साँचो परिवर्तन: “साँचो परिवर्तनमा निश्चित रुपमा हाम्रो आफ्नै भूमिकाहरु आवश्यक हुन्छ । हामीले साँचो हृदयले पश्चताप गर्नुपर्छ । हामीले आफ्नै स्वविवेकमा निर्णय गर्नुपर्ने हुन्छ । तर पनि, साँचो परिवर्तन यत्तिमै सीमित हुँदैन । पवित्रशास्त्रले स्पष्ट रूपमा सिकाउँछ कि हामी सबैजना परमेश्वरतर्फ यात्रामा रहेका छैनौं—केहीले उहाँलाई भेटिसकेका छन् र केही अझै खोजिरहेका छन् भन्ने होइन । बरु त्यसको सट्टा धर्मशास्त्रले हामीलाई हाम्रो हृदय प्रतिस्थापन गर्न, हाम्रो मनलाई परिवर्तन गर्न र हाम्रो आत्मालाई दिइएको जीवन प्राप्त गर्न जरुरी छ भनि भन्दछ । यी मध्ये कुनैपनि कुरा हामी आफै गर्न सक्दैनौ....हामीलाई साँचो परिवर्तन गर्न परमेश्वर नै चाहिन्छ ।“
के यो सत्य हो ? वास्तवमा, हामीलाई आवश्यक परेको कुरा के त्यति धेरै गहिरो र हाम्रो पहुँचदेखि बाहिर छ कि परमेश्वरले मात्र हामी भित्र त्यो उत्पन्न गर्न सक्नुहुन्छ ? के “मानव जाति त्यति धेरै पापी छन् कि परमेश्वरमा विश्वास गर्न र आज्ञापालन गर्न उत्पन्न हुने हरेक निर्णय पूरा गर्न परमेश्वरको सार्वभौम अनुग्रह सिर्जना गर्नैपर्छ ? – जोन पाइपर, इच्छाको बन्धन, अनुग्रहको सार्वभौमता र परमेश्वरको महिमा ।
हाम्रो अवस्था: सैद्धान्तिक रुपमा यस प्रश्नको उत्तर हाम्रो आधारभुत अवस्थाको बारेमा हामी के विश्वास गर्छौ त्यसमा भर पर्दछ । एक पापी हुनुको अर्थ के हो ?
- पापीहरुले अन्धकारलाई प्रेम र ज्योतिलाई घृणा गर्दछ
फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरुले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरुका काम दुष्ट थिए । किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउदैन, नत्रता त्यसका काम प्रकट हुनेछन् । ( यूहन्ना ३ः१९–२०)
“.......प्रेम र घृणा निर्णयहरु होइनन् । तिनीहरु आत्माको प्राथमिक रुचिको गहिरो नियन्त्रण हो । अन्धकारको स्वाद मिठो छ । उज्यालोको स्वाद तितो हुन्छ । जे तीतो लाग्छ त्यसलाई लिएर तपाई कहिल्यै मिठोको स्वाद लिन सक्नुहुन्न र जे कुरा मिठो लाग्छ त्यसलाई लिएर तपाई कहिल्यै तितोको आनन्द लिन सक्नुहुन्न । यो एक वास्तविक बन्धन हो ।“ – जोन पाइपर, इच्छाको बन्धन, अनुग्रहको सार्वभौमता, र परमेश्वरको महिमा ।
- पापीहरु परमेश्वरको अधीनमा हुन सक्दैनन (मत्ती २२ः३७–४०)
“किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो । किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो । परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ । पापमय स्वभावको वशमा हुनेहरुले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन् (रोमी ८ः६–८) ।''
- पापीहरु आत्मिक रुपमा मरेका हुन्छन् ( आ। उत्पत्ति २ः१७, कलस्सी २ः१३–१४)
तिमीहरु आफ्ना अपराध र पापहरुद्वारा मरेको बेलामा उहाँले तिमीहरुलाई जीवित पार्नुभयो । यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिक अनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरु अघि एकपल्ट चल्दै थियौ । तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं (एफिसी २ः१–३) ।
- पापीहरु ख्रीष्टको महिमाप्रति अन्धो हुन्छन् ( cf. यूहन्ना १ः१, ३ः१–३, १ कोरन्थी २ः६–८, १३–१४)
तिनीहरुका विषयमा भनौ भने ख्रीष्ट जो परमेश्वरको रुप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरुले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरुको समझलाई अन्धो तुल्याइ दिएको छ (२ कोरन्थी ४ः४)
- पापीहरु परमेश्वरको अघि श्रापित छन् (cf. रोमी २ः५, यूहन्ना ३ः३६, रोमी ३ः९–१०)
अब हामी जान्दछौ जे–जति व्यवस्थाले भन्छ, व्यवस्था मुनि हुनेहरुलाई नै भन्छ, कि हरेक मुख चूप रहोस् र सारा संसार परमेश्वरको अगि जवाफदेही होस् । यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ (रोमी ३ः१९–२०) ।
परमेश्वरको आज्ञा: हाम्रो अवस्थाप्रति परमेश्वरको प्रतिक्रिया कस्तो छ ? (प्रेरित १७ः३०) पमरेश्वरले सोधि रहनु भएको छैन......उहाँले हामीलाई पश्चताप गरी विश्वास गर्न आज्ञा गरिरहनु भएको छ (मर्कूस १ः१५) । तर विश्वास के हो, र पश्चताप के हो ? (मत्ती १३ः४४, आ। फिलिप्पी ३ः७–८) के हाम्रो मन परिवर्तन गरि त्यस्तो विश्वास उत्पन्न गर्न र पश्चताप गर्न हामी सक्षम छौ ? के ज्योतिलाई घृणा गर्ने पापीहरु, परमेश्वरको व्यवस्थाको अधीनमा नरहने, आत्मिक मृत्यु र अन्धोपनमा रहने र जो श्रापित छन्, यो आमूल परिवर्तन उत्पन्न गर्न सक्छन् ?
- यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरुलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ । (प्रेरित १७ः३०)
- स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाडधन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइ राख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ । (मत्ती १३ः४४)
परमेश्वर कार्य र हाम्रो कार्य: मण्डली इतिहासमा सबैभन्दा प्रख्यात भनाईमध्ये एक अगस्टिनले भनेका थिए, “हे प्रभु, तपाईंले जे आज्ञा गर्नुहुन्छ, त्यो आज्ञा गर्नुहोस्; र तपाईंले जे आज्ञा गर्नुहुन्छ, त्यो पूरा गर्न सक्ने शक्ति पनि दिनुहोस् ।“ परमेश्वरले हामीलाई पश्चताप र विश्वास गर्न आज्ञा गर्नु हुन्छ । तर, हामीमा नै त्यो छोडिदिनुभएको छ, जो ठ्याक्कै हामी गर्न सक्दैनौ (यूहन्ना ६ः४४) । त्यसैले बाइबले बारम्बार पश्चताप र विश्वासलाई परमेश्वरको दानको रुपमा भनेको पाइन्छ (प्रेरित ११ः१८, १३ः४८, ६ः१४, फिलिप्पी १ः२९, २ तिमोथी २ः२४–२६, एफिसी २ः८) । हामीले परमेश्वरलाई पश्चताप र विश्वासद्वारा प्रतिक्रिया दिन सकौँ भनेर उहाँले हामीलाई जीवित राख्नुपर्छ (१ यूहन्ना ५ः१, यूहन्ना ३ः३) । त्यसैकारणले गर्दा, पश्चताप र विश्वास आउनुभन्दा अगडि आउने कुरालाई हामी पुनर्जन्म वा नयाँ जन्म भन्छौ । यो कसरी हुदछ ? जब परमेश्वरको वचन घोषणा गरिन्छ तब परमेश्वरले आफ्नो आत्माद्वारा आफ्नो वचनबाट प्रभावकारी रुपमा बोलाउनुहुन्छ (प्रेरित २ः३९, रोमी ८ः२९–३०, २ तिमोथी १ः९, १ कोरन्थी १ः२४, मत्ती २२ः१४, रोमी १०ः१७, १ पत्रुस १ः२३) । परमेश्वरले हामी माथि यो काम गर्नुभएकोले हामी त्यो काम गर्दछौ । आत्माले हाम्रो हृदयलाई यसरी परिवर्तन गर्नुहुन्छ ताकि हामी ख्रीष्टमा पश्चताप र विश्वासमा फ्रतिक्रिया दिन सकौँ (इजकिएल ११ः१९) र येशूले त्रुसमा हाम्रो लागि पुरा गर्नु भएको सबैकुरा हाम्रो जीवनमा लागु गर्नुहुन्छ (एफिसी १ः३–८, २ः४–१०) ।
- “यो ख्रीष्टको आत्माको प्रभावकारी बचाउने काम हो जुन सुसमाचारको बाहिरी बोलावटसँगै काम गर्दछ । यहि भित्रि बोलावटले एक पापीलाई उसको पापबाट शाक्तिशाली र प्रभावकारी रुपमा फर्काएर येशू ख्रीष्टतर्फ ल्याउँछ ।“ – गार्ड वटर्स, ’बोलाइएका धेरै छन्, तर चुनिएका थोरै' भनेर येशूले के भन्न खोज्नु भएको हो ?
- “हामी निष्कृय मात्र हुदैनौँ (विश्वास र आज्ञाकारीता), न त परमेश्वरले केहि भाग गर्नुहुन्छ अनि हामी बाकिको गर्छौ, तर परमेश्वरले सबै गर्नुहुन्छ र हामी पनि सबै गर्छौ । परमेश्वरले सबै उत्पन्न गर्नुहुन्छ र हामी सबै कार्य गर्छौ । किनकि उहाँले उत्पन्न गर्नुहुन्छ, त्यो हाम्रा आफ्नै कार्यहरु हुन् । परमेश्वर मात्र साँचो लेखक (स्रोत) र मसी (कर्ता) हुनुहुन्छ; हामी केवल उचित अभिनेताहरु मात्र हौ । फरक फरक सन्दर्भमा हेर्दा, हामी पूर्णरुपमा निष्क्रिृय पनि र पूर्णरुपमा सक्रिय पनि छौँ ।“ (वर्कस अफ जोनाथन एडवर्ड, भोल.२१, २५१)

No comments:
Post a Comment