वरको थुमा ) यूहन्ना १ः२९
- लाल समुद्रमा बाटो (परमेश्वरले बाटो बनाउनुहुन्छ)
- फारोले इस्राएलीहरुलाई पछ्याएको (विश्वासीहरूलाई पछ्याउने दुष्ट शक्तिहरूको एक प्रकार)
- बादल र आगोको खाँबो (विश्वासीहरूसँग परमेश्वरको उपस्थिति र मार्गदर्शन)
- मारा (तीतो अनुभवहरू)
- मारालाई मीठो बनाउने रूख (क्रूस)
- एलिम (मीठो अनुभवहरू)
- मन्ना (१ कोरिन्थी १०ः३०, जीवनको रोटी)
- बटेरहरू (परमेश्वरको प्रबन्ध)
- चट्टानबाट पानी (१ कोरिन्थी १०ः४) (ख्रीष्टको जीवित पानी)
- मोशाले हात उठाए ( प्रार्थना )
- मिश्रदेखि कनानसम्मको यात्रा (शारीरिक जीवनबाट आत्मिक जीवनसम्मको हाम्रो चेलापनको साहसिक कार्य)
- प्रतिज्ञा गरिएको भूमिको लागि मिश्र छोड्दै (स्वतन्त्रताको लागि पापको दासत्व छोड्दै )
- दासत्वबाट मुक्ति (पापको दासत्वबाट स्वतन्त्रता)
- लाल समुद्र पार गर्दै (१ कोरन्थी १०ः१–२, बप्तिस्मा)
- अगमवक्ता, अगुवा र व्यवस्था दिने व्यक्तिको रूपमा मोशा (येशू अगमवक्ता, पुजारी र राजा हुनुहुन्छ)
- मन्ना प्राप्त गर्न विश्वासीहरूले यसलाई जम्मा गर्न बिहान सबेरै उठ्नुपर्थ्यो (सड्नु अघि) । यसलाई प्राप्त गर्न तिनीहरूले घुँडा टेक्नुपर्थ्यो । तिनीहरूले यो दैनिक गर्नुपर्थ्यो । यसरी उजाडस्थानमा मन्ना हाम्रो भक्तिपूर्ण जीवनको एक प्रकार हो ।
- मोशा र व्यवस्था प्रतिज्ञाको भूमि अधिकार गर्नबाट चुके। येशू (यहोशू) ले विजय हासिल गर्नुभयो र प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्नुभयो ।
दश विपत्तिहरू
दश विपत्तिहरू मिश्रको झूटो धर्म र मूर्तिपूजामाथीको न्याय थियो, जसले फारोलाई इस्राएलीहरुलाई जान दिन बाध्य तुल्यायो । ( प्रस्थान ७ः४–५) । परमेश्वरले विपत्तिहरूलाई मिश्रका सबै देवताहरूमा गरिएको न्यायको रूपमा वर्णन गर्नुहुन्छ ( प्रस्थान १२ः१२) ।
१. जब परमप्रभुले नील नदीलाई रगतमा परिणत गर्नुभयो, त्यो नील देवताको न्याय थियो । प्रस्थान ७ः१४–१५
२. भ्यागुताहरूको विपत्ति भ्यागुता देवताहरूः हापी र तापमाथि न्याय थियो । प्रस्थान ८ः१–१५
हापी नील नदीको देवता थियो, जसले मिश्रमा उर्वर माटो ल्याउने वार्षिक बाढीको प्रतिनिधित्व गर्थ्यो ।
३. भुसुनाको विपत्ति । प्रस्थान ८ः१६–१९
४. झिंगाहरूको विपत्ति । प्रस्थान ८ः२०–३२
५. पशुहरूमाथिको विपत्ति । प्रस्थान ९ः१–७
६. खटिराको विपत्ति । प्रस्थान ९ः८–१२
७. असिनाको विपत्ति । प्रस्थान ९ः१३–३५
८. सलहको विपत्ति । प्रस्थान १०ः१–२०
९. तीन दिनसम्म बाक्लो अन्धकारको विपत्ति । सूर्य देवता रामाथि न्याय थियो । प्रस्थान १०ः२१–२९
१०. पहिलो सन्तानको मृत्युको विपत्ति । देवताको रूपमा पूजा गरिने फारोमाथिको न्याय थियो । प्रस्थान ११ः१–१२ः३६
दश विपत्तिहरूले प्रकृतिका सबै शक्तिहरू र फारो, मिश्र र तिनीहरूका सबै झूटा देवताहरू र मूर्तिहरूमाथि परमेश्वरको शक्ति प्रकट गरे ।
पवित्रवासस्थान (परमप्रभुको उपस्थिति) (२५ः१–४०ः३८)
१. बलिदानको बेदी (२७ः१)
२. काँसाको बाटा हातगोडा धुन । प्रस ३०ः१८
३. रोटी राख्ने टेवल (२५ः२३)
४. सामदान । ( २५ः३१ )
५. धुपको वेदी । ( ३०ः१ )
६. करारको सन्दुक बोक्न मिल्ने । ( २५ः१० )
७. कृपा आसन । ( २५ः१७ )
येशू ख्रीष्ट सँग सम्बन्ध :
१. निस्तार चाड : युहन्ना १ः२९, ३६ र १ कोरन्थी ५ः७ ख्रीष्ट नै वास्तविक निस्तार चाडको थूमा हुनुहुन्छ ।
२. मन्ना र पानी : नयाँ करारमा येशू ख्रीष्ट नै जिवनको रोटी र जीवनको पानी हुनुहून्छ । ( युहन्ना ६ः३१–३५, ४८–६३ )
३. पवित्रस्थान र प्रधान पूजाहारी : येशू ख्रीष्ट नै मन्दिर र प्रधान पूजाहारी हुनुहुन्छ । ( हिब्रू ४ः१४–१६, ९ः११–१२, २४–२८ )
४. मोशाको व्यवस्था : व्यवस्थाले पापलाई देखाउन, ख्रीष्टको आगमन नहुँदासम्म पापले नष्ट नहुन र ख्रीष्टतर्फ डोर्याउनको लागी दिइएको थियो । ( गलाती ३ः१–२५ )
प्रस्थानको पुस्तकबाट मुख्य शिक्षाहरु :
१. केवल एकमात्र परमेश्वरलाई मात्र आराधना र सेवा गर्नुपर्दछ ।
२. परमेश्वर आफ्नो करार र प्रतिज्ञाहरुमा विश्वासयोग्य हुनुहुन्छ ।
३. जब परमेश्वरले सेवा गर्नको निम्ति कसैलाई बोलाउनुहुन्छ, त्यसलाई पूरा गर्नको निम्ति पनी सहायता गर्नुहुन्छ ।
४. परमेश्वरले मुर्तिपूजालाई घृणा गर्नुहुन्छ । अनी पापको न्याय गर्नुहुन्छ ।
५. परमेश्वर आफ्ना मानिसहरुसँग वास गर्न र सम्बन्ध राख्ने इच्छा गर्नुहुन्छ ।
व्यवस्थाको उद्देश्य : मुक्ति पाउनको लागी होइन ।
१. परमेश्वरको पवित्रतालाई प्रकट गर्न ।
२. मानिसको पाप र अधार्मिकतालाई प्रकट गर्न
३.धार्मिकताको मार्गदर्शन उपलब्ध गराउन, जसद्दारा उद्धार पाएको व्यक्तिले दैनिक जिविकामा आफ्रनो विश्वासलाई प्रदर्शन वा जिओस ।
४. एक व्यक्तिले परमेश्वर र अरु मानिसहरुसँग कसरी उचित सम्बन्ध राख्नुपर्छ सो प्रकट गर्न ।
५. येशू ख्रीष्टद्धारा मात्र मानिसले उद्धार पाउन सक्छ भन्ने कुरा प्रकट गर्न ।
छलफल गर्नुपर्ने प्रश्नहरु
१. के ख्रीष्टमा विश्वास गर्ने मानिसहरूले मोशाको अधीनमा इस्राएलीहरूले जस्तै दासत्वबाट छुटकारा पाएका छन ? यी पदहरू मत्ती १ः२१, यूहन्ना ८ः३४–३६, १ थेस्सलोनिकी १स्१०, २ तिमोथी २ः२४–२६, हिब्रु २ः१४–१५ पढ्नुहोस ।
२. दस आज्ञाहरू पालन गरेर विश्वासीहरूले मुक्ति पाउँदैनन भने के तिनीहरूले ती आज्ञाहरू परमेश्वरको अपरिवर्तनीय इच्छा हो भन्ने बुझाइले पालन गर्नुपर्छ ? रोमी १३ः८–१०,१ कोरिन्थी ७ः१९,गलाती ५ः६, ६ः१५, एफिसी ४ः२५–६ः४, याकूब २ः११–१२ पढ्नुहोस ।


No comments:
Post a Comment