उत्पत्तिको पुस्तकको सर्वेक्षण



पुस्तकको परिचय

उत्पत्ति बाइबलको पहिलो पुस्तक हो जसको पहिलो शब्द हो— आदिमा । यसको अर्थ “सुरुमा” भन्ने हुन्छ, जसले शुरुको अवस्था वा संसारको सृष्टिभन्दा पहिलेको अवस्थालाई जनाउँछ । यो पुस्तक अन्य पुस्तकहरू (मोशाका अन्य पुस्तकहरू, पुरानो करार र नयाँ करार) का लागि आधारभूत जग हो । यस पुस्तकको शीर्षक हिब्रुमा बेरेसित (בְּרֵאשִׁית) भन्छ जसको अर्थ ‘‘आदिमा’’ वा ‘‘शूरुमा’’ भन्ने हुन्छ । अनि ग्रिक भाषामा “गेनेसिस”(γένεσις) भन्छ, जसको अर्थ “जन्म,” “मूल,” र “अस्तित्व” भन्ने हुन्छ ।

लेखकः उत्पत्तिको पुस्तकको लेखकले आफ्‌नो पहिचान खुलाएको छैनन । उत्पत्तिको पुस्तकमा पटक पटक  दोहोरिएको वाक्यांश आजसम्म (१९ः३७–३८, २२ः१४, २६ः३३, ३२ः३२, ४७ः२६) ले यो संकेत गर्छ कि यो पुस्तक लेखिएको मिति यस पुस्तकमा घटेका घटनाहरु भन्दा धेरै पछि हो । यो पुस्तकको लेखकत्वको लागि सबैभन्दा उपयुक्त व्यक्ति मोशा नै थिए । किनभने उत्पत्तिदेखि व्यवस्थासम्मको पुस्तक शुरुमा एउटै पुस्तक थियो र तोराहका अरु अंशहरुले मोशाको लेखकत्वको प्रमाण दिन्छ ।

पूस्तक लेखन मितिः ई.पू. (१४४५–१४०५)

पाठकः मोशाले मिश्रबाट अगुवाई गरेर ल्याएका इस्राएलीहरुलाई उजाड स्थानमा ४० वर्षको यात्राको क्रममा ति इस्राएलीहरुको निम्ति यो पुस्तक लेखे ।

पुस्तक लेख्नुको उद्देश्यः इस्राएलीहरुलाई परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा प्रकट गर्न, मानिसजाती र सारा पृथ्वीको उत्पत्ति को जानकारी दिन, पापको प्रवेश र त्यसको परिणाम अनी त्यो पापबाट उद्दार गर्नको निम्ति परमेश्वरले गर्नुभएको उद्दारको योजना प्रकट गर्न यस पुस्तक लेखिएको हो ।

ऐतिहासिक पृष्ठभूमीः

भौगोलिक सन्दर्भका आधारमा उत्पत्ति को पूस्तकका घटनालाई तीन भागमा विभाजन गर्न सकिन्छः

क. मध्यपूर्वः मेसोपोटामिया (१–११)

ख.प्रतिज्ञाको भूमीः कनान (१२–३६)

ग. मिश्रः (३७–५०)


१. सृष्टि, करार, र पतन (उत्पत्ति १–३)

क. सृष्टि

अ.स्व–अस्तित्वको सृष्टिकर्ता र उहाँको सृष्टि

सृष्टिमा प्रकट भएको परमेश्वरको गुण (१ः१–२)

सृष्टिमा देखिने परमेश्वरको क्रम (१ः३–३१)

सृष्टिमाथि परमेश्वरको विश्राम (२ः१–३)

आ. त्रिएक परमेश्वरको स्वरूप

प्रतिरूपको आत्मीय सृष्टि (२ः७–८)

प्रतिरूपको स्वभाव (१ः२६–२७)

ख. करार

अ. दुई पक्षिय करार : आदमसँगको करार (कामको करार) (२ः१५, होशे ६ः७)

आ. रूखहरू (करारका चिन्हहरु) (२ः९) 

इ. परमेश्वरले निषेध गर्नुभएको कुरा (शर्तहरु) (२ः१६–१७)

ई. आशिष वा श्राप (जीवन वा मृत्यु) (शपथ वा प्रतिज्ञा)


ग. पतन

अ. सर्पको प्रलोभन (३ः१–७ )

आ. पापका परिणाम (३ः८–१०)

इ. परमेश्वरको श्रापहरू ( ३ः१४–१९,२२–२४)

ई सुसमाचारको प्रतिज्ञा ( ३ः१५,२०–२१ )


२. पापको चक्र र शेमको सन्तान ( उत्पत्ति ४ः११–२६ )

अ. कयिन र हाबिल

आ. जलप्रलय

मानिसको हृदयको दुष्टता र जलप्रलय (६ः५–७)

जहाज मार्फत नोआको परिवार (सन्तान) को मुक्ति (६ः८–१४)

सृष्टिको आज्ञालाई नवीकरण गरियो । (९ः१–३)

  इ. दुई पक्षियः नोआसँग बाँधिएको करार

नोआसँग बाँधिएको करार (९ः१–१७)

करारका चिन्हहरु : इन्देणी (९ः१६–१७) 

शर्तहरु : 

शपथ वा प्रतिज्ञाः (९ः१५)

रगतः बलिदान (८ः२०)


ई. बाबेल (सृष्टिकर्ता अनी उहाँको आज्ञाको विरुद्ध विद्रोह)

मानिसहरूको विद्रोह (११ः४) “हामी माथि जाऔं”

परमप्रभुको न्याय (११ः७–९) “हामी तल जाऔं”

शेमको दोस्रो वंशावली (११ः१०–२६)


३. विश्वव्यापी आशिष र अब्राहामको सन्तान (११ः२७–५०ः२६)

क. अब्राहामसँगको करार (१२–२३)

अ. प्रकट गरिएको प्रतिज्ञा (१२ः१–३)

  • महान राष्ट्र (बाबेल राष्ट्रको विपरीत)  तैपनि अब्राहामको राष्ट्र अलौकिक माध्यमबाट आउनेछ किनभने साराई बाँझी छिन (११ः३०) , र प्रतिज्ञा आफैं पनि साराईको लागि अचम्मित पार्ने देखिन्छ (१७ः१७–१८ः१३–१४) ।
  • महान नाउँ (बाबेलमा रहेकाहरूले आफ्‌नो लागि बनाउन खोजेको नाउँको विपरीत ) ११ः४०, ऊरबाट अब्राम नाउँ भएको एक व्यक्ति सारा संसारभरि परिचित हुनेछ । पुरानो करारका अन्य राष्ट्रहरू अब्राहामसँगको उनीहरूको सम्बन्धको आधारमा परमेश्वरद्वारा आशिषित वा श्रापित थिए, जुन उहाँबाटका परमेश्वरका विशेष मानिसहरू हुन ।
  • राष्ट्रहरूलाई आशिषः उत्पत्ति ३ः११ मा तपाईंले पतनको परिणामस्वरूप विश्वव्यापी श्राप देख्नुहुन्छ र उत्पत्ति १२ मा तपाईंले छुटकाराको परिवर्तन देख्नुहुन्छ जसद्वारा अब्राहाम मार्फत विश्वव्यापी आशिष आउनेछ जसले श्रापलाई उल्टाउनेछ । गलाती ३ः८–९, परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्‌” भन्ने सुसमाचार अघिबाटै सुनाइयो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्।


ख. स्थापित प्रतिज्ञा (उत्पती १५)

अ सन्तान (१५ः१–६) अब्राहामको विश्वास

आ भूमि (१५ः७–२१)

इ. करार काट्ने समारोह (यर्मिया ३४ः१०–११ मा समानान्तर)

ई. चिन्ह लगाइएको प्रतिज्ञा (खतनाको करार चिन्ह १७ः१–१४)


उत्पत्ति को पुस्तकमा भएका मूख्य स्थानहरु : अदन, आरारत, बाबेल, ऊर, कनान र मिश्र । (वर्तमान इराक, सिरिया, जोर्डन, टर्की , लेबनान, इजरायल र इजिप्ट) ।

उत्पत्तिले के के कुरालाई समेट्छ ?

उत्पत्तिमा परमेश्वर, मानिस, पाप, न्याय, छुटकारा र करारका सिद्धान्तहरू सहित हरेक प्रमुख ईसाई सिद्धान्तको बारेमा धार्मिक जग बसालिएको छ । अन्ततः सबै बाइबलीय सिद्धान्तहरूले उत्पत्तिमा आफ्‌नो जरा पाउँछन । परमेश्वर अनन्त, पवित्र र धर्मी हुनुहुन्छ, सृष्टिकर्ता र अनन्त न्यायकर्ता हुनुहुन्छ । परमेश्वरले हामीलाई पालना गर्नको लागि कानूनहरू निर्माण गर्नुहुन्छ । पापले हामीलाई परमेश्वरबाट अलग गर्छ । मृत्यु पापबाट आयो । परमेश्वरले पापलाई दण्ड दिनुहुन्छ ।

  • पहिलो पुस्तक
  • पहिलो मानिस (आदम, र हव्वा)  (उत्पत्ति १ः२७)
  • पहिलो विवाह  (उत्पत्ति २ः२४)
  • पहिलो पाप (उत्पत्ति ३ः६)
  • मुक्तिको पहिलो प्रतिज्ञा (उत्पत्ति ३ः१५)
  • पहिलो परिवार (उत्पत्ति ४ः१–२)
  • पहिलो हत्या  (उत्पत्ति ४ः८)
  • पहिलो विश्वव्यापी न्याय (उत्पत्ति ६–९)
  • समाजको लागि पहिलो कानून  (उत्पत्ति ९ः६)
  • राष्ट्रहरूको उत्पत्ति  (उत्पत्ति १०ः३२)

पहिलो मसीही भविष्यवाणी – (उत्पत्ति ३ः१५)

क. पूर्व सुसमाचार । (बीउको रूपमा सुसमाचार)

ख. मुक्ति परमेश्वरद्वारा सुरु गरिएको र प्राप्त गरिएको होस । (म चाहान्छु )

ग. मुक्ति मानवजातिसँग सम्बन्धित मध्यस्थकर्ता मार्फत आउनेछ । (स्त्रीको सन्तान )

घ. मुक्तिमा उद्धारकर्ताको पीडा समावेश हुनेछ । (शत्रुले स्त्रीको सन्तानको कुर्कुच्चा डस्नेछ) 

ङ. उद्धारकर्ताले शैतानलाई नष्ट गर्नुहुनेछ । (त्यसले तेरो शिर कुच्याउनेछ)

४ मूख्य घटनाहरु

सृष्टि (१ः१–२ः२५)

पतन (३ः१–२४)

जलप्रलय (६ः१–९ः२९)

बाबेल (११ः१–९)

मध्य–पूर्व (मेसोपोटामिया) द्वन्द्वको बिउ

मध्य पूर्वमा भएका द्वन्द्वहरूको बीउ रोप्ने काम निसन्तान साराको पति अब्राहामले आफ्‌नी दासी हागारलाई उपपत्नी बनाएर वंशज सुरक्षित गर्ने मूर्ख प्रयासमा हुन्छ । हागारबाट जन्मेको इश्माएललाई भविष्यवाणी गरिएको थियो कि ‘मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन आफ्‌ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ ।’ उत्पत्ति १६ः१२

४ पुर्वजहरु (कुलपिताहरु)

१. अब्राहामः विश्वासको पिता जो राष्ट्रहरूका सबै परिवारहरूको लागि आशिषको मुल हुनेछन (उत्पत्ति  १२ः१–३) ।

२. इसहाकः प्रतिज्ञाको छोरा, चमत्कारी जन्म र परमेश्वरको प्रेम र उहाँको प्रबन्धको बारेमा सिक्नुपर्ने कुरा (उत्पत्ति १७ः१९, २१ः१–३)

३. याकूबः जसका बाह्र छोराहरूले इस्राएलका १२ कुलहरू बनाए (राष्ट्रहरूको समुदाय जसले आफ्‌ना शत्रुहरुका सहरहरु कब्जा गर्नेछन्।) (उत्पत्ति २२ः१७) ।

४. योसेफः (जसलाई उनका दाजुभाईहरूले घृणा गरे र बेचिदिए, निर्दोष हुँदा नि झ्यालखानामा परे तर परमेश्वरको सार्वभौमतामा उनलाई जेलबाट दरबारमा पुर्‍यायो (उत्पत्ति ३७–५०) ।


मुख्य ईश्वरशास्त्रीय विषयवस्तुहरू

क. परमेश्वर

  • सृष्टिकर्ताः शक्तिशाली, व्यवस्थित (उत्पत्ति १)।
  • व्यक्तिगतः मानिसहरूसँग हिँड्नुहुन्छ (उत्पत्ति ३ः८)।
  • न्यायाधीश र उद्धारकर्ताः पापलाई दण्ड दिनुहुन्छ तर जीवन बचाउनुहुन्छ।
  • करार–निर्माताः प्रतिज्ञाद्वारा आफूलाई बाँध्नुहुन्छ (उत्पत्ति १२, १५, १७)।


ख. सृष्टि

  • सृष्टि असल, उद्देश्यपूर्ण र व्यवस्थित छ।
  • मानवता परमेश्वरको स्वरूपमा बनाइएको छ (इमेगो देई)।
  • मानिसहरू भण्डारेहरु हुन्, मालिक होइनन्।


ग. पाप

  • पाप परमेश्वरको अविश्वासबाट सुरु हुन्छ।
  • प्रभावहरूः लाज, टुटेको सम्बन्ध, हिंसा, मृत्यु।
  • पाप बढ्छ (आदम → कयिन → बाढी → बाबेल)।


घ. करार

  • उत्पत्तिले करारको ईश्वरशास्त्र प्रस्तुत गर्दछः
  • नोआको करार – सृष्टिको संरक्षण।
  • अब्राहामको करार – भूमि, बीउ, आशीर्वाद।
  • प्रतिज्ञामा निःशर्त
  • बहुपुस्ता
  • उद्देश्यमा विश्वव्यापी (“सबै राष्ट्रहरू आशिषीत’’)।

ङ. चुनाव र अनुग्रह

  • परमेश्वरले अयोग्य मानिसहरूलाई छान्नुहुन्छः
  • अधर्मी व्यक्तिहरू (अब्राहाम झूट बोल्छन्, याकूबले धोका दिन्छन्)।
  • मुक्ति अनुग्रहमा निहित छ, योग्यतामा होइन।


उत्पत्तिको पुस्तकमा येशू ख्रीष्टका ६ प्रकारहरू (Types)

१. स्त्रीको सन्तान (३ः१५) जसले शैतानको टाउको कुल्चनेछ । कलस्सी २ः१५, हिब्रु २ः१४

२.जहाजको ढोका ( ९ः७ ) ( एउटा ढोका वा बाटो (मुक्तिको एक मात्र बाटो) । यूहन्ना  १०ः९

३.इसहाकको बलिदान ( २२ः१–२४) । परमेश्वर आफैंले मानिसहरुलाई पापबाट छुटकारा दिने परमेश्वरको थुमा प्रबन्ध गर्नुहुनेछ । यूहन्ना  १ः१९

४.स्वर्गमा र्पुयाउने याकूबको भर्‍याङ : ( २८ः१२) । बाटो, सत्य र जीवन ( उहाँ मार्फत बाहेक कोही पनि पिताकहाँ आउँदैन । यूहन्ना १४ः६

५.योसेफलाई मृत्युको खाडलबाट सिंहासनमा उठाइयो ( ३७ः४१), पुनरुत्थान र स्वर्गारोहण

६. यहूदाको राजदण्ड (४९ः१०) । सबै राजाहरूले उहाँलाई दण्डवत गर्नेछन । प्रकाश १९ः१६


येशू ख्रीष्ट सित सम्बन्ध

१. आदम ( २ः१५–१७, ३ः६ अन्तिम आदम : रोमी ५ः१२–२१, १ कोरन्थी १५ः४५

२. उत्पत्ति  ३ः१५ स्त्रीको सन्तानको रुपमा ख्रीष्ट, शेतको वंशबाट ( ४ः२५, शेमको सन्तानहरुबाट ( ९ः२७, अब्राहामको सन्तान ( १२ः३, इसहाकको ( २१ः१२ ) र याकूबको सन्तान ( २५ः२३ ) अनी यहूदाको कुलबाट ( ४९ः१० ) मत्ति १ः२१,२३ 

३. उत्पत्ति  ३ः१५ पूर्व सूसमाचार

४. उत्पत्ति  ३ः२१ आदम र हब्बाको लाज ढोक्नको लागी छालाको लुगा । २ कोरन्थी ५ः२१ साटफेर

५. उत्पत्ति  ४ हाबिलको भेटी – हिब्रू ९ः२२

६. नोआको जहाज उत्पत्ति  ७ः६–२३, प्रेरित ४ः१२

७. अब्राहामसितको प्रतिज्ञा उत्पत्ति  १२ः३, गलाती ३ः६–१४

८. अब्राहाम र इसहाक उत्पत्ति  २२ः१–१९ थुमा, यूहन्ना  १ः२९

९. याकुब  उत्पत्ति  २८ः१०–१३, यूहन्ना  १ः५१, १४ः६

१०. योसेफ येशू ख्रीष्टको पूर्वचित्र : उत्पत्ति  २७–३६, यूह १ः११, लुका २३ः३४,


छलफल गर्नुपर्ने प्रश्नहरु

१. भजनसंग्रह ८ः१–९,१९ः१–६, यशैया ४०ः१२–३१, ४५ः७,१८–१९ पढ्नुहोस । सृष्टिको क्रममा परमेश्वरका कुन गुणहरू प्रदर्शन गरिएका छन परमेश्वरको सृष्टिको कार्यको लागि उपयुक्त प्रतिक्रिया के हो?

२. रोमी १ः१८–३२, ३ः९–२३, ५ः१२ पढ्नुहोस् । यी पदहरूले हामीलाई मानव स्वभावको बारेमा के सिकाउँछन ?

३. २ कोरिन्थी ५ः२१, हिब्रु ४ः१४–१६, १ पत्रुस २ः२१–२४, १ यूहन्ना ३ः४–५ पढ्नुहोस । के प्रभु येशू ख्रीष्ट पापबाट मुक्त हुनुहुन्थ्यो ? यो छुटकाराको योजनामा यति महत्त्वपूर्ण थियो ? किन ?

No comments:

Post a Comment