पूरानो करारमा येशू ख्रीष्टको बारेमा अगमवाणी गरिएको थियो, सुसमाचारका पुस्तकहरुमा उहाँ प्रकट हुनुभयो, प्रेरितको पुस्तकमा उहाँको बारेमा प्रचार गरियो, पत्रहरुमा उहाँको व्याख्या गरियो अनी प्रकाशको पुस्तकमा उहाँको आगमनको प्रतिक्षा गरिएको छ । एलिस्टर बेग
“पवित्रशास्त्र बाइबलको प्रत्येक भागको अर्थ केवल येशु ख्रीष्टसँग सम्बन्धित हुँदा मात्र त्यसको अर्थ खुल्छ ।“ ग्रेम गोल्ड्सवर्दी
१. ख्रीष्ट–केन्द्रित प्रचार भनेको के हो ?
ब्रायन चैपलका अनुसार ख्रीष्ट केन्द्रित प्रचारलाई यसरी परिभाषित गर्छन कि ’प्रत्येक बाइबलीय खण्डले ख्रीष्टमा पूरा भएको परमेश्वरको छुटकाराको कामसँग कसरी सम्बन्धित छ भनेर प्रकट र्गदछ ।' उनी र्तक र्गछन कि विश्वासयोग्य प्रचारकले पाठ (पतित अवस्था केन्द्रित) द्वारा सम्बोधन गरिएको मानव आवश्यकतालाई पहिचान र्गदछ र ख्रीष्टले कसरी अन्तिम समाधान प्रदात र्गनुहुन्छ भनेर प्रकट र्गदछ। उनी र्तक र्गदैनन् कि प्रत्येक उपदेशले कृतिम रूपमा येशूको उल्लेख र्गनुर्पछ, तर प्रत्येक उपदेश बाइबलको एकीकृत छुटकाराको सन्देश भित्र सम्बन्धित हुनुर्पछ । जसो एडमन्ड क्लाउनीले पनि यसो भन्दछन, ’’ख्रीष्टलाई नदेखाउने प्रचारले परमेश्वरको वचनको मुटु नै गुमाउँछ ।“
१. ख्रीष्ट–केन्द्रित प्रचार किन आवश्यक छ ?
बाइबलीय आधारमा यसको जवाफलाई हेरौँ ।
लूका २४ः२७, ४४ः २७ तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो । ४४“तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ ।
युहन्ना ५ः३९–४० तिमिहरु धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाईन्छ भनि तिमिहरु ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन, तापनी तिमीहरु जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ ।
प्रेरित २८ः२३खः मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट परमेश्वरका राज्यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्वास दिलाउने चेष्टा गरे। '
२. ख्रीष्ट केन्द्रित प्रचार नगर्दाका परिणामहरु के के हुन ?
नैतिकवादी प्रचारः “दाउद जस्तै साहसी बन“ तर दाउदको पुत्रलाई छायामा पारिन्छ ।
समृद्धीवादी प्रचार : येशूमा विश्वास गर भौतिक धन, स्वास्थ र सफलता पाउँछौँ । ( मानिसहरुलाई पृथ्वीका क्षणीक कुराहरुको बन्धनमा पारी अनन्तका कुरा अर्थात आत्मिक आशिषलाई छायामा पारिन्छ )
व्यवस्थावादी प्रचारः “अझ मेहनत गर, अझ राम्रो गर “ तर सुसमाचार बिना । ( स्वधर्मीपना तिर डोर्याउँदछ जसले मुक्तिको आधार आफुले गरेका कुराहरुमा भर पर्न लगाउँदछ ।)
व्यवस्थामुक्तवाद/अव्यवस्थावाद प्रचार : हामी पुरानो करारको व्यवस्थाको अधिनमा छैनौँ तर अनुग्रहको समयमा छौँ त्यसकारण आज्ञापालन र असल काम गर्नुपर्दैन भनी अनुग्रहलाई पाप गर्ने लाईसन्सको रुपमा हेरी पवित्रता, आज्ञापालन र असल कामलाई व्यवास्ता गरिन्छ ।
थेरापी केन्द्रित प्रचार: केवल आत्मा विश्वास, सकारात्मक सोच र राम्रो महसुस गराउने कुरामा केन्द्रित गरीे, पाप, पश्चाताप, पवित्रतालाई छायामा पारिन्छ ।
ख्रीष्ट–केन्द्रित प्रचारले मानिसको पाप देखाउदछ, ख्रीष्टमा क्षमादान देखाउदछ, अनी पवित्र आत्माले त्यो प्रचारद्वारा मानिसहरुको जीवन रुपान्तरण गर्ने काम गर्नुहुन्छ ।
३. ख्रीष्ट–केन्द्रित प्रचार कसरी गर्ने त ?
१. व्याख्या (Exegesis): पाठको मौलिक अर्थ बु‰नुहोस
- व्याकरणीय–ऐतिहासिक विधिः मूल श्रोताहरूको लागि पाठको अर्थ के थियो?
- संरचना, सन्दर्भ र मुख्य बुँदा अवलोकन गर्नुहोस्।
२. बाइबलीय ईश्वरशास्त्रः पाठलाई उद्धारको इतिहासमा राख्नुहोस ।
- मुक्तिको कथामा यो खण्ड कहाँ मिल्छ ? सृष्टि ( १–२), पतन (३), उद्दार ( ३–२० ), पुर्नस्थापना ( २१–२२ )
- यो कुन करार(हरू) वा प्रतिज्ञा(हरू) सँग जोडिएको छ?
३. उद्धारको कथासितको सम्बन्धको बारेमा थाहा गर्नुहोस ।
- के पाठले प्रतिज्ञा (ख्रीष्टमा पूरा भएको) प्रकट गर्छ ?
- के यसले प्रकार/छाया (ख्रीष्टलाई औंल्याउँदै) देखाउँछ ?
- के यसले पाप/दोष (ख्रीष्टलाई मुक्तिदाताको रूपमा डोरÞ्याउँदै) प्रकट गर्छ?
- के यसले बुद्धि वा व्यवस्था (ख्रीष्टको आज्ञाकारितामा पूरा भएको) चित्रण गर्छ?
- के यसले राज्यको विषयवस्तु (ख्रीष्टलाई साँचो राजाको रूपमा) प्रकट गर्छ?
४. सुसमाचार घोषणाः ख्रीष्टमा परिपूर्ण समाधान देखाउनुहोस ।
- पाठको आवश्यकता वा पूर्तिको लागि ख्रीष्ट कसरी जवाफ हुनुहुन्छ भनेर स्पष्ट रूपमा देखाउनुहोस्।
- “परमेश्वरले के चाहनुहुन्थ्यो“ :“ख्रीष्टले के पूरा गर्नुभयो“ :“यसले हाम्रो लागि के अर्थ छ“ भन्ने कुरालाई नियाल्नुहोस ।
४. ख्रीष्ट केन्द्रित प्रचारको निम्ति ख्रीष्टसम्म पुग्ने मार्गहरु
१. प्रत्यक्ष भविष्यवाणी : ख्रीष्टमा पूरा भएको
- केही पदहरू स्पष्ट रूपमा भविष्यसूचक छन्, जसले येशू ख्रीष्टलाई औल्याउदछन । जस्तै, उदाहरणः यशैया ५३ अध्यायले दुःख भोग्ने सेवकको वर्णन गर्दछ, जुन येशूको क्रूसमा पूरा भएको छ । (प्रेरित ८ः३२–३५)
- अगमवक्ताको पुस्तकबाट प्रचार गर्दा वा अगमवाणीको बारेमा प्रचार गर्दा, इस्राएलको आशामा नरोक्नुहोस तर ख्रीष्टले आफ्नो व्यक्तित्व र कार्यमा यसलाई कसरी पूर्ण रूपमा पूरा गर्नुहुन्छ भनेर देखाउनुहोस् ।
२. प्रकारशास्त्र : ख्रीष्टलाई साँचो वास्तविकताको रूपमा देखाउँछ ।
प्रकारशास्त्र भनेको पुरानो करारका ऐतिहासिक व्यक्तिहरू, स्थानहरू, वस्तुहरू, वा घटनाहरूलाई जनाउँछ, जसले ख्रीष्ट र उहाँको कार्यलाई पूर्वचित्रण ( औंल्याउँछ ) गर्दछ । र ति कुराले नयाँ करारमा ख्रीष्टमा पुर्णता पाएको कुरालाई देखाउँछ ।
उदाहरणः माछाको पेटमा योना : चिहानमा येशू ख्रीष्ट (मत्ती १२ः४०)।
प्रस्थानको पुस्तकमा निस्तार चाडको थुमा स् ख्रीष्ट, साँचो निस्तारको थुमा (यूहन्ना १ः२९; १ कोरिन्थी ५ः७)।
३. प्रतिज्ञाहरु: ख्रीष्टमा पुरा भएको
पवित्रशास्त्र बाइबलभरी भएका परमेश्वरका प्रतिज्ञाहरूले येशूमा हो हुन्छन । (२ कोरिन्थी १ः२०)।
उदाहरणः अब्राहामको सन्तान ( उत्पती १२ः३ ) स् अन्ततः ख्रीष्टमा पुरा हुन्छ (गलाती ३ः१६)
दाऊदको करार: ख्रीष्ट अनन्त राजाको रूपमा (२ शमूएल ७ः१२–१६; लूका १ः३२–३३)।
४. व्यवस्था / दोष : ख्रीष्ट हाम्रो धार्मिकता
व्यवस्थाले परमेश्वरको पवित्रतालाई प्रकट गर्दछ र मानिसको पापलाई उजागर गर्दछ ।
उदाहरणः गलाती ३ः२४ व्यवस्थाचाहीँ हामीलाई ख्रीष्टसम्म डोर्याउने शिक्षक हो ।
बलिदान प्रणालीले दोष प्रकट गर्दछ ः ख्रीष्ट एक पटक सधैँभरिको लागि बलिदान हुनुहुन्छ –हिब्रु १०ः१०–१२)।
- व्यवस्थालाई चढ्नको लागि भर्याङको रूपमा प्रचार नगर्नुहोस, तर ख्रीष्टको धार्मिकताको लागि हाम्रो आवश्यकता देखाउने ऐनाको रूपमा प्रचार गर्नुहोस् ।
५. बुद्धि : ख्रीष्ट साँचो बुद्धिको रूपमा
पुरानो करारमा बुद्धिका पुस्तकहरुले ख्रीष्टमा यसको पुर्णता पाउँछ, जो परमेश्वरको बुद्धि हुनुहुन्छ।
उदाहरणः १ कोरिन्थी १ः३० ख्रीष्ट हाम्रो बुद्धि, धार्मिकता, पवित्रीकरण र छुटकारा हुनुहुन्छ।
हितोपदेश ८ (बुद्धिको मूर्त रूप) ः ख्रीष्ट, अनन्त वचन हुनुहुन्छ भन्ने कुरा बताउँछ । (यूहन्ना १ः१–३)।
- बुद्धिको प्रचार जीवनको लागि चतुर सिद्धान्तहरूको बारेमा होइन, तर ख्रीष्ट, परमेश्वरको बुद्धिको अधीनमा सही रूपमा जीउने बारेमा हो ।
६. राज्यः ख्रीष्ट राजाको रूपमा
बाइबलको कथा परमेश्वरको राज्यको कथा हो । जहाँ उहाँका मानिसहरूमाथि उहाँले शासन गर्नुहुन्छ ।
उदाहरणः दानियल ७ः१३–१४ स् मानिसको पुत्रले अनन्त राज्य प्राप्त गर्दछ, जुन येशू ख्रीष्टमा पूरा हुन्छ (मत्ती २८ः१८; प्रकाश ११ः१५)।
पुरानो करारका राजाहरू असफल हुन्छन् ः तर ख्रीष्ट सिद्ध राजा हुनुहुन्छ (भजनसंग्रह २; लूका १ः३२–३३)।
- राज्यलाई मानव राजनीतिक शक्तिको रूपमा होइन, तर उहाँको मृत्यु, पुनरुत्थान र पुनरागमन मार्फत ख्रीष्टको शासनको रूपमा प्रचार गर्नुहोस् ।
लागु गर्नुपर्ने कुराहरु
१. प्रिय प्रचारकहरु १ तिमोथी ३ः२ र तितस १ः९ मा भएका एल्डर, विशप वा पाष्टरको योग्यताहरुलाई हेर्दा पक्का सिद्वान्तअनुसार शिक्षा दिनसक्ने हुनुपर्छ भन्ने योग्यतालाई पनि देख्दछौँ । त्यसकारण २ तिमोथी २ः१५ अनुसार हामी परमेश्वरद्वारा नियुक्त वचनको कामदार भएकालेे त्यो हाम्रो बोलावट, नियुक्त र कर्तव्यमा विश्वासयोग्य भई ख्रीष्ट केन्द्रित पचार गरौँ ।
२. तपाई र मैले सेवा गर्दै आएका चर्चका कति विश्वासीहरु हामीले वचनको सत्यता प्रचार गर्दा सहन नसकेर तर्की जानेछन र उनीहरुका कानहरुले सुन्न चाहेका कुराहरु प्रचार गर्नेहरुको पछि लाग्नेछन तर तिनिहरुलाई खुशी पार्नको लागी वचनको सत्यतालाई बलि दिएर उनीहरुका कानका खुजुली मेटाउने परिक्षाहरुबाट टाढा भई ख्रीष्ट केन्द्रित साँचो शिक्षा प्रचार गर्न नछोडौँ ।

No comments:
Post a Comment