महिमाको अवस्था
ख्रीष्टको पुनरुत्थान
(भजनसंग्रह १६ः८–११; यशैया ५३ः१०; मत्ती १६ः२१; १७ः२२–२३; २०ः १८–१९; २८ः१–२०; मर्कूस ८ः ३१; १०ः ३२–३४; १६ः१–८; लूका ९ः २२; १८ः३१–३३; २४ः१–५३; युहन्ना २ः१९–२२; १०ः१७–१८; २०ः१–२१ः २५; प्रेरित २ः३२; रोमी ४ः२५; १ कोरन्थी १५ः३–४, १२–२२ ; हिब्रू ७ः१६; २४–२५)
महिमीत ख्रीष्टका कार्यहरु पुनरुत्थानबाट सुरु हुन्छ । प्रेरित पावलको अनुसार १ कोरन्थी १५ मा पुनरुत्थान हाम्रो विश्वास र आशाको आधार हो । र यो ख्रीष्टियन विश्वास र आशाको आधार भएकाले, यो नयाँ करारको लेखनहरुमा केन्द्रित छ । सुसमाचारहरुले ख्रीष्टको पुनरुत्थानको साक्षी दिन्छ । प्रेरितको पुस्तक ख्रीष्टको पुनरुत्थानको घोषणा र स्वर्गमा जीवित रहनुहुने र राज्य गरिरहनु भएको ख्रीष्टप्रति निरन्तर प्रार्थनाको विवरण हो । पत्रहरु पूर्ण रुपमा यस धारणामा आधारित छन् कि येशू वास्तवमै चिहानबाट उठ्नुभएको छ, र प्रकाशको पुस्तकले बारम्बार पुनरुत्थान हुनुभएको ख्रीष्टलाई स्वर्गमा राज्य गरिरहनु भएको र आफ्ना शत्रुहरुलाई पराजित गर्न र महिमामा शासन गर्नको लागि उहाँको आगमनको लागि गरिरहनु भएको तयारीलाई देखाउँदछ । यसरी, नयाँ करारको सम्पूर्ण लेखनले ख्रीष्टको पुनरुत्थानको साक्षी दिन्छ, र यदि पुनरुत्थान नयाँ करारको लागि यति धेरै महत्वपूर्ण छ भने, हामीले सोध्नुपर्छ कि यो हाम्रो लागि किन यति महत्वपूर्ण छ ।
ख्रीष्टको पुनरुत्थानले हाम्रो नयाँ जन्मको सुनिश्चित गर्दछ (१ पत्रुस १ः३; एफिसी २ः ५–६) ।
पत्रुसले आफ्नो पहिलो पत्रमा भनेका छन् कि येशू ख्रीष्टको पुनरुत्थानद्धारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं । यहाँ पत्रुसले येशूको पुनरुत्थानलाई हाम्रो पुर्नस्थापना वा नयाँ जन्मसँग स्पष्ट रुपमा जोडिरहेका छन् । जब येशू मृत्यबाट बौरी उठनुभयो, उहाँसँग नयाँ गुणको जीवन थियो, एक ‘पुनरुत्थान जीवन’ जसमा मानव शरीर र मानव आत्मा थियो जुन परमेश्वरसँग अनन्तकालको लागि संलग्नता र आज्ञाकारिता गर्नका लागि पूर्ण रुपमा उपयुक्त थियो । उहाँको पुनरुत्थानमा, येशूले हाम्रो निम्ति उहाँको जस्तै नयाँ जीवन आर्जन गरिदिनुभएको छ । हामी ख्रीष्टियन भएपछि ती सबै नयाँ ‘पुनरुत्थान जीवन’ प्राप्त गर्दैनौ, किनभने हाम्रो शरीर पहिले जस्तो थियो त्यस्तै रहन्छ, अझै कमजोर, बुढयौली र मृत्युको अधिनमा रहन्छन् । तर आत्मामा हामीलाई नयाँ पुनरुथान शक्ति सँग जीवित बनाइयो । यसरी, ख्रीष्टले आफ्नो पुनरुत्थानमार्फत हामीलाई नयाँ प्रकारको जीवन दिनुभयो जुन हामी नयाँ जन्म भएको बेलामा प्राप्त गर्छौं ।
ख्रीष्टको पुनरुत्थानले हाम्रो धार्मिकतालाई सुनिश्चित गर्दछ (रोमी ४ः २५) ।
रोमी ४ः २५ मा, पावलले भनेका छन् कि येशू “हाम्रा अपराधहरुका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो ।” जब ख्रीष्ट मृत्यबाट बौरी उठनुभयो, यो परमेश्वरको घोषणा थियो कि उहाँले ख्रीष्टको उद्धारको कार्यलाई स्वीकार गर्नुभएको छ । येशूको मृत्युबाट पुनरुत्थानद्धारा परमेश्वर पिताले तसर्थ भन्नु भएको छ कि उहाँले ख्रीष्टलाई हाम्रो पापहरुको लागि कष्ट र मृत्युको कार्यलाई स्वकिृत गर्नुभएको छ कि उहाँले आफ्नो कार्य पुरा गर्नुभएको छ, र ख्रीष्टलाई अब मृतकको रुपमा रहन कुनै आवश्यक छैन । पापको लागि कुनै सजाय बाँकी थिएन, परमेश्वरले कुनै क्रोध बोकेर राख्नुपर्ने थिएन, कुनै दोष वा सजायको जिम्मेवारी बाँकी थिएन–सबै पूर्ण रुपमा भुक्तान गरिएको थियो र कुनै दोष बाँकी थिएन । पुनरुत्थानमा परमेश्वरले ख्रीष्टलाई भन्नुभएको थियो, “मैले तिमीले गरेको कामलाई स्वीकृत गर्छु र तिमी मेरो दृष्टिमा प्रीय छौं ।” ख्रीष्टमा विश्वास गर्नेहरुका लागि, उहाँ हाम्रो धार्मिकताको लागि बौरी उठाइनुभयो र हामी पनि उहाँसँग उठाइएका छौं (एफिसी २ः ६), त्यसैले ख्रीष्टसँगको हाम्रो एकता अनुसार, परमेश्वरले ख्रीष्टलाई गर्नु भएको स्वीकृती हाम्रो पनि स्वीकृति हो । जब पिताले ख्रीष्टलाई भन्नुभयो, “पापहरुको सम्पूर्ण सजाय भूक्तान गरिएको छ, र म तिमीलाई दोषी मान्दिन, तर मेरो दृष्टिमा धर्मी मान्दछु ” यही समयमा, उहाँले ख्रीष्टमा विश्वास गर्ने हामीसँग लागू हुने घोषणा पनि गर्दै हुनुहुन्थ्यो । यसरी ख्रीष्टको पुनरुत्थानले पनि अन्तिम प्रमाण दिन्छ कि उहाँले हाम्रो निम्ति धार्मिकता आर्जन गरिदिनु भएको छ ।
ख्रीष्टको पुनरुत्थानले सुनिश्चित गर्दछ कि हामी पूर्ण पुनरुत्थान शरीर प्राप्त गर्नेछौं (१ कोरन्थी ६ः १४; २ कोरन्थी ४ः १४; १ कोरन्थी १५ः १२–५८) ।
नयाँ करारका विभिन्न अवसरहरुमा येशूको पुनरुत्थानले हाम्रो अन्तिम शारीरिक पुनरुत्थानसँग जोड्दछ । १ कोरन्थी ६ः १४ मा पावलले भन्दछन्, “र हामीलाई पनि उहाँको शक्तिद्धारा जीवित पार्नुहुनेछ ।” त्यसैगरी २ कोरन्थी ४ः १४ मा भन्दछन्, “प्रभू येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुन्छ, र उहाँले नै हामीलाई तिमीहरुसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ ।” त्यसपछि पुनः पहिलो कोरन्थी १५, जुन ख्रीष्टको पुनरुन्थान र हाम्रो आफ्नै पुनरुत्थान बीचको सम्बन्धको सबैभन्दा लामो वर्णन हो, पावलले भनेका छन् कि ख्रीष्ट सुतिजानेहरुमध्येमा प्रथम फल हुनुहुन्छ । “प्रथम फल” शब्द कृषि सम्बन्धी उपमा हो जसले संकेत गर्दछ कि हामी ख्रीष्ट जस्तै हुनेछौं । जसरी उहाँ “प्रथम फल” लाई उठाइयो, त्यसरी हामीलाई पनि उठाइनेछ । ख्रीष्टको पुनरुत्थान शरीरले हामी उठाइदा हाम्रो शरीर कस्तो हुनेछ भन्ने कुरा देखाउँछ ।
ख्रीष्टको स्वर्गारोहण
(भजन ११०ः१; युहन्ना ६ः६१–६२; २०ः१७; १६ः४–७; मत्ति २२ः४१–४६; लुका २४ः ५०–३०; प्रेरित १ः१–११; २ः३२–३६; ३ः१९–२१; एफिसी ४ः७–८; १ तिमोथी ३ः १६)
ख्रीष्टका अन्य उद्धारका कार्यहरुको आधार/आवश्यक पूर्वसर्तको रुपमा स्वर्गारोहण ।
स्वर्गारोहण ख्रीष्टका पछिल्ला उद्धारका कार्यहरुको पूर्वसर्त होः उहाँको सिंहासन, पेन्तिकोस, मध्यस्थता र दोस्रो आगमन । भजनसंग्रह ११०ः १ र प्रेरित २ः ३३–३६ बाट स्पष्ट हुन्छ कि ख्रीष्टले पिताको दाहिने हातमा बस्नको लागि स्वर्गमा उचालिनुभयो, यसरी उहाँले स्वर्गीय सिंहासनलाई समाल्नु भयो । त्यसैले, उहाँको स्वर्गारोहणद्धारा, ख्रीष्टले सम्पूर्ण सृष्टिको सृष्टिमाथि राजा बन्नुभयो जबसम्म सबै कुरा उहाँको अधीनमा हुँदैन ।
स्वर्गारोहण ख्रीष्टलाई पेन्तिकोसको दिनमा पवित्र आत्मा पठाउन पनि आवश्यक थियो ।
येशूले यो दाबी स्पष्ट रुपमा युृहन्ना १६ः७ मा गर्नुभएको छः “म तिमीहरुलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरुको हित छ । किनभने म गइनँ भने, सल्लाहकार तिमीहरुकहाँ आउनुहनेछैन । तर गएँ भने म उहाँलाई तिमीहरुकहाँ पठाइदिनेछु ।” ख्रीष्टको स्वर्गारोहण पछि, उहाँले पिताबाट पवित्र आत्मा प्राप्त गर्नुभयो, र त्यसपछि एक महान अगमवक्ता, पुजाहारी र राजाको रुपमा आफ्नो मण्डलीमा आशिषको रुपमा खन्याई दिनुभयो (युहन्ना ७ः३९; प्रेरित २ः३३) ।
ख्रीष्टको मध्यस्थताका लागि पनि उहाँको स्वर्गारोहण आवश्यक थियो ।
हिब्रू ८ मा, ख्रीष्टको मध्यस्थता उहाँले आफ्नो मानिसहरुको लागि गरिरहनु भएको हालको पुजाहारी रुपमा गरिने सेवा हो । यो स्वर्गीय सेवा केवल ख्रीष्टले मल्कीसेदेकको रुममा सधैंको लागि पुजाहारीको स्थान लिदा मात्र सम्भव छ । उहाँको त्यो स्थान पृथ्वीमा होइन, स्वर्गमा छ, र त्यो स्थान उहाँको स्वर्गारोहणद्धारा मात्र प्राप्त हुन्छ (हिब्रू ८ः४)
अन्ततः ख्रीष्ट फेरि आउनहुन्छ भन्ने कुरा स्पष्ट छ, यदि उहाँ पहिलेको स्थानमा जानुभएको छ भने मात्र । पत्रुसले यो सत्यलाई महासभाको सामुन्ने घोषणा गर्दै भने, “सबै थोकको पुर्नस्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ (प्रेरित ३ः २१) ।” यद्दपि हामी परमेश्वरको योजना पूर्ण रुपमा बुझ्न सक्दैनौं, यसैले येशू स्वर्गारोहण हुन आवश्यक थियो, र एकपटक उहाँले त्यहाँ पुगेर शासन गर्नुभएपछि उहाँले आफ्नो मण्डलीलाई शक्ति दिनुहुन्छ ताकि परमेश्वरको राज्य फैलियोस् । ख्रीष्टको स्वर्गारोहण महत्वपूर्ण छ किनकि यसले मण्डलीलाई स्वर्गबाट सबै आर्शिवाद प्राप्त गर्न अनुमति दिन्छ उहाँ पहिले स्वर्गमा आफ्नो स्थान ग्रहण नगर्नुभएसम्म यो कुरा सम्भव हुनेथिएन ।
ख्रीष्टको सिंहासन
(भजनसंग्रह ११०ः१; हिब्रू १ः३–४; ८ः१–२; प्रेरित ५ः ३०–३१; रोमी ८ः३३–३४; कलस्सी ३ः१–४) येशूको सिंहासन उद्धारकारी छ । ख्रीष्टको स्वर्गारोहण र सम्मान प्राप्ति एक विशेष पक्ष यो हो कि उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुभयो, जसलाई “ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ” भनेर चिनिन्छ । पुरानो करारले भविष्यवाणी गरेको थियो कि मसीह परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ, जसलाई भजन ११०ः १ मा उल्लेख गरिएको छ; “परमप्रभुले मेरो प्रभुलाई भन्नुहुन्छ ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरुलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” र जब ख्रीष्ट स्वर्गमा उक्लिजानुभयो, उहाँले त्यो प्रतिज्ञाको परिपूर्ति भएको पाउनुभयो । यही कुरा हिब्र १ मा उल्लेख गरिएको छ जसले यसरी भन्दछ, “उहाँले पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो ।”
परमेश्वरको उपस्थितिमा स्वागत गर्न र परमेश्वरको दाहिने बाहुलीमा बस्नु ख्रीष्टको उद्धार कार्य सम्पन्न भएको अर्थपूर्ण संकेत हा । जसरी हामी दिनभरी कठिन काम गरेर अन्तिममा बस्छौं, आफ्नो गरिएको कामबाट सन्तुष्ट भएर, त्यसैगरी ख्रीष्टपनि बस्नुभयो, यो स्पष्ट गर्दै कि उहाँले उद्धारको कार्य पुरा गर्नुभएको छ ।
त्यसैगरी, परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नु भन्नाले सम्पूर्ण ब्रम्हाण्ड माथि प्राप्त गरेको अधिकारको संकेत हो । यो कुरा पावलले एफिसी १ः२०–२१ मा उल्लेख गरेका छन्, जब उहाँले ख्रीष्टलाई मरेकाहरुबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरुमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो । र यो परमेश्वरको दाहिने बाहुलिमा नै ख्रीष्ट अहिले आफ्नो जनहरुको लागि मध्यस्थता गर्नुहुन्छ….
ख्रीष्टको मध्यस्थता
(लेवी १६; भजनसंग्रह ११०ः४; यशैया ५३ः१२; युहन्ना १७; रोमी ८ः३१–३४; हिब्रू ६ः१९–२०; ७ः२५; ८ः३; ९ः११–१४,२४; १ युहन्ना २ः१–२) बाइबलले सिकाउँछ कि मध्यस्थताले बचाउँछ । तर ख्रीष्टको स्वर्गीय मध्यस्थताले हामीलाई कसरी बचाउँछ त ? पहिलो, यसले हामीलाई बचाउँछ किनकि यो ख्रीष्टको पुजाहारी कार्यको पूर्णता हो । ख्रीष्टको मध्यस्थता स्पष्ट रुपमा उहाँको बलिदानी कार्यको पूर्णता होइन । उहाँको बलिदानी कार्य क्रुसमा सधैंको लागि समाप्त भएको थियो । तथापी, उहाँको बलिदानीकार्य पुजाहारीको कामको अन्त्य थिएन । पापहरुको अन्तिम बलिदान गरेपछि, उहाँ बौरी उठनुभयो, स्वर्गमा जानुभयो, परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुभयो र मण्डलीमा पवित्र आत्मा खन्याउनु भयो । यी पूर्व उद्धारकारी घटनाहरुको परिणामस्वरुप, उहाँ अहिले ती पापीहरुको लागि मध्यस्थता गर्नुहुन्छ जसलाई उहाँले बचाउन आउनुभयो ।
यदि उहाँ मृतकबाट बौरी नउठ्नुभएको भए, उहाँ हाम्रो तर्फबाट परमेश्वरको उपस्थितिमा मध्यस्थता गर्न असमर्थ हुनुहुन्थ्यो, र यदि उहाँ परमेश्वरको उपस्थितिमा हाम्रो तर्फबाट प्रकट नहुनु भएको भए, उहाँको पुजाहारीको कार्य अपुूरो रहनेथियो । धर्मशास्त्रको गवाही छ कि ख्रीष्ट बौरी उठनुभएको छ र उहाँ स्वर्गारोहण गरी परमेश्वरको उपस्थितिमा हाम्रो तर्फबाट प्रकट हुनुभएको छ । र अहिले पनि स्वर्गमा महिमीत ख्रीष्ट निरन्तर र प्रभावकारी मध्यस्थता गर्दै हुनुहुन्छ, यसरी हाम्रो अन्तिम उद्धारको सुनिश्चितता गर्दै हुनुहुन्छ । यसले हामीलाई मध्यस्थताद्धारा उद्धार प्रदान गर्ने दोस्रो तरिकामा पुर्याउँछ ।
यसले हामीलाई उद्धार गर्छ किनकि यो एउटा माध्यम हो जसबाट परमेश्वरले आफ्नो मानिसहरुलाई विश्वास र आज्ञापालनमा निरन्तर सक्षम बनाउनुहुन्छ । यो परमेश्वरको योजना हो कि उहाँका चुनिएकाहरुले विश्वास र आज्ञापालनमा दृढ रहनुपर्छ (रोमी ८ः २९–३०), र एउटा माध्यम जसद्धारा परमेश्वरले आफ्नो योजना पूरा गर्नुहुन्छ त्यो हो हाम्रो तर्फबाट ख्रीष्टको निरन्तर मध्यस्थता हो ।
ख्रीष्टको पुजाहारीको मध्यस्थता केवल निरन्तर मात्र होइन, यो प्रभावकारी पनि छ ।
परमेश्वर पिताले आफ्नो पुत्रको कुरा सुन्नुहुन्छ र पिताले सँधै आफ्नो पुत्रको प्रार्थनाहरुको उत्तर दिनुहुनेछ (युहन्ना ११ः४२) । यसको अर्थ हो कि ख्रीष्टको मध्यस्थता प्रार्थनाहरु सधैं सफल हुन्छन् । जसरी येशूले पत्रुसको लागि प्रार्थना गर्नुभयो (लुका २२ः३१–३२), उहाँले आफ्नो सम्पूर्ण जनहरुको लागि प्रार्थना गर्नुहुन्छ । उहाँले प्रार्थना गर्नुहुन्छ कि चुनिएकाहरु विश्वासमा निरन्तर रहुन र अन्तिम उद्धारसम्म लागिरहुन र परमेश्वरले उहाँका प्रार्थनाका उत्तरहरु दिनुहुन्छ । उहाँ सधैं सफल हुनुहुन्छ । उहाँ सधैं हाम्रो लागि मध्यस्थता गर्न जीवित रहनुहुन्छ (हिब्रू ७ः२५) । येशू ख्रीष्ट आफ्ना जनहरुको लागि एक सिद्ध उद्धारकर्ता हुनुहुन्छ । एम.सिनी भन्नुहून्छ “यदि अर्को कोठामा ख्रीष्टले मेरो लागि प्रार्थना गर्दै गरेको सुन्न सक्थे भने, म लाखौं शत्रुहरुको पनि डर महसुस गर्ने थिएन । तर दुरीले कुनै फरक पर्दैन, उहाँ मेरो लागि प्रार्थना गर्र्दै हुनुहुन्छ ।”
ख्रीष्टको दोश्रो आगमन
(भजन ११०ः१; दानिएल ७ः१३–१४; मत्ति २५ः३१–३४; मर्कूस १३ः२६–२७; युहन्ना १४ः१–३; प्रेरित १ः९–११; फिलिप्पी ३ः २०–२१; कलस्सी ३ः४; थेस्लोनिकी ४ः १४–१८; तितस २ः११–१४; हिब्रू ९ः२४–२८; १ पत्रुस १ः१३; १युहन्ना ३ः२–३)
येशूको आगमनको अर्थ उहाँ र पितासँग हाम्रो अस्तित्व हो ।
येशूले यो कुरा आफ्नै शब्दमा युहन्नाको सुसमाचारमा पुष्टि गर्नुभएको छः “मेरा पिताको घरमा बस्ने धेरै ठाउँहरु छन् । त्यसो नभए, के म तिमीहरुलाई भन्नेथिएँ र, कि तिमीहरुका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ? अनि गएर मैले तिमीहरुका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरुलाई मकहाँ लैजानेछु, जहाँ म छु, त्यहाँ तिमीहरु पनि हुनेछौ (युहन्ना १४ः२–३) ।” यहाँ येशूले स्वर्गलाई धेरै कोठाहरु भएको ठूलो घरसँग तुलना गर्नभएको छ । सबै विश्वासीहरुको लागि ठाउँ तयार गर्नको लागि उहाँ पिताको घरमा फर्कनु भएको छ । यसले देखाउँछ कि पिताले हामीलाई प्रेम गर्नुहुन्छ र हामी स्वर्गमा उहाँको उपस्थितिमा पूर्ण रुपमा सहज अनुभव गर्नेछौं । हामी विरानो अनुभव गर्नेछैनौः हामी आफ्नो पिताको स्वर्गीय घरमा स्थानमा हुनेछौं ।
पावलले थेसलोनिकीका मानिसहरुमा येशूको आगमनको बारेमा भएको भ्रमलाई स्पष्ट पार्दा उही सत्य सिकाउँछन् ।
उनीहरुमा यस्तो भ्रम थियो कि तिनीहरुका मरेर गएका सङ्गी विश्वासीहरु अन्तिम उद्धारमा हराउन सक्छन् । तर पावलले भन्दछन् कि जब आफ्ना प्रिय जनहरु मर्छन, तब तिनीहरु शाकित हुनुपर्दैन, जसरी अन्य विश्वास नगर्ने मानिसहरु गर्छन । उनीहरु अन्तिम उद्धारबाट वञ्चित हुने छैनन, तर ख्रीष्टले तिनीहरुलाई मृतकबाट बौरी उठाउनु हुनेछ । “तब हामी बाँचिरहेका र छोडिएकाहरु प्रभुलाई आकाशमा भेट्न तिनीहरुलाई साथसाथै बादलमा उठाईलगिनेछौ, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं (१ थेस्लोनिकी ४ः१७) ।” येशूको दोस्रो आगमन बाँचिरहेका र मरेका विश्वासीहरुको लागि उद्धारको अर्थ हुनेछ । यहाँ उद्धारलाई येशूसँग अनन्तको लागि हुने रुपमा व्यक्त गरिएको छ । यसलाई येशूको दोस्रो आगमनले उत्प्रेरित गर्दछ, जुन समयमा सबै सन्तहरु प्रभुसँग हुन जानेछन् ।
र येशूको आगमनले महिमा ल्याउँछ । पावलले भन्दछन् कि येशूको आगमनले ख्रीष्टियनहरुका लागि महिमाको अर्थ राख्दछ । यद्यपि हामी पृथ्वीमा बाँचिरहेका छौं, “हाम्रो नागरिकता स्वर्गमा छ ।” त्यहाँबाट “आउनुहुने मुक्तिदाता, अर्थात प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं । उहाँले, जुन शक्तिद्धारा सबै कुरालाई उहाँको अधिनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई पनि आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहेनछ (फिलिप्पी ३ः२०–२१) ।” हाम्रो नाशवान शरीर कमजोर छ किनभने यो रोग र मृत्युको अधीनमा छ । उहाँको पुनरागमनमा, ख्रीष्टले आफ्नो सर्वशक्तिमान सार्मथ्य प्रयोग गर्नुहुनेछ र हाम्रो कमजोर शरीरलाई उहाँको पुनरुत्थानको महिमामा सहभागी बनाउनुहुनेछ । उहाँको दास्रो आगमनले सबै छुटकारा गरिएका मानिसहरुका लागि ठूलो महिमा ल्याउनेछ ।
परमेश्वरले हरेक विश्वासीलाई आफ्नो प्रिय पुत्रसँग आत्मिकि रुपमा जोड्नु भएको छ, जसले गर्दा उहाँका उद्धारका लाभहरु हाम्रा बन्नेछन् । हामी आत्मिकी रुपमा उहाँसँग मरेका छौं, उहाँसँगै उठेका छौं, र अहिले स्वर्गीय स्थानमा उहाँसँगै बसेका छौं (कलस्सी २ः २०; ३ः१; एफिसी २ः६) हामी उहाँसँग यति धेरै एकताबद्ध छौं कि दुई पटक धर्मशास्त्रले शिक्षा दिन्छ कि ख्रीष्टको दोस्रो आगमनले हाम्रो लागि पनि दोस्रो आगमनको अर्थ राख्नेछ । “ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरु पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ (कलस्सी ३ः४; रामी ८ः१९ पनि हेर्नुहोस्) ।” पावलले भन्न खोजेका छन् कि ख्रीष्टियनहरुको वास्तविक पहिचान अहिले आंशिक रुपमा मात्र प्रकट भएको छ किनभने यसलाई पापले ढाकेको छ । हामी ख्रीष्टसँग आत्मिक रुपमा यति गहिरो रुपमा जोडिएका छौं कि हाम्रो पूरा पहिचान केवल येशूको आगमनसँगै प्रकट हुनेछ । त्यस अर्थमा, हामीले पनि एक “दोस्रो आगमन” अनुभव गर्नेछौं । हाम्रो प्रभुको आगमनले हाम्रो वास्तविक पहिचानको प्रकट हुने कुराको अर्थ राख्छ र यसमा उहाँसँग “महिमामा” प्रकट हुनबारे समावेश गरेको छ ।
येशूको आगमनले अनन्त जीवन पनि ल्याउँछ ।
मत्ती २५ मा भेडा र बाख्राबारे येशूले दिनुभएको सन्देश मानव जातीहरुको अनन्त गन्तन्यको बारेमा सबैभन्दा प्रसिद्ध बाइबलिय खण्ड हो । उहाँले शक्तिशाली रुपमा सिकाउनुहुन्छ कि भेडाहरुलाई परमेश्वरको पूर्ण राज्यमा समृत उत्तराधिकार प्राप्त हुनेछ, तर बाख्राहरुलाई शैतान र त्यसका स्वर्गदूतहरुको लागि तयार गरिएको आगोमा सधैंको लागि श्रापित गरिनेछ । येशूले आफ्नो आवाज सुन्नेहरुलाइृ ती शक्तिशाली शब्दहरुसँग छोड्नुहुन्छ, जुन तिनीहरुको मनमा गुञ्जिरहेको हुन्छः “तब यिनीहरु अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरु अनन्त जीवनमा प्रवेश गर्नेछन् (मत्ती २५ः ४६) ।” यी गम्भीर शब्दहरुलाई विचार गर्दा, मत्तीले येशूको शिक्षालाई जसरी प्रस्तुत गर्दछन्, त्यसलाई मनमा राख्नु महत्वपूर्ण हुन्छः “जब मानिसको पुत्र सारा स्वर्गदूतहरुसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ (पद ३१) ।” फर्कने राजा येशू नै हुनुहुन्छ जसले दुष्टहरुलाई नर्कमा दण्डित गर्नुहुनेछ र धर्मीहरुलाई अनन्त जीवन आशिष दिनुहुनेछ ।
बाइबल पनि यस्तै खण्डमा समाप्त हुन्छ । प्रकाशको पुस्तकको अन्त्यतिर, एक वक्ताले भन्नुहुन्छ्, “हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ (प्रकाश २२ः१२) ।” वक्ता येशू हुनुुहन्छ, जो फेरि आउनुहुनेछ, र आफ्ना जनहरुलाई इनाम दिनुहुनेछ (र दुष्टहरुलाई दण्ड दिनुहुनेछ) । अर्को, युहन्नाले उपदेश उच्चारण गरेका छन्ः “जीवनका बृक्षको हक पाउन र सहरका ढोकाहरुबाट भित्र पस्न पाउँ भनी आफ्ना वस्त्र धुनेहरु धन्यका हुन (प्रकाश २२ः१४) ।” यहाँ पुनः धर्मशास्त्रले ख्रीष्टियनहरुलाई अन्त्यमा “धन्य” खुशीले भरिएकाहरु भनि उच्चारण गर्दछ । किन ? किनभने उनीहरु थुमाको रगतले पवित्र गरिएका छन् र परिणामस्वरुप “जीवनको रुखको अधिकार” पाएका छन् । परमेश्वरसँग अनन्त जीवनको प्रतिनिधित्व गर्ने रुख अदनको बगैंचामा पाइएको थियो र बाइबलको विवरणको अन्त्यमा पुनः प्रकट भएको छ । आदम र हव्वाले बगैँचाबाट निकालिइएका थिए ताकि उनीहरुले रुखको फल खाना नपाउन र पापको अवस्थामै अनन्तकालसम्म नबाँचुन । अन्त्यमा सबै पाप परमेश्वरका जनहरुबाट हटाइनेछन्, र तिनीहरुले रुखमा स्वतन्त्र पहुँच पाउनेछन्, जुन प्रचुर जीवनको प्रतीक हो (प्रकाश २२ः२) ।
येशूको आगमनले खुशी ल्याउँछ ।
पावल र युहन्नाले छुटकारा गरिएका व्यक्तिहरुको पूर्ण खुशीको बारेमा बोल्दछन् । जसरी हामीले अहिले देख्यौै, युहन्नाले येशूको आगमनको प्रतिज्ञा अभिलेख गरेपछि, सन्तहरुको पर्खाइमा रहेको आनन्दको कुरा गर्दछन् । “जीवनका बृक्षको हक पाउन र सहरका ढोकाहरुबाट भित्र पस्न पाउँ भनी आफ्ना वस्त्र धुनेहरु धन्यका हुन (प्रकाश २२ः१४) ।” पावलको सन्देश पनि समान छ । उद्धार ल्याउने ईश्वरको अनुग्रहबारे प्रशंसा गरेपछि, उनले हाम्रो ध्यान, “सबै मानिसहरुका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ (तितस २ः११, १३–१४) ।” प्रेरित पावलले आगमन हुने उद्धारकर्ताको कुरा गरेका छन् । उनले ख्रीष्टको “प्रकटिकरण” लाई यसरी वर्णन गर्छन । र यो हाम्रो धन्यको आशा हो (पद १३) ।” प्रभु र उद्धारकको फेरि आउने आशाले ख्रीष्टियनहरुलाइ खुशीले भरिदिन्छ, जसरी तिनीहरुले उहाँसँग सधैं रहनको निम्ति प्रतिक्षा गर्दछन् ।
येशूको आगमनले छुटकारा ल्याउँछ ।
येशूको आगमनले ल्याउने अर्को लाभ भनेको छुटकारा हो । यो छुटकारा दुई प्रकारको हुन्छ । पहिलो, उहाँले आफ्ना जनहरुले भोगिरहेका कुनै पनि सतावटबाट छुटकारा दिनुहुनेछ । पावलले २ थेसलोनिकीको सुरुवातमा स्पष्ट रुपमा भनेका छन्ः “परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरुलाई दुःख दिनेहरुलाई दुःख दिनुहुन्छ, र तिमी कष्ट पाएकाहरुलाई हामीहरुसँग आराम दिनुहुन्छ । यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरुसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ (१ः६–८) ।” त्यस दिन उहाँका सन्तहरुमा महिमा पाउन र विश्वास गर्नेहरु सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ (पद १०) । अर्को खण्डले हामीलाई किन भन्ने कुरा बताउँछ । दोस्रो, ख्रीष्टले आफ्ना जनहरुलाई अनन्त दण्डबाट छुटकारा दिनुहुनेछ । थेसलोनिकीमा रहेका ख्रीष्टियनहरुको लागि आफ्नो पहिलो पत्रको सुरुवातमा, प्रेरितले त्यस शहरको मण्डलीको गवाही गर्वका साथ दोर्होयाएका छन् । आसपासका क्षेत्रका मानिसहरु आफै भन्दछन् ….तिमीहरुले मूर्तिहरुबाट ईश्वरतर्फ फर्किएको र जीवित र सत्य परमेश्वरको सेवा गरेको र स्वर्गबाट उहाँको पुत्रको पखाई गरेको, जसलाई उहाँले मृत्युदेखि उठाउनु भएको छ ,येशू जसले हामीमाथि आउने क्रोधबाट छुटकारा दिनुहुन्छ भनी बताएका छन् (१ थेसलोनिकी १ः ९–१०) । येशूको (मृत्यु र) पुनरुत्थानले उद्धार ल्याउँछ, त्यसैले जब उहाँ “स्वर्गबाट” आउनुहुनेछ, उहाँले “आउन लागेको क्रोधबाट” अन्तिम छुटकारा ल्याउनुहुनेछ (पद १०) ।
येशूको आगमनले राज्य र हाम्रो उत्तराधिकार ल्याउँदछ ।
भेडा र बाख्राबारे दिइएको उहि सन्देशमा, येशूले आफ्नो आगमनमा सन्तहरुलाई थप आशिष दिने प्रतिज्ञा गर्नुभएको छ । उहाँले देब्रेतर्फ रहेका बाख्राहरुलाई दण्ड दिनु अघि, दाहिनेतर्फ रहेका भेडाहरुलाई सान्त्वनाका वचनहरु दिनुहुन्छः “आओ, मेरा पिताका धन्यका हो । संसारको उत्पत्तिदेखि तिमीहरुका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर (मत्ति २५ः३४) ।” यहाँ येशूले पारिवारिक र राजकिय चित्रलाई जोड्नुभएको छ । परमेश्वर हाम्रा पिता हुनुहुन्छ र जसले उद्धारको लागि उहाँका पुत्रमा विश्वास गर्दछ, उनीहरु परमेश्वरका सन्तान बन्नेछन् र उत्तराधिकार प्राप्त गर्नेछन् । परमेश्वर केवल शासक मात्र होइन, उहाँको पुत्रजस्तै राजा पनि हुनुहुन्छ । परमेश्वरका छोराछोरीहरु त्यो राज्यका उत्तराधिकार हुन जुन समयको आरम्भदेखि तिनीहरुका लागि तयार गरिएको छ । हामीले अन्य धर्मशास्त्रबाट सिक्छौं कि परमेश्वरको राज्यको अन्तिम रुप, हाम्रो उत्तराधिकार, नयाँ स्वर्ग र नयाँ पृथ्वी भन्दा कम केही होइन ।
येशूको आगमनले ब्रह्माण्डको पुर्नस्थापना गराउँछ ।
पत्रुस येरुशलेमका स्रोताहरुसँग येशूको कष्टबारे बोल्दछन् र त्यसपछि तिनीहरुलाई पश्चताप गर्न आह्वान गर्दछन् । यसको परिणाम के हुनेछ ? जसले पश्चताप गरिरहेका छन् उनीहरुले बुझून सकुन कि तिनीहरुको पापहरु क्षमा गरिएका छन् र त्यो “प्राचिन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरुका मुखबाट बोल्नुभएका सबै थोकको पुर्नस्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ (प्रेरित ३ः२०–२१) ।” हामीले देखेका छौं कि येशूको आगमनले आफ्ना जनहरुको लागि धेरै आशिष ल्याउनेछ । यसले पुरानो करारको अगमवाणी अनुसार परमेश्वरले “सबै कुरा पुर्नस्थापना” गर्नुहुने परिणाम ल्याउनेछ । यहाँ फेरि दोस्रो आगमनको विषयहरु नयाँ आकाश र नयाँ पृथ्वीको बारेमा यशैयाले भविष्यवाणी गरेका छन् (६५ः१७; ६६ः २२–२३) ।
व्यावहारिक प्रयोगः येशू, जो मृतकबाट बौरी उठनु भएको, स्वर्गारोहण हुनु भएको, शासन गर्ने र आगमन हुने महिमाको प्रभु हुनुहुन्छ वहाँको महिमा गनुृहोस् ! प्रकाश २२ः२० यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँडै आउँदैछु ।”


No comments:
Post a Comment