सुसमाचार (एक स्वास्थ्य मण्डलीको तेस्रो चिन्ह) भनेको “असल खबर'' हो कि येशू नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरले अभिषेक गर्नुभएको राजा र जसले येशूलाई राजाको रुपमा आराधना गर्छ, ऊ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।
सुसमाचार राज्यसँग कसरी सम्बन्धित छ ?
सुसमाचारको अर्थ: “सुसमाचार'' ( εὐαγγέλιον, רהבּשׂ) लाँई व्यापक रुपमा प्रयोग गर्दा यसको अर्थ एक “असल कुरा घोषणा गर्नु'' वा “असल सन्देश'' भन्ने हुन्छ । नयाँ करारका लेखकहरुले εὐαγγέλιον लाई ७६ पटक र यसको क्रियापदलाई (εὐαγγελίζω) ५४ पटक प्रयोग गरेका छन् । यस शब्दको पृष्टभूमि सेप्टुआजिन्टमा पाउन सकिन्छ । जहाँ युद्धमा जीतको असल खबरलाई घोषण गर्ने अर्थमा प्रयोग गरिएको थियो (cf. २ शमूएल ४ः१०; १८ः१९—२०, २२, २५, २७; २ राजा ७ः९) । सुसमाचार मुक्तिको लागि गरिने एउटा चार तहको योजना होइन । यो, परमेश्वरले पाप, शैतान र मृत्यु माथि उहाँका मानिसहरुका लागि गर्नुभएको विजयको घोषणा हो । यसलाई ख्रीष्टियन अर्थमा भन्नुपर्दा यो परमेश्वरको राज्यको लागि विजयको सुसमाचार वा घोषणा हो ( cf. मत्ती ४ः२३, ९ः३५, २४ः१४, मर्कूस १ः१, १४; लुका ४ः२३, ८ः१, १६ः१६, प्रेरित ८ः१२) ।
“तर उहाँले तिनीहरुलाई भन्नुभयो, “मैले परमेश्वरका राज्यको सुसमाचार अरु सहरहरुमा पनि सुनाउनै पर्छ, किनकि म यसैको निम्ति पठाएको हुँ ।'' (लुका ४ः४३)
राज्यको प्रकृति: व्यापक अर्थमा, परमेश्वरको सार्वभौमिकता अपरिवर्तनिय छ (cf. भजन ९३ः१–२, १ तिमोथी ६ः१५) । परमेश्वरले सधैँ अहिले पनि र सधैभरि आफ्नो सृष्टिमाथि राजकीय अधिकार राख्नुहुन्छ । जब कि अन्य ईश्वरहरु सार्वभौमसक्ताका लागि प्रतिस्पर्धा गर्छन्, तर याहावे सर्वोच्च रुपमा शासन गर्नुहुन्छ । साघरो अर्थमा, परमेश्वरको राज्यको विकास वा खुलासा छुटकाराको इतिहास भरी रहेको पाइन्छ । परमेश्वरको राज्य विकास, कहिलेकाहीँ सानो वा कमजोर देखिन्छ र बहाब हुदै, अन्ततः सारा संसार भरि फैलिएर जान्छ ( cf.मत्ती १३ः३१–३२, व्यवस्था ७ः७, यशैया ५३ः१–३, १ कोरन्थी १ः२७, दानिएल २ः३४) ।
“परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महिमाले विभूषित हुनुहुन्छ, अनि शक्तिले सुसज्जित हुनुहुन्छ । पृथ्वीको जग सुदृढ छ, त्यो कहिल्यै डग्नेछैन । तपाईको सिंहासन अनादिकालदेखि स्थापना भएको छ । तपाई अनन्तदेखि हुनुहुन्छ ।“ (भजन ९३ः१–२)
“येशूले तिनीहरुलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दाना जस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो त्यो सबै बीउहरुमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरुभन्दा ठूलो हुन्छ, र रुख नै भइहाल्छ । आकाशका चराचुरुङ्गीहरु आएर त्यसका हाँगाहरुमा गुँड लाउँछन् ।'' (मत्ती १३ः३१–३२)
इस्राएलको अपेक्षा र आशा: नयाँ करारको समयमा हामी आइपुग्दै गर्दा, इस्राएलले लामो समयदेखि पर्खेको परमेश्वरको राज्य आइपुगेको पाइन्छ ( आ। मलाकी ३ः१–४, ४ः१–६) । राज्य परमेश्वरको मानिसहरु परमेश्वरले राख्नुभएको स्थानमा परमेश्वरको शासनभित्र भएता पनि परमेश्वरका मानिसहरुले आफ्ना पापका कारण त्यसभन्दा ठीक विपरित अनुभव गरिरहेका थिए (७२२, ५८६) । विदेशी शासनबाट तिनीहरुलाई स्वतन्त्र पारेर प्रतिज्ञा गरिएको देशमा अन्तमा सधैका लागि स्थापित गराउनका लागि तिनीहरुले आतुरकासाथ मसिहलाई पर्खि राखेका थिए । यसले मसिहको बारेमा एउटा निश्चित अपेक्षा निर्माण गर्यो, जसभित्र भौतिक कुराहरु (जमिन, मन्दिर आदि) र तुरुन्तै पूरा गरिनेछ भन्ने विचार पैदा भयो । परमेश्वरले मसिहद्वारा उहाँको शत्रुहरुलाई पराजित गरि र आफ्ना मानिसहरुलाई आशिषित गराई उहाँको राज्यमा पुर्याउनु हुनेछ भनि इस्राएलले त्यस्तो समयको आशा राखेका थिए (यशैया ४०ः९, ५२ः७) । इस्राएलले हेर्न चाहेका दुई प्रकारका विजयको पक्षहरुलाई यशैयाले अगमवाणी गरेका थिए (यशैया ५२ः१०) । परमेश्वरका शत्रुहरुको पराजय । परमेश्वरका मानिसहरुको छुटकारा ।
सारा जातिहरुको दृष्टिमा परमप्रभुले आफ्नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्वीको पल्लो छेउकाहरुले पनि हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन् (यशैया ५२ः१०) ।
विजयको सुसमाचार र राज्यको परिपूर्णता: येशूले परमेश्वरको शत्रुलाई हराउनु, परमेश्वरका मानिसहरुको छुटकारा र राज्यको पूर्णताको समयप्रति भएको तिनीहरुका समझलाई पुन निर्देशित गर्नुभयो । तिनीहरुले विचार गरेको भन्दा कैयौ ज्यादा ठूलो शत्रु थियो । तिनीहरुले कल्पना गरेकोभन्दा महान छुटकारा थियो । तिनीहरुले कहिल्यै अपेक्षा नगरेका समय रेखा थियो ।
परमेश्वरको शत्रुको पराजय
उद्धाटन (ख्रीष्टको पहिलो आगमन): उहाँको पहिलो आगमनमा, येशूले परमेश्वरको आत्मिक शत्रुहरुलाई परमेश्वरको दण्डबाट प्रहार ( आ। मत्ती १२ः२८–२९, मर्कूस १ः२७, यूहन्ना १२ः३१) र उहाँले परमेश्वरको मानव शत्रुहरुमाथि कृपा बिस्तार गरि उहाँले राज्यको उद्घाटन गर्नु ( आ। लुका २३ः३४) भएको थियो ।
निरन्तरता (मण्डली युग) : चर्च मानिसहरुसँगको युद्धमा छैन, तर शैतान र अन्य दुष्ट आत्माहरुका विरुद्धमा छ ( आ। एफिसी ६ः११–१२) । ख्रीष्टले आफ्ना आत्मिक शत्रुहरुलाई पराजित गर्नु भएको एक अंशको रुपमा परमेश्वरको मानव शत्रुहरुका बीचमा ख्रीष्टका चेलाहरुले परमेश्वरको कृपालाई बिस्तार गर्ने गर्दछ (२ कोरन्थी ५ः२०) । मण्डलीको एकता शैतानको पराजय प्रतिको एउटा घोषणा हो (एफिसी ३ः९–१०) ।
समापन (नयाँ स्वर्ग/नयाँ पृथ्वी) : जब ख्रीष्ट फर्कनु हुनेछ तब उहाँले परमेश्वरको आत्मिक र मानव शत्रुहरुलाई पराजित गर्नुहुनेछ (प्रकाश १९ः१३–१५, २०ः२०) ।
परमेश्वरको मानिसहरुका छुटकारा
उद्घाटन (ख्रीष्टको पहिलो आगमन) : क्रुसमा उहाँको दुईवटा रणनीतिहरु, एउटा मानव जातिमाथि भएको शैतानको शक्तिलाई पराजित गर्नु ( cf. एफिसी १ः२० , कलस्सी २ः१५, १ यूहन्ना ३ः८) र मानिसहरुलाई पाप र मृत्युबाट स्वतन्त्र पार्नु थियो ( cf. एफिसी ४ः८, कलस्सी १ः१४–१५, हिब्रु २ः१४–१५) ।
निरन्तरता (मण्डलीको युग) : उहाँको महिमाको गवाहि दिनको लागि परमेश्वरका मानिसहरुलाई शक्तिसाथ पवित्र आत्मा दिइएको छ । उहाँको शाक्तिद्धारा हामी दासत्वमा परेकाहरुलाई सुसमाचार घोषण गर्न र यसलाई प्रयोग गर्न भाग लिन्छौँ (प्रेरित १ः६–८, २६ः१८, मत्ती २४ः१४) ।
समापन (नयाँ स्वर्ग/नयाँ पृथ्वी) : परमेश्वरका मानिसहरुले राज्यका सबै प्रतिज्ञा गरिएका आशिषहरुलाई अनुभव गर्न पाउनेछन् (प्रकाश ५ः९–१०, ११ः१५) । परमेश्वरको शत्रुहरुको पराजय र परमेश्वरका मानिसहरुको छुटकाराले ख्रीष्टमा परमेश्वरको राज्यको लागि भएको विजयीको आगमनलाई प्रतिनिधित्व गर्दछ । अन्तमा, तिनीहरुले पृथ्वीका सबै अन्तिम छेऊसम्मै अधिकार गर्नेछन् र असिमित र कहिल्यै समाप्त नहुने शान्तिको आनन्द लिनेछन् ।
सुसमाचारलाई प्रस्तुत गर्दै
सुसमाचार बाड्नका लागि यहाँ एउटा अत्यन्त बाइबलिय तरिका रहेको छ । यसमा विशेष ४ वटा आधारभूत तत्वहरु पर्दछन् ः परमेश्वर, मानिस, ख्रीष्ट, प्रतिक्रिया । हामी परमेश्वरको बारेमा बताउदै सुरु गछौँ किनभने उहाँ को हुनुहुन्छ भन्ने प्रकाशले मात्र हाम्रो वास्तविकलाई प्रकट गर्छ । हामी यशैया ६ः१–६ मा यस कुरालाई स्पष्टसँग देख्नसक्छौ । जस्तो यशैयाले देखाएका छन्, परमेश्वरको बारेमा विचार गर्नु नै हाम्रो पापलाई बु‰नका निम्ति मुख्य चाबी हो । हाम्रो पापप्रतिको बुझाईले हामीलाई छुटकाराको जरुरी छ भन्ने कुरालाई प्रकट गर्दछ । त्यसैले हाम्रो पहिलो कदम परमेश्वरलाई विचार गर्नु हो ।
“उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहसानमा विराजमान हुनु भएको देखे । उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो । उहाँको मास्तिर सराफहरु खडा थिए – प्रत्येकका ६–६ वटा पखेटा थिए । दुई वटा पखेटाले तिनीहरुले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुईवटाले तिनीहरु उड्दै थिए । अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरु पुकार्दै थिए ः “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण ।“ तिनीहरुका सोरले ढोकाहरु र जगहरु हल्लिए र मन्दिर धुवाले भरियो । मैले भने, “धिक्कार ! म नष्ट भए, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरुका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु ।“ तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरु मध्ये एकजना म कहाँ उडेर आए ।“ (यशैया ६ः१–६)
चार तत्वहरु (कोष्ठमा भएका खण्डहरु पढ्नुहोस्)
परमेश्वर । हामी पनि परमेश्वरबाट नै सुरु गर्दछौ, जस्तो एथेन्ससमा हुनेहरुलाई पावलले सुसमाचार बाड्दा गरेका थिए (प्रेरित १७ः२४–२५) । जब पावल परमेश्वरको बारेमा समझ नभएका मानिसहरुसँग कुरा गरे, तब उनको लक्ष्य येशूको पुनरुत्थानलाई घोषणा गर्नु थियो (प्रेरित १७ः३१) । यद्यपि, पुनरुत्थानलाई बु‰न लागि मानिसहरुले पहिला परमेश्वर को हुनुहुन्छ भन्ने कुरा पावललाई राम्ररी थाहा थियो । त्यसैकारणले गर्दा पावलले परमेश्वरलाई यसरी परिचय गराउनुभयो कि हामी प्रेरित १७ः२४–२५ मा परमेश्वरलाई सृष्टिकर्ता परमप्रभु, जो सबैकुराको निर्वाहकको रुपमा पढ्न सक्छौ, जसलाई मानिसको हातद्वारा सेवा गरिरहन पर्दैन । यदि परमेश्वर नै परमप्रभु हुनुहुन्छ भने, यसको मतलब उहाँ सार्वभौम र सबैकुराको नियन्त्रक हुनुहुन्छ । उहाँलाई मेरो खाँचो छैन । मलाई उहाँको खाँचो छ । त्यसैकारणले गर्दा, मेरो जीवनमा उद्देश्य र अर्थ प्रदान गर्ने उहाँ नै हुनुहुन्छ । र उहाँले मेरो अस्तित्वको कारणलाई परिभाषित गर्नुभएको छ (उत्पत्ति १ः२६–३१) । उत्पत्तिको खण्डमा परमेश्वरले मलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभएको कुरालाई हामी पढ्न सक्छौ । परमेश्वरको स्वरुपमा सृजना गरिनुको अर्थ के हो ? त्यसको मतलब हामी शारीरिक रुपमा उहाँ जस्तो सृष्टि गरिएका हौँ भन्ने होइन किनभने परमेश्वर आत्मा हुनुहुन्छ (यूहन्ना ४ः२४) । यसको मतलब के हो भने उहाँलाई झल्काउनका लागि उहाँले मलाई सृष्टि गर्नुभएको हो । यो सारा संसारमा उहाँको चरित्रहरु, उहाँका गुणहरु, उहाँको व्यक्तित्व, उहाँको राज्य झल्काउनका लागि उहाँले मलाई सृष्टि गर्नुभयो । मलाई ऐना हुनका लागि सृष्टि गर्नुभएको थियो जसले संसारलाई उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा देखाउदछ । यहि कारणले गर्दा पनि परमेश्वरले आदम र हव्वालाई पृथ्वीमाथि अधिकार गर्न दिनुभयो । सारा ब्रम्हाण्डमा भएका उहाँको अधिकारलाई झल्काउनका लागि । यहि कारणले गर्दा उहाँले तिनीहरुलाई बृद्धि हुन र पृथ्वीभरी भरिनको लागि भन्नुभएको थियो । परमेश्वरले हामी हरेकमा उहाँको महिमा झल्किएको चाहानुभयो । उहाँ यहि परमेश्वर हुनुहुन्छ र यहि कारणले गर्दा उहाँले हामीलाई सृष्टि गर्नु भएको थियो (१ यूहन्ना १ः५, प्रकाश ४ः११, रोमी २ः५–८, ११ः३३–३६) ।
मानिस । यद्यपि, हामीले जसरी परमेश्वरलाई झल्काउन पर्ने हो त्यसरी झल्काएका छैन भनि हामीलाई थाहा छ । हामी उहाँको चरित्र संसारलाई देखाउदैनौ । अखिर किन ? यसको उत्तर उत्पत्तिको पुस्तक दुई अध्यायबाट अलि अघि बढे पछि हामी पाउन सक्छौ (उत्पत्ति ३ः१–७) । यो खण्डमा, स्पष्ट रुपमा, परमेश्वरको शत्रु, शैतानले परमेश्वरको सृष्टिलाई झुटो बोलेर तिनीहरुलाई आक्रमण गरेको देख्न सकिन्छ । अनाज्ञाकारीताले मृत्यु ल्याउदैन भनि शैतानले हव्वालाई भन्यो (उत्पत्ति ३ः४) । यो एउटा झुट थियो किनभने परमेश्वरले तिनीहरुलाई अनाज्ञाकारीताले मृत्यु ल्याउछ भनि भन्नु भएको थियो (उत्पत्ति २ः१७) । यद्यपि, अनाज्ञाकारीता भित्र तिनीहरुले स्वतन्त्रता प्राप्त गर्नेछन् भनि विश्वस्त पार्दै शैतानले आदम र हव्वासँग झुट बोल्यो । परमेश्वरसँग मात्र भएको त्यो ज्ञानलाई प्राप्त गरेर, तिनीहरु स्वयम परमेश्वर जस्तै बन्न चाहान्थे (उत्पत्ति ३ः६) । सुरुवातमा पापको जरा अनाज्ञाकारीता मात्रै थिएन । परमेश्वर जस्तै बन्न चाहाने इच्छा पापको जरा थियो ।
तिनीहरु आफ्नो जीवनको प्रभु आफै बन्न चाहान्थे । यहि चाहानाले उनीहरुलाई आत्मिक मृत्युमा पुर्र्यायो । परिणामस्वरुप, येशूले आफ्ना समयका यहूदीहरुलाई भन्नुभयो कि उनीहरु स्वभावतः परमेश्वरका सन्तान होइनन्, तर शैतानका हुन् (यहून्ना ८ः४४) । पापी भएकाले, हामी स्वयमको प्रभु बन्न चाहाने शैतानको चाहानालाई लिदछौ । आदम र हव्वालाई असल बनाएको भएतापनि तिनीहरु र हामी स्वभावैले पापी छौ (भजन ५१ः५, रोमी ३ः२३) । जन्मदेखि नै सबै मानिसहरु परमेश्वरबाट अलग्गिएका, परमेश्वरका शत्रु बनेका, र परमेश्वरको क्रोधको सन्तान बनेका छन् (एफिसी २ः१–३) ।
ख्रीष्ट । यो डरलाग्दो सत्यताको लागि उत्तर के होला ? हाम्रो सबैभन्दा ठूलो समस्या यो हो कि परमेश्वर, पवित्र हुनुहुन्छ जसको बारेमा अगाडि हेरिसकेका छौँ । जब उहाँले आफैलाई मोशाकहाँ प्रकट गर्नुभयो, तब उहाँ प्रेमिलो र कृपालु हुनुहुन्छ भनेर मात्र प्रकट गर्नुभएन तर उहाँ एक धर्मी न्यायकर्ता पनि हुनुहुन्छ भनी भन्नुभयो (प्रस्थान ३४ः६–७) । यो पद बाइबलको रहस्य हो । दोषिलाई सजाय नदिइ कसरी परमेश्वर पापीहरुलाई प्रेम गर्न र कृपालु बन्न सक्नुहुन्छ ? किनभने उहाँ धर्मी हुनुहुन्छ त्यसलै दोषी पापीहरुलाई दण्ड दिनैपर्छ । यसको एकमात्र उत्तर भनेको परमेश्वरले आफ्नो पुत्रद्वारा गर्न चाहानुभएको कार्य हो (रोमी ३ः२३–२६) । पावलले रोमीको पुस्तकको यो खण्डमा येशू ख्रीष्ट जो पूर्णरुपमा परमेश्वर र पूर्णरुपमा मानिस हुनुहुन्थ्यो, जसले पापरहित जीवन जीउनु भयो, फरमेश्वरको क्रोधलाई सहन त्रुसमा मर्नुभयो ताकि येशूमा विश्वास गर्नेहरुलाई प्रेम गर्दा धर्मी (न्याय) बन्न सक्नुभएको होस् । येशूमा भरोसा गर्नेहरुलाई परमेश्वरले प्रेम गर्न सक्नुहुन्छ किनभने उहाँले हाम्रो सट्टा येशूलाई दण्ड दिनुभयो । परमेश्वरले येशूलाई चिहानबाट बौरी उठाउनु भएर मृत्यु माथिको विजयको घोषणा गर्नुभयो (यूहन्ना १ः१, १ तिमोथी २ः५, हिब्रु ७ः२६, रोमी ३ः२१–२६, २ कोरन्थी ५ः२१, १ कोरन्थी १५ः२०–२२) ।
उत्तर । यस सुसमाचार प्रति हामी कसरी प्रतिक्रिया दिनसक्छौ ? धर्मशास्त्रले सिकाउदछ कि हाम्रो असल कार्यद्वारा मुक्तिलाई कमाउन सकिदैन तर अनुग्रहबाट ख्रीष्टमा गरिने विश्वासद्वारा प्राप्त गर्न सकिन्छ (एफिसी २ः८–९) । परमेश्वरले ठाउँका सबै मानिसहरुलाई आफ्नो पापको पश्चताप गर्न र उद्धार प्राप्त गर्नका लागि ख्रीष्टमा भरोस गर्न बोलाउनुहुन्छ (मर्कुस १ः१५, प्रेरित २०ः२, रोमी १०ः९–१०) । यो पश्चताप र विश्वासलाई जमिनमा भएको गाडधनको दृष्टान्तद्वारा देखाउन सकिन्छ (मत्ती १३ः४४) । येशू त्यो बहुमुल्य गाडधन हुनुहुन्छ । पश्चताप भनेको ठुलो त्यो धन पाउनको लागि खुसीसाथ अरु सबैकुरा त्याग्नु हो किनभने त्यो गाडधन अनन्त रुपमा बढी मुल्यवान छ । विश्वास भनेको संसारले होइन, तर येशूले मात्र सधैंका लागि सन्तुष्टि दिनुहुन्छ भन्ने भरोसा गर्नु हो ।

No comments:
Post a Comment