यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने, उहाँले किन दुःख कष्ट हुन दिनुहुन्छ ?






उत्तर : पक्कैपनी, यस्तो प्रश्न गर्ने तपाई एकमाक्र व्यत्ति हुनुहुन्न, विगतमा थुप्रै व्यक्तिहरुले यो प्रश्न सोधेका थिए, अहिले पनि सोधिरहेका छन अनी आगामी दिनमा पनि सोध्नेछन । यो प्रश्नको उत्तर परमेश्वरले दिनुभएको पवित्र धर्मशास्त्र मार्फत हेर्नु नै बुद्धिमानी हुन्छ । बाइबलीय दृष्टिकोणबाट, आफ्नो मनमा यो कुरा राख्नुहोस् कि, दुःख, कष्ट आन्तरिक रूपमा यस संसारको पतनसँग सम्बन्धित छ । पाप गर्नु अघि त्यहाँ कुनै दुःख कष्ट थिएन (उत्पती १–२)। 

म धर्मशास्त्रको व्याख्या यसरी गर्छु कि यस संसारमा दुःख कष्ट परमेश्वरको न्यायको जटिल भाग हो । तपाईं सोध्दै हुनुहुन्छ कि, कसरी एक धर्मी न्यायाधीशले अपराधीलाई दुःख भोग्न अनुमति दिन सक्छ ? कसरी एक न्यायी न्यायाधीशले हिंसात्मक अपराधीलाई दण्ड दिन सक्नुहुन्छ ? तर हामीले सोध्नु पर्ने प्रश्न यो हो, कसरी एक न्यायी न्यायाधीशले हिंसा वा कुनै पनि प्रकारको अपराध गर्नेहरूलाई दण्ड दिन सक्नुहुन्न ? (उत्पती ३) त्यो प्रश्नको पछाडि सधैं परमेश्वरको पवित्रता र उहाँको सिद्ध धार्मिकता रहन्छ। परमेश्वरको बारेमा हाम्रो बुझाई धर्मशास्त्रको शिक्षामा यसरी जरा गाडिएको र आधारित छ कि उहाँ न्यायी न्यायाधीश हुनुहुन्छ । सारा पृथ्वीको न्यायकर्ताले सधैं सही गर्नुहुन्छ। 

यूहन्नाको नवौं अध्यायमा, फरिसीहरूले येशूलाई भन्छन्, “यो मानिस किन अन्धो जन्मियो? के यो उसको पापको कारणले हो वा उसका आमाबाबुको पापको कारणले?'' येशूले भन्नुभयो, “कुनै पनि होइन।'' 

हामी यो निष्कर्षमा फुग्न सक्दैनौं कि यस संसारमा एक व्यक्तिको दुःख त्यो व्यत्तिको पापको प्रत्यक्ष अनुपातमा छ । जसो अय्यूबका साथीहरूले उनलाई यसो भन्दै दुःख दिए, “केटा, अय्यूब, तिमी साँच्चै धेरै पीडा भोगिरहेका छौ। यो एउटा संकेत हुनुपर्छ – कि तिमी सबैभन्दा दुःखी पापी हौ।'' तर बाइबलले भन्छ कि हामी यस्तो सूत्र प्रयोग गर्न सक्दैनौं। तथ्य यो हो कि, यदि संसारमा पाप नभएको भए, कुनै पीडा हुने थिएन। परमेश्वरले आफ्नो न्यायको भागको रूपमा दुःखलाई अनुमति दिनुहुन्छ, तर उहाँले यसलाई हाम्रो मुक्तिको लागि पनि प्रयोग गर्नुहुन्छ – हाम्रो चरित्रलाई आकार दिन र हाम्रो विश्वास निर्माण गर्न । त्यसकारण जब सम्म हामी महिमीकरणमा (प्रकाश २१–२२) पुग्दैनौँ तब सम्म दुःख कष्ट ख्रीष्टीयान जीवनको भाग हो । 

No comments:

Post a Comment