तपाइको बाइबल अध्ययनबाट धेरै लाभ उठाउनको लागी एउटा सामान्य तरिका भनेको प्रार्थना, अवलोकन, व्याख्या र लागु गर्नुपर्ने कुरा जस्ता यी कदमहरु प्रयोग गरि बाइबल अध्ययन गर्न सक्नुहुन्छ । जो निम्न रहेका छन् ।
प्रार्थना
परमेश्वरले आफ्नो वचनलाई मानव लेखकलाई प्रयोग गरेर मानिसले बुझ्ने भाषामा आफ्नो वचन हामीलाई दिनुभएको छ । तर ति सबै जतिपनी लेखिएको वचन छ त्यो चाहीँ परमेश्वरको प्रेरणाद्वारा लेखिएको हुनाले हामी हाम्रो प्रयासले मात्र बाइबलको ठिक अर्थ बुझ्न सक्दैनौ त्यसकारण हामीले बाइबल अध्ययन गर्नुपुर्व परमेश्वरसित उहाँको वचनको अर्थ खोलिदिनको निम्ति प्रार्थनाद्वारा सुरु गर्नुपर्दछ । जसो भजनकारले भन्छन, ’मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ (भजनसंग्रह ११९ः१८) ।'
अवलोकन
प्रार्थना गरिसकेपछि तपाईले आज अध्ययन गर्न गईरहेको पवित्रशास्त्र बाइबलको खण्डलाई निकाल्नुहोस । अनी त्यो खण्डको अवलोकन गर्नुहोस । अवलोकनको अर्थ, सूक्ष्म रुपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम भन्ने हुन्छ । त्यसकारण तपाईले आज पढ्न गईरहेको खण्डमा नभएका कुरा होइन तर भएका सबै विवरणलाई सङ्कलन गर्नु हो । त्यसकारण सर्वप्रथम ति विवरणहरु जम्मा गर्नको लागि धेरै पटक अध्ययन गरिएको खण्डलाई पनी तपाईंले यो खण्ड पहिलो पटक पढ्दै हुनुहुन्छ भन्ने सोचका साथ पढ्नुहोस र सबै विवरणहरु हेर्नुहोस् ।
अब अवलोकन (Observation) गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न रहेका छन ।
१. दोहोरिएका/महत्वपुर्ण शब्दहरू– तपाईले अध्ययन गर्न लाग्नुभएको खण्डमा एक भन्दा बढी कुनै शब्दलाई दोहोरिएको वा महत्वपुर्ण शब्दहरु (येशू ख्रीष्ट, बप्तिस्मा, पवित्रआत्मा, पश्चाताप गर) लाई ध्यानदिनुहोस ।
- कुन शब्द बारम्बार दोहोरिएको छ ?
- भविष्यवाणी, प्रतिज्ञा, आज्ञा, चेतावनी ?
२. पात्रहरू– तपाईले अध्ययन गर्न लाग्नुभएको खण्डमा (परमेश्वर, येशू ख्रीष्ट, पवित्रआत्मा, स्वर्गदुत, मोशा, पावल, चेलाहरु, इस्राएलका मानिसहरु, यरुशलेमबाट आएका मानिसहरु) जस्ता पात्रहरुलाई ध्यान दिनुहोस ।
- को बोल्दैछ ?– (लेखक वा कथामा कसले कुरा गरिरहेको छ ?)
- कसलाई भनिएको छ ? (लेखक वा कथामा बोलिरहेको व्यक्तिले कसलाई सम्बोधन गरिरहेको छ ?)
३. समय र स्थान– तपाईले अध्ययन गर्न लाग्नुभएको खण्डमा भएको घटना वा कुरा कहिले (बेविलोनमा निर्वासित भएको बेला, निस्तारचाडको बेला ) अनि कहाँ (उजाडस्थान, यर्दन नदि, गालिल समुन्द्र, रोम, कोरन्थीको शहर) जस्ता कुराहरुलाई ध्यान दिनुहोस ।
- कहिले ? (यो पुस्तक कहिले लेखिएको हो वा कथाले कुन समय (विहान, साँझ वा दिउँसो) लिईरहेको छ ?)
- कहाँ ? (यो पुस्तक कहाँबाट लेखिएको हो वा कथाले कुन ठाउँ (भुमि, शहर वा क्षेत्र) लिईरहेको छ ?)
४. कार्य– तपाईले अध्ययन गर्न लाग्नुभएको खण्डमा भएको कार्य (कुनै घटना घटेको, शिक्षा दिईरहेको, कुनै समस्याको सम्बोधन गरेको, प्रचार गरिरहेको) जस्ता कुराहरुलाई ध्यान दिनुहोस ।
- के भइरहेको छ ?
- किन भईरहेको छ ?
५. सम्बन्ध– तपाईले अध्ययन गर्न लाग्नुभएको खण्डमा सम्बन्ध जोड्ने (किनकि, तर, त्यसैले, त्यसकारण, र) जस्ता कुराहरुलाई ध्यान दिनुहोस ।
- कारण–परिणाम (“किनकि“, “तर“, “त्यसैले“ जस्ता शब्दहरु हेर्नुहोस्)
जति तपाइ उक्त खण्ड र सन्दर्भ अवलोकन गर्न समय लिनुहुन्छ त्यति तपाइ पाठको मौलिक अर्थको लागि थाहा गर्नुहुन्छ । जसले तपाईंलाई खण्डको व्याख्यामा गहिरो खन्ने तयारी गर्छ ।
२. व्याख्या/अर्थ खोलाई
केवल पाठलाई पढ्नेमात्र होइन तर त्यसको अर्थ बुझ्न पनि आवश्यक छ । जसो नहेम्याह ८ः८ मा भन्दछ, ’’तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढÞेर त्यसको अर्थ मानिसहरूले बु‰न सक्ने गरी बुझाइदिए'' अवलोकन गरिसकेपछि अव त्यसको अर्थ खोल्नको निम्ति निम्न प्रश्नहरूको खण्डमा खोज्नुहोस ।
- लेखकले के भन्न खोजेका थिए ?– लेखक यहाँ मौलिक श्रोताहरुलाई के कुरा भन्दै थिए अर्थात उनिहरुलाई के कुरा बुझाउदै थिए भन्ने कुराको बारेमा विचार गर्नुहोस । (उदाहरणः मानिसहरु पापको कारणले गर्दा आत्मिक रुपमा मरेका छन्, तर परमेश्वरले अनुग्रहबाट विश्वासद्वारा ख्रीष्ट येशूमा तिनिहरुलाई बचाउनुभएको छ, उनिहरुको कामहरुद्वारा होइन ताकी तिनिहरुले नयाँ जीवन जीउदै परमेश्वरलाई आदर गरुन)
- त्यो सन्देश सुरुमा कसका लागि थियो ?– मौलिक श्रोताहरु को थिए ? (एफिसिका चर्चका मानिसहरु, यहुदाका मानिसहरु, तिमोथी, तितस)
- परमेश्वरले यस खण्ड मार्फत के प्रकट गर्नुभयो ?– तपाईले उक्त खण्डमा परमेश्वरले के प्रकट वा प्रकाश पारेको कुरा (परमेश्वरको स्वभाव, इच्छा, योजना, कार्य वा के जानुन र विश्वास गरुन) छ त्यो कुरालाई पत्ता लगाउनुहोस ।
अर्थ खोलाई (Observation) को सामान्य सिद्वान्त
१. तत्कालिन सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्डको अगाडिको र पछाडिको खण्डहरु हेर्नुहोस)
२. साहित्यीक सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्ड कुन साहित्यीक शैली (कथा, कविता, अगमवाणी, दृष्टान्त, पत्र, सुसमाचार, ) मा पर्छ त्यसलाई हेर्नुहोस)
३. टाढाको सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्डको अध्याय र पुस्तक हेर्नुहोस)
४.ऐतिहासिक सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्डको बेलाको समयअवधि, घटनाहरु, शासकहरु र परिस्थीतिहरु कस्तो थियो हेर्नुहोस्)
५. साँस्कृतिक/ सामाजिक सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्डको बेला त्यतिबेलाका प्रथम श्रोताहरुको रितिरिवाज, विश्वास, भाषा, पहिरन, सामाजिक संरचना कस्तो थियो हेर्नुहोस्)
६. ईश्वरशास्त्रीय सन्दर्भ– (तपाईले अध्ययन गरिरहनुभएको खण्ड परमेश्वरको उद्दारको योजना र सत्यतासित कसरी मेल खान्छ हेर्नुहोस्)
सहसम्बन्ध
सहसम्बन्धले तपाईलाई उक्त खण्डलाई बुझ्न थप मद्दत गर्नेछ । जब तपाइँ सहसम्बन्धित हुनुहुन्छ, तपाइँ अध्याय, पुस्तक, वा सम्पूर्ण बाइबलको अन्य भागहरूबाट खण्डहरू ल्याउँदै हुनुहुन्छ जुन तपाइँले अध्ययन गरिरहनु भएको खण्ड बुझ्न मद्दत गर्दछ र यो सिद्धान्तमा काम गर्दै हुनुहुन्छ, जुन बाइबल आफै आफ्नो लागी उत्तम अर्थ खोल्ने साधन हो ।
- के यो खण्डको बारेमा पवित्रशास्त्र बाइबलका अन्य पुस्तकहरुमा उल्लेख गरिएको छ ?
- के येशू, अगमवक्ताहरू वा प्रमुख व्यक्तिहरूले पनि यस विषयबारे बोलेका थिए ?
- यस सैद्धान्तिक विषयवस्तुको बारेमा अर्को लेखकले के भन्छन ?
- के अन्य खण्डहरूले मलाई यो सत्यलाई बुझ्न मद्दत गर्न सक्छ ?
- अन्य खण्डहरूले थप सन्दर्भ वा विवरण प्रदान गर्छ कि ?
८. व्याकरणको प्रयोगको मूल्याङ्कन गर्नुहोस – तपाईले अध्ययन गर्दै गरेको खण्डमा प्रयोग गरिएको व्याकरण (क्रियापद, काल, शब्दहरूको क्रम, संयोजक) हरु मूल्याङ्कन गर्नुहोस् ।
९. बाइबल सहयोगी पुस्तकहरुको मद्दत लिनुहोस् – तपाईले अध्ययन गर्दै गरेको खण्ड भएको पुस्तकको पृष्ठभूमि बुझ्न (बाइबल शब्दकोश, विश्वकोश, नक्सा, बाइबल टिप्पणी इत्यादि) को प्रयोग गर्नुहोस ।
३. लागु गर्नुपर्ने कुरा
लागु गर्नुपर्ने कुरा भनेको उक्त खण्डको अर्थ खोलिसकेपछि तपाईले उक्त कुरालाई आफ्नो जिवनमा लागु गर्ने बारेमा हो । जसले हाम्रो दैनिक जीवनमा जिउने तरिका परिवर्तन गर्दछ । अनुच्छेदले के भन्छ र यसको अर्थ के हो भनेर निश्चित नभएसम्म लागु गर्ने कुरामा हतार नगर्नुहोस, र त्यसपछि आफ्नो जीवनमा ति सत्यताहरु लागु गर्नुहोस । जसो याकूब १ः२२ मा भन्दछ ’’तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ ।''
तपाईको लागु गर्ने कुराको मापन गर्न, तपाइँको प्रगतिको मूल्याङ्कन गर्न, र तपाईको प्रयोगमा आवश्यक परिवर्तन गर्नको लागी यी कदमहरु लिनुहोस । आफैलाई यी प्रश्नहरू सोध्ने प्रयास गर्नुहोस ।
- के त्यहाँ मैले आज्ञापालन गर्ने बारेमा केही छ ?
- के मेरो लागि त्यहाँ पछ्याउने राम्रो उदाहरण छ ?
- के त्यहाँ म बच्नुपर्ने पापको बारेमा छ ?
- के त्यहाँ केहि छ जुन कुराको निम्ति म परमेश्वरलाई धन्यवाद दिन सक्छु ?
- के त्यहाँ कुनै प्रतिज्ञा छ ?
- के त्यहाँ मैले आनन्द उठाउन सक्ने कुनै आशिष छ ?
- के त्यहाँ कुनै असफलता छ जसबाट म सिक्न सक्छु ?
- के त्यहाँ परमेश्वर, प्रभु येशू, पवित्र आत्मा, शैतान वा मानिसको बारेमा नयाँ विचार छ ?

No comments:
Post a Comment