साँचो परिवर्तनको आशासहित सुसमाचारमा केन्द्रित भई बाइबलीय धर्मशास्त्रको शिक्षामा व्याख्यात्मक प्रचार गर्छ ।
- जब यी चिन्हहरु हाम्रो जीवन, परिवार र मण्डलीमा बहन्छन् तब तिनीहरु बाहिर तिर हाम्रो तत्कालको सन्दर्भ र विश्वव्यापी सन्दर्भमा प्रवाह गर्न थाल्छन् ।
सुसमाचार प्रचार के हो ?
- सुसमाचार प्रचार के हो र के होइन भनि ९ चिन्हबाट छलफल गर्नुहोस्, । “सुसमाचार प्रचारको सबैभन्दा महत्वपूर्ण पक्ष सुसमाचार – सुसमाचार अर्थात असल खबर हो । यदि हामीले वचन अनुसार ठीक सुसमाचार प्रचार गरिरहेका छैनौ भने तब हामीले जे गरेता पनि, त्यसलाई सुसमाचार भन्न सकिदैन ।'' (डेभर, द डेलिबेरेट चर्च ५१)
- सुसमाचार प्रचारका चार महत्वपूर्ण आवश्यकताहरु (द डेलिबरेट चर्च, ५१–५२ बाट)
परमेश्वर – “हाम्रो पवित्र सृष्टिकर्ता र धार्मिक न्यायकर्ता परमेश्वरले हामीलाई आफ्नै महिमा गर्न र उहाँमा सधैँभरि आनन्द मनाउन उहाँले हामीलाई सृजनु भयो ।''(उत्पत्ति २ः७, १६–१७, १८ः२५, मत्ती २५ः३१–३३)
मानिस – “हामीले परमेश्वरको पवित्र चरित्र र व्यवस्थाको विरुद्धमा पाप गरी विद्रोह गरेका छौँ (उत्पत्ति ३ः१–७) ....यसको फलस्वरुप परमेश्वरबाट हामी आफैलाई अलग गरायौ र हामी उहाँको धार्मिक क्रोधमा सामना गर्न बाध्य भयौँ यदि उहाँले हामीलाई क्षमा नगरेको भए हामी अनन्त नरकमा फलिने थियौँ ।'' (एफिसी २ः१२, यूहन्ना ३ः३६, रोमी १ः१८, मत्ती १३ः५०)
ख्रीष्ट – “परमेश्वरले हामीले पाउनुपर्ने पापको दण्ड भोग्न येशू ख्रीष्टलाई पठाउनुभयो जो पूर्ण रुपमा मानिस र पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ— धर्मि र अधर्मी दुबैको लागि ख्रीष्टमा परमेश्वरले हाम्रो पापलाई दण्ड र क्षमा दिन सक्नुभएको होस् ।“ (यूहन्ना १ः१४, रोमी ३ः२१–२६, ५ः६–८, एफिसी २ः४–६)
प्रतिक्रिया – “यस सुसमाचारप्रति केवल एकमात्र उद्धार दिने प्रतिक्रिया भनेको पश्चताप र विश्वास हो (मत्ती ३ः२, ४ः१७, मर्कूस १ः१५, लुका ३ः७–९, यूहन्ना २०ः३१) । हाम्रो पाप क्षमा र परमेश्वरसँग पुनर्मिलाप गर्नका लागि हामीले हाम्रा पापहरुबाट पश्चताप (त्यसबाट फर्कनु र परमेश्वर तर्फ लाग्नु) र येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछ ।''
यी चार तत्वहरु धर्मशास्त्रको प्राय जुनै खण्डबाट पनि सिकाउन र हाम्रो दैनिक जीवनमा जोड्न सकिन्छ ।
- कसले सुसमाचार प्रचार गर्नैपर्छ ?
पवित्र आत्मालाई प्राप्त गर्ने हरेकले सुसमाचार प्रचार गर्नपर्छ ।
प्रेरित १ः८: “तर पवित्र आत्मा तिमीहरुमा आउनुभएपछि तिमीहरुले शक्ति पाउनेछौ, र तिमीहरु यरुशलेममा, सारा यहूदियामा, सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।''
- कसलाई हामीले सुसमाचार प्रचार गर्नसक्छौ ?
३–५ जना मानिसहरुलाई प्राथमिकतामा राखि प्रार्थनासहित सुसमाचार प्रचार गर्नका लागि सूचि बनाउनुहोस् ।
१.......................................................
२.........................................................
३...........................................................
४...........................................................
५...........................................................
यहाँ एउटा अभ्यास छ । गत हप्ता तपाईले कुराकानी गर्नु भएको अख्रीष्टियान मानिसहरुको नाम लेख्नुहोस् । ती मध्ये क–कसलाई सायद तपाई फेरी भेट्नुहुनेछ ? कसलाई तपाई सक्नुहुन्छ ? तिनीहरुलाई सुसमाचार बाड्नका लागि प्राथमिकतामा राख्नुहोस् । (९, मर्कुस, १४८)
...............................................................
हामी किन सुसमाचार प्रचार गर्दैनौ ? सुसमाचार प्रचारमा हुने बाधाहरु
- सुसमाचार प्रचार गर्नबाट तपाईलाई व्यक्तिगत रुपमा के कुराले रोक्छ छलफल गर्नुहोस् ।
- “सुसमाचार प्रचार भनेको.....सञ्चारसम्बन्धी समस्या जस्तो भएको छ । हामी मानिसहरुलाई त्यस्तो अनुग्रही प्यारो पिताको बारेमा भन्न चाहान्छौ जसले हामीलाई उहाँको आफ्नो बनाउनका लागि आफ्नै पुत्रलाई दिनुभयो । तर सुसमाचार प्रचारकहरु संकुचित सोच, कट्टर, नैतिक रुपमा मुर्ख अन्य नागरिकको अधिकारलाई उल्लङ्घन गर्ने गरेको देखिन्छ । यस्तो छापा लागोस भनेर कसलाई मन पर्छ ?'' (कोलिन मार्सल, ग्रोथ ग्रुपस्, ७०)
(१) सुसमाचारको बाधालाई नकार्न सकिदैन । यूहन्ना १५ः१८–२०
“सुसमाचार, स्वभाविक रुपमा कम गर्न नसकिने किसिमको द्वन्द्वात्मक हुन्छ । यो हाम्रो धार्मिकताको बुझाई र आत्मनिर्भरताको विरुद्धमा गई हामीले माया गरेको पापलाई त्याग्न र हामीले भोग्नु पर्ने न्यायको लागि अरु कसैमा भरोसा गर्न माग गर्दछ ।'' (डेभर, द डेलिबरेट चर्च, ५५)
(२) बाधाबाट जोगिन सुसमाचार प्रचारलाई बेवास्ता गर्ने परिक्षा सामान्य भएको छ । गलाती २ः११–१४
(३) खुशीको कुरा, सुसमाचार प्रचारको सफलता बाधालाई बेवास्ता गर्ने कुरामा भर पर्दैन । २ कोरन्थी २ः१४–१७
“हामीले देख्ने तत्कालको प्रतिक्रियाद्वारा हामीले सुसमाचार प्रचारमा के सहि गर्यौं भनि अन्तिम न्याय गर्न सक्दैनौ । यो सत्य बु‰न महत्वपूर्ण छ.......एक ख्रीष्टियन भएकाले हामीले यो थाहा पाउन पर्छ कि सुसमाचार प्रचारमा हामी विश्वासयोग्य भएतापनि मानिसहरुले अझैपनि प्रतिक्रिया नदिन सक्छन । तिनीहरुले सुसमाचारलाई स्वीकार गरेन भन्दैमा हामीले सुसमाचार गलत तरिकाले बाड्यौ भन्ने अर्थ लगाउन जरुरी छैन ।''(९ चिन्ह, १३५)
प्रेरित १७ हेर्नुहोस् । सुसमाचार केहीका लागि जीवनबाट जीवनतर्फ लैजाने सुबास्ना बन्छ पद ४ । सुसमाचार केहीका लागि मृत्युबाट मृत्युतर्फ लैजाने सुबास्ना बन्छ मृत्युमा पद ५ ।
(४) अन्तत : हामी बीऊ रोप्छौ; त्यसको बृद्धि सम्पूर्ण रुपमा परमेश्वरमा भर पर्दछ । १ कोरन्थी ३ः६–९, २ थेसलोनिकी २ः१३–१५
(५) यद्यपि, परमेश्वरको प्रवन्धमा हाम्रो जीवनले माटोलाई उर्वर बनाउन (तीतस २ः७–१०, मत्ती ५ः१६) वा साह्रो (इजकिएल ३६ः२३, रोमी २ः२४) बनाउन सक्छ ।
- हामी एक समूह भई हाम्रो सुसमाचार प्रचारलाई कसरी उत्साह, हौसला, समृद्ध र बढाउन सक्छौ ?
– जवाफदेहिता – एकअर्काका लागि उदाहरण
– एकसाथ प्रार्थना – साझेदारिता
– तालिम – लक्षित समूहका मानिसहरु
– नयाँ जीवनको उत्सव मनाउनु – रणनीति बनाउने

No comments:
Post a Comment