परिचय
किन संसारमा नासरतका येशूलाई रोमी क्रुसमा टाँगिएको थियो ? यो प्रश्नले सबैभन्दा ख्रीष्टियनहरुको मूल सन्देशमा पुर्याउँछ । केही मानिसहरुले क्रूसको बारेमा परम्परागत ख्रीष्टियन दृष्टिकोणलाई “ईश्वरीय बाल दुर्व्यवहार” भनेर विरोध गर्छन–परमेश्वर पिताले कसरी आफ्नै पुत्रको पीडादायी मृत्युलाई योजना बनाउन सक्नुहुन्छ ? अन्यहरुले, जस्तै हाम्रा मुस्लिम साथीहरुले, घोषणा गर्छन कि येशू वास्तवमा मर्नुभएको थिएन । उहाँलाई क्रुसमा चढाइएको जस्तो मात्र देखिएको हो । अरुहरुले येशूलाई चरम कष्ट भोग्ने नायकको रुपमा चित्रण गर्दछन् जसले अन्यायपूर्ण विश्व प्रणालीको विरुद्ध खडा हुनुभयो तर अन्ततः इतिहासको चक्रले उहाँमाथि आक्रमण गर्दा उहालाई पराजित गर्यो । उहाँको मृत्यु दुर्भाग्पुर्ण र अनावश्यक थियो । तर यसको विपरीत, बाइबलले ख्रीष्टको मृत्यु, वास्तवमा उहाँको सम्पूर्ण उद्धारको कार्यलाई इतिहासको सबैभन्दा महत्वपूर्ण, मूल्यवान र गहिरो घटनाको रुपमा चित्रण गर्दछ । ख्रीष्टको कार्य वास्तवमा हाम्रो एकमात्र आशा हो ।
यहाँ हामी ख्रीष्टियन ईश्वरशास्त्रको चरमविन्दुमा आएका छौं । हामी परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई विचार गरेका छौं— उहाँको त्रिएकत्वको स्वभाव र दागरहित चरित्र । हामीले विचार गरेका छौं कि कसरी उहाँले संसारलाई आफ्नो महिमाको लागि र मानिसजातीलाई आफ्नो सृष्टिको प्रतिनिधीको रुपमा बनाउनु भएको छ । हामीले देख्यौं कि कसरी परमेश्वरले आफ्नो सार्वभौम हातले सम्पूर्ण इतिहासलाई शासन र निर्देशित गर्नुहुन्छ र कसरी मानिसजातीले स्वतन्त्ररुपमा परमेश्वरको शासनको विरोध गरेका छन् । र हामीले देख्यौं कि परमेश्वर, जो कुपामा धनी हुनुहुन्छ, उहाँले आफ्ना पुत्रलाई पठाउनुभयो । येशू ख्रीष्ट अहिले र सधैंको निम्ति दुई स्वभाव सहितको एउटा व्यक्ति हुनुहुन्छ । उहाँ पूर्ण परमेश्वर हुनुहुन्छ— परमेश्वरलाई प्रकट गर्न र पिताको योजना पुरा गर्न आउनुभएको छ । र उहाँ पूर्ण मानव हुनुहुन्छ, हाम्रा दुर्बलताहरु सहभागि बन्नुहुँदै, सबै प्रकारका परिक्षामा परेर पनि उहाँ पापरहित हुनुहुन्छ । उहाँ के गर्न आउनु भएको थियो ? तपाईको यस नोटको शीर्षकमा हेर्नुहोस्ः “पापीहरुलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो (१ ीतमोथी १ः१५) ।”
त्यसैले आज, हामी ख्रीष्टको कार्यको बारेमा अध्ययन गर्नेछौं किन ? सर्वप्रथम, किनभने यो सठिक रुपमा बुझ्न महत्वपूर्ण छ । यदि हामीले के गर्न आउनु भएको थियो भन्ने कुराको गलत बुझाई भएमा, उहाँले पुरा गर्नुभएको उद्धारको कार्यलाई छुटाउन सक्छौं र इतिहासको सबैभन्दा महत्वपूर्ण सु–समाचारको बारेमा अरुलाई गलत जानकारी दिन सक्छौं । तर दोस्रो, हामी यो अध्ययन गर्छौं किनकि ख्रीष्टले गर्नुभएको कार्यको निम्ति उहाँ आराधना र सम्मानको योग्य हुनुहुन्छ । उहाँले हाम्रो निम्ति तिर्नुभएको मुल्यले जुन कुरा स्मरण गराउँछ, त्यो हाम्रो हृदयको स्नेहमा यो भन्दा बढी पोल्ने कुरा केही पनि छैन । सबै ईश्वरशास्त्र व्यवहारिक हुन्छ; तर ख्रीष्टको कार्य अझ विशेष हुन्छ । तपाईको कुनै पनि संघर्ष, परिक्षा र पीडाहरु भए पनि, येशूको बलिदानी कष्ट र उहाँले विजय प्राप्त गुर्नभएको पुनरुत्थानले हामीलाई अडिग विश्वास र आशाको आधार प्रदान गर्दछ ।
यसलाई ध्यानमा राख्दै, हामी यसबाट सुरु गरौं ।
ख्रीष्टको कार्यको अवलोकन
ख्रीष्टको कार्यलाई एक तरिकाले प्रस्तुत गर्दा उहाँको तिन वटा अफिसहरु अगमवक्ता, पुजाहारी र राजाको रुपमा पूरा गर्नुभयो ।
- येशू परमेश्वरको अन्तिम प्रकटीकरण हुनुहुन्छ, उहाँ परमेश्वरको वचन बोल्ने अगमवक्ता र आफै देहधारण भएको वचन पनि हुनुहुन्छ । हामी ख्रीष्टद्धारा परमेश्वरलाई चिन्छौं । हिब्रु १ः १–२, “प्राचीनकालमा हाम्रा पितापूर्खाहरुसँग अगमवक्ताहरुद्धारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो । तर यी आखिरी दिनहरुमा उहाँ आफ्ना पुत्रद्धारा हामीसँग बोल्नुभएको छ ।”
- येशू ख्रीष्ट अन्तिम पूजाहारी हुनुहुन्छ, जो परमेश्वर र उहाँका मानिसहरुबीच नयाँ करार मध्यस्थता हुनुहुन्छ । हामी ख्रीष्टमार्फत परमेश्वरमा मिलाप गराइएका छौं । हिब्रू ७ः २६ः “यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जा पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरुबाट अलग र र्स्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ ।”
- र येशू ब्रम्हाण्डका महान राजा हुनुहुन्छ, जसले शान्ति र न्यासहित शासन गर्नुहुन्छ । हामी ख्रीष्टद्धारा परमेश्वरको राज्यको नागरिक हौं । उहाँले आफ्नो पहिलो आगमनमा आफ्नो राज्यको उत्घाटन गर्नुभयो र अन्तिम समयमा राज्यलाई पूर्णता (समापन) दिनुहुनेछ (प्रकाश १९ः ११, १६) “मैले स्वर्ग उघ्रेको देखे र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुने विश्वासयोग्य र सत्य कहलाइनुहुन्छ । धार्मिकतामा उहाँले इन्साफ र युद्ध गनुृहुन्छ । उहाँको पोशाक र तिघ्रामा ‘राजाहरुका राजा र प्रभुहरुका प्रभु’ अंङ्कित छ ।”
त्यसैले, हामीले येशूलाई प्रशंसा गर्नुपर्छ किनकि उहाँ हाम्रो अगमवक्ता, पूजाहारी, र राजा हुनुहुन्छ । त्यसैले हामीलाई अरुको आवश्यकता पर्दैन । उहाँको प्रकटीकरणमा, उहाँको बलिदानमा, र उहाँको शासनमा उहाँ पर्याप्त र प्रमुख हुनुहुन्छ ।
ख्रीष्टको कार्यलाई संक्षेपमा प्रस्तुत गने अर्को तरिका, येशूलाई उहाँको नम्रता र उच्चतासँग सम्बन्धित रुपमा विचार गर्नु हो । हामी यसलाई प्रसिद्ध खण्डमा हेर्नेछौं जस्तै, फिलिप्पी २ः७–११ । येशूले “आँफैलाई रित्याइकन कमाराको रुप धारण गरेर, तथा मनुष्य धारण भएर जन्मनुभयो । स्वरुपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, मृत्युसम्मै, अर्थात क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।” त्यो उहाँको नम्रता हो— उहाँको देहधारण, सिद्ध जीवन र बलिदानीक मृत्यु । यसरी पावलले अझै भन्दछन्, “त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा फरक छ ।” यही उहाँको उच्चता हो— उहाँको पुनरुत्थान, स्वर्गारोहण, सिंहासनमा विराजमान (स्वर्गीय सिंहासनमा बस्नु), उहाँको आगमन । हर्मन बाविन्कले लेख्नुभएको छ, ‘सम्पूर्ण नयाँ करारले सुसमाचारको मूल रुमा नम्रता र महिमित ख्रीष्टको बारेमा शिक्षा दिन्छ ।’
नम्रताको अवस्था
यस पहिलो भागमा निम्न कुरा हेर्नेछौं – नम्रताको अवस्थामा येशूले गर्नुभएको काम । पहिले, हामी क. ख्रीष्टको देहधारणबाट सुरु गर्नेछौँ । परमेश्वरको पुत्रले किन मानव शरीर धारण गर्नुभयो ? हामी र हाम्रो उद्धारका लागि । हामीले ख्रीष्टको मानव शरीर बारे छलफल गर्दा यसबारे विस्तृत रुपमा छलफल गरेका थियौं, त्यसैले म यहाँ त्यसलाई दाहोर्याउने छैन । यस रहस्यको सुन्दरतालाई आनन्दपूर्णक मनन गर्नु निश्चित रुपमा लाभदायक हुन्छ । परमेश्वरको पुत्र हाम्रो नयाँ आदम बन्नको लागि बालकको रुपमा जन्मिनुभयो । अनन्तः अस्तित्वले थकाईको अनुभव गर्नुभयो, उहाँ सुत्नुभयो, सर्वशक्तिमानले हाम्रो दुर्बलतालाई महसुस गर्नुभयो, र सर्वव्यापीले मानव रुप धारण गर्नुभयो । उहाँले हाम्रो मानव अनुभवलाई पूर्ण रुपमा अपनाउनुभयो ताकि परमेश्वर पिता अगाडि हाम्रा प्रतिनिधि र पुजाहारी रुपमा मध्यस्थको भूमिकामा सेवा गर्न सक्नुभएको होस् । हिब्रू २ः १४–१७ः “किनकि छोरा–छोरीहरु मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्धारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात दियाबलसलाई उहाँले नष्ट गरुन्, र मृत्यसको डरले आजीवन बन्धनमा परेकाहरुलाई उहाँले मुक्त गरिदेउन् । किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरुको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ । यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाईहरुजस्तै बनाइनुपर्यो, र मानिसहरुका पापको प्रायश्चित परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पुजाहारी बन्नुभयो ।”
तर येशूले केवल हाम्रो मानव शरीर मात्र धारण गर्नुभए, ख. उहाँले पापरहित जीवन विताउनुभयो । यसलाई ख्रीष्टको सक्रिय आज्ञाकारिता पनि भनिन्छ । पहिलो आदमले आज्ञा उल्लंघन गरे । तर येशू, नयाँ आदमले आफ्ना पिता प्रति पूर्ण आज्ञा पालन गर्नुभयो । इस्राएलले परमेश्वरको व्यवस्था तोडे, तर येशूले व्यवस्था पूरा गर्नु आउनुभयो । उहाँ नयाँ इस्राएल जस्तै हुनुहुन्छ ।
यो एक महत्वपूर्ण बिन्दु हो, किनकि हामीले पनि इस्राएलको अनाज्ञाकारीताको बाटोमा आफ्नो पाइला चालेका छौं । येशू त्यो व्यक्तित्व हुनुहुन्छ जसले मत्ति ३ः१५ मा भनिएकै प्रमाणमा “सबै धार्मिकता पूरा गर्नआउनु भयो ।” विश्वासद्धारा, उहाँको धार्मिकताको अभिलेख हामीमाथि दोषोरापन गरिएको छ ।
ख्रीष्टको सक्रिय आज्ञाकारिताले हामीलाई सान्त्वना दिन्छ । उहाँले परिक्षाको खिँचाई र पापको आकर्षणलाई महसुस गर्नुभएको छ । हामी परिक्षामा पर्दा उहाँले हामीलाई हर्कानु हुँदैन, जस्तै प्रशिक्षकले आफ्नो टोलीलाई चर्को स्वरमा भन्दछ, “तिमिलाई मात्र बलियो बन्नु आवश्यक छ ।” उहाँले हामीलाई नम्रतापूर्वक, मृद्र तरिकाले सांत्वना दिनुहुन्छ र उहाँमा सहयोग खोज्नको लागि निमन्त्रणा दिनुहुन्छ । जब हाम्रो सम्पूर्ण भरोसा उहाँमा स्वीकार गर्दछौं, तब उहाँले हामीलाई खुशीसाथ स्वागत गर्नुहुन्छ । हिब्रू ४ः १५–१६, “किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दूर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहसँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं ।”
प्रश्नहरु
ख्रीष्ट देहधारण जति अदभूत र पापरहित जिवन थियो, यी सबैले उहाँका कार्य पुरा गरेन । तपाईको संग भएको नोट ग. ख्रीष्टको मृत्युमा फर्कनुहोस् । मर्कूस ८ मा पत्रुसले येशूलाई ख्रीष्ट भनि स्वीकार गरेपछि, येशूले शिक्षा दिनुहुन्छ “मानिसको पुत्रले धेरै दुःख भोग्नु, धर्मगुरुहरु, मुख्य पुजाहारीहरु र शास्त्रीहरुबाट इन्कार गरिनु र मानिनु अनि तीन दिनपछि जीवित भई उठनु आवश्यक छ ।” यहाँ, हामी विशेषगरी एक पवित्र स्थान हो । येशूले मृत्युको अन्तिम घडिसम्म, यहाँसम्म कि क्रुसको मृत्युमा पनि आज्ञाकारी बन्नुभयो । यसलाई कहिले “मौन आज्ञाकारिता” भनिन्छ– यस अर्थमा होइन कि उहाँ नियतिको दुःखद शिकार हुनुहुन्थ्यो, तर यस अर्थमा कि उहाँले हाम्रो पापहहरुको योग्य मृत्युको सजायलाई स्वीकृत गरेर प्रेमपूर्वक पिताको योजनालाई आज्ञा पालन गर्नुभयो । ख्रीष्टको मृत्युले के प्राप्ति गर्यो ? उहाँको मृत्यु यति महत्वपूर्ण थियो कि नयाँ करारले यसलाई विभिन्न सम्बन्धित विषयवस्तु र रुपकहरुको माध्यमबाट वर्णन गर्छ ।
पहिलो १. ख्रीष्ट हामीले पाउनुपर्ने दण्डको प्रतिस्थापनात्मक प्रायश्चित बलिदान हुनुहुन्छ । यो ख्रीष्टको मृत्युलाई बाइबलले वर्णन गर्ने प्रमुख तरिका हो, त्यसैले हामी यस विन्दुमा सबैभन्दा धेरै समय खर्च गर्नेछौं ।
प्रायश्चित भनेको मानिस र परमेश्वर बिचको सही सम्बन्धको पुर्नस्थापनालई जनाउने शब्द हो, यसले यस्तो सही सम्बन्ध सम्भव बनाउन गरिने बलिदान वा तिर्नुपर्ने मूल्यको अर्थ पनि राख्छ ।
प्रायश्चितको आवश्यकतको बारेमा सुरु गरौं । यहाँ हामीले केवल केही हप्ता अघि पापको समस्याबारे लिएको कक्षा स्मरण गर्न आवश्यक छ । हामी आदमले प्रतिनिधित्व गर्ने व्यक्तिहरुको रुपमा परमेश्वरको अगाडि दोषी छौं । हामीले आफ्नै अशुद्ध कार्यहरुले हाम्रो दोषी दण्डलाई पुष्टि गरेका छौं । जसरी युहन्ना ३ः३६ ले भन्दछ, ख्रीष्ट बाहेकका सबै व्यक्तिहरुमा परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ । एफिसी २ः३ ले भन्छ कि हामी स्वभावैले क्रोधको सन्तान हौं । यो सबै परमेश्वर असल हुनुको कारण हो । उहाँको नियम सठिक छ, उहाँको पवित्रता अकल्पनीय रुपमा शुद्ध छ, र उहाँको न्याय पूर्ण रुपमा सही छ । त्यसकारण, उहाँ दुष्टता र पापलाई विना दण्ड जान दिनुहुन्न । उहाँ हाम्रो पापलाई आवरण मुनी लुकाउनु हुन्न ।
त्यसकारण, परमेश्वरले पुरानो करारको बलिदान र अर्पणहरुलाई प्रायश्चितको पूर्ण आवश्यकता स्पष्ट रुपमा व्यक्त गर्नको लागि व्यवस्था गर्नुभयो । लेवीहरुले निर्धारित गरे अनुसार, पशुहरु दैनिक रुपमा मारिने लगिन्थे । किन ? जसरी हिब्रू ९ः २२ ले व्याख्या गर्दछ, “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन ।” रोमी ६ः २३ अनुसार पापको ज्याला मृत्यु हो । यो पाठ प्रत्येक इस्राएलीको मनमा गहिरो रुपमा बस्ने थियो, किनकि मन्दिरको भुइँ रगतले ढाकिने थियो । परमेश्वरले कसैलाई पनि बचाउन आवश्यक थिएन । तर उहाँको कृपामा, उहाँले नियमित रुपमा बलिदानहरुको व्यवस्था गर्नुभयो जुन सबै बलिदानले अन्तिम बलिदानतर्फ संकेत गर्यो, जसले पापको पूर्ण रुपमा प्रायश्चित गर्नेछ ।
यसले हामीलाई प्रायश्चितको स्वभावमा लैजान्छ ।
ख्रीष्टको प्रायश्चितको मृत्यु “दण्डात्मक” थियो । अर्थात, उहाँले हाम्रा पापहरुले ल्याएको दण्ड– मृत्यु ज्याला – भोग्नुभयो । यशैया ५३ः५, “तर ऊ त हाम्रा अपराधहरुको निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो ।” १ पत्रुस २ः २४, “हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । उहाँकै चोटहरुद्धारा तिमीहरु निको भयौ ।”
उहाँकै मृत्यु पनि प्रतिस्थानात्मक थियो । उहाँ हामीले वैध रुपमा प्राप्त गर्नुपर्ने मृत्युको स्थान उहाँले लिनुभयो । प्रतिस्थापनको धारणा इस्राएको इतिहासमा सुरुबाटै स्थापित गरिएको थियो । केवल प्रस्थानको पुस्तकमा भएको घटना बारेमा सोच्नुहोस्, जहाँ एउटा पाठो –यो जस्तो थियो –परिवारको सबैभन्दा जेठो छोराको सट्टामा मारियो । बप्तिस्मा दिने युहन्नाले “परमेश्वरको थुमा” भन्नु कुनै आश्चर्यजनक कुरा होइन (युहन्ना १ः२९) र त्यसैले येशू निस्तार चाडको समयमा मारिनुभयो । यशैया ५३ः १२, उ, अपराधिहरुके गन्तिमा गनियो । २ कोरन्थी ५ः२१, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो ।”
जोन स्टटले सम्झनयोग्य रुपमा लेख्नुभएको छ, “पापको सार भनेको मानिसले आफूलाई परमेश्वरको स्थानमा राख्नु हो, जबकि उद्धारको सार भनेको परमेश्वरले आफैलाई मानिसको स्थानमा राख्नु हो ।” जब ख्रीष्टलाई हाम्रो प्रतिस्थापनको रुपमा विचार गर्दछौं, हाम्रा हृदयहरु प्रशंसा गर्न नसक्ने तरिकाले कसरी उठ्न सक्दैनन् ? जसरी भजनले सक्तिशाली रुपमा भन्दछ, “उहाँले मेरो लागि लाज र उपहास लिनुभयो, मलाई दोषी मानिँदा मेरो स्थानमा उभिनुभयोः उहाँको रगतले मेरो माफिलाई मोहर लगाउनुभयो ।” हल्लेलुयाह ! कस्तो उद्धारकर्ता !
अर्को, प्रायश्चितको परिणाम के हो, वा यो दण्डात्मक, प्रतिस्थापनात्मक मृत्युद्धारा परमेश्वरको जनको लागि के हासिल भयो ? पहिलो कुरा, यसले परमेश्वरको क्रोधलाई शान्त बनाउने काम पुरा गर्यो, जसको अर्थ पाप विरुद्धको परमेश्वरको सही क्रोधलाई ख्रीष्टको बलिदानले समाधान गरेको छ र हटाएको छ । पुरानो करारका अगवक्ताका पुस्तकहरुले सबै दुष्टताको विरुद्धमा परमेश्वरको उचित क्रोधलाई उहाँले आफ्नो पवित्र क्रोधको कचौरा खन्याउँदै गरेको रुपमा चित्रण गरेको छ । जसले ख्रीष्टमा विश्वास गर्दछ, तिनीहरुका लागि उहाँले क्रुसमा त्यो कचौरा पिउनुभयो । उहाँले पापविरुद्ध परमेश्वरको सही रुपमा भयानक शत्रुताको अनुभव गर्नुभयो – जुन शत्रुता हामीले अनन्त रुपमा भोग्नुपर्ने थियो । पावलले गलाती ३ः१३ मा यही कुरा उल्लेख गरेका छन्, उनले भनेका छन् “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।” आज्ञाकारी ख्रीष्टले हामी जस्ता आज्ञापालन नगर्ने पापीहरुको लागि तोकिएको श्रापलाई ग्रहण गर्नुभयो ।
शायद प्रायश्चितको बारेमा सबैभन्दा स्पष्ट खण्ड रोमी ३ः२३–२५ होः “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरु सित्तैमा धर्मी ठहरिएका छन् । परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्धारा प्रायश्चितको बलिदान स्वरुप प्रस्तुत गर्नुभयो, जुन प्रयश्चित विश्वासद्धारा ग्रहण गर्नुपर्दछ ।” हामीले अघि देख्यौं जस्तै, प्रायश्चितको लागि रगत बग्न आवश्यक छ । येशू ख्रीष्ट त्यो रगतको बलिदान हुनुहुन्छ जसलाई परमेश्वरले स्वीकार गर्नुभयो । र हामीले सम्झनु पर्छ कि प्रायश्चित आवश्यक छ किनभने परमेश्वर पवित्र हुनुहुन्छ, यो सम्भव छ किनभने परमेश्वर अत्यन्त प्रेमपूर्ण र दयालु हुनुहुन्छ । १ युहन्ना ४ः १०, “प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो ।”
त्यसैले, यो प्रायश्चित हो । ख्रीष्टको मृत्युले प्रायश्चित पनि पूरा गर्यो, जसको अर्थ उहाँको मृत्युले हाम्रो पापको दोषलाई पूर्ण रुपमा ढाक्दछ । अब हामी परमेश्वरको अघि दोषी छैनौं, तर निर्दोष घोषित गरिएका छौं । युहन्ना १ः२९, “हेर, संसारको पा उठाइलैजाने परमेश्वरको थुमा ।” व्यवस्थाले दोष लगाउँछ किनभने यसले हामी परमेश्वरको मापदण्डबाट कसरी चुकेका छौं भन्ने कुरा प्रकट गर्छ, तर कलस्सी २ः १४ ले भन्छ कि परमेश्वरले हाम्रो सबै अपराधहरुलाई “हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरुलाई क्रुसमा कीला ठोकी” क्षमा दिनुभयो ।
यस बाहेक, ख्रीष्टको मृत्युले हामीमा शुद्धिकरण पनि ल्यायो, वा जुन कुरा ईश्वरशास्त्रिय विद्धानहरुले कहिलेकाहीं स्थितिगत पवित्रता भन्छन, यसको अर्थ हामीलाई शुद्ध गरिएको छ र परमेश्वरको लागि स्वीकार्य रुपमा छुट्टाइएका छौं । “अब हामी पापले दागिएका छैनौंः हामी धोइएका छौं (१ कोरन्थी ६ः ११) ।” १ युहन्ना १ः ७ भन्दछ “उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।” हिब्रूको लेखकले ९ः१४ मा भन्छन् कि ख्रीष्टको रगतले हाम्रो विवेकलाई शुद्ध पार्छ जसले गर्दा हामी अब जीवित परमेश्वरको सेवा गर्न सक्छौं ।
जसरी तपाई देख्न सक्नुहुन्छ, ख्रीष्टले क्रुसमा गर्नुभएको कामले हाम्रा लागि सबै कुरा परिवर्तन गरको छ । त्यसैले यहाँ केही समय रोकेर परमेश्वरलाई प्रशंसा गर्नु महत्वपूर्ण छ कि ख्रीष्टको काम पूर्ण रुपमा प्रभावकारी होस् । हामीले सुरुमा उदृत गरेको पदले भन्दछ् “ख्रीष्ट येशू संसारमा पापीहरुलाई बचाउन आउनुभयो, र वास्तवमा उहाँले यही गर्नुभयो ।” हाम्रो उद्धारको लागि केही पनि योगदान पुर्याएका छैनौ । येशूले हामीलाई बचाउनको लागि संयोगबस किन्नुभएको होइन जसको लागि हामीले आफैं केही गर्नुपर्छ । उहाँले प्रायश्चितलाई सम्भावित वास्तविकता बनाउन आउनुभएन, तर पश्चताप र विश्वास गर्नेहरुको लागि वास्तविक बनाउन आउनुभयो । हामी यो प्रायश्चितको स्वभावमै देख्न सक्छौं । बाइबलीय रुपमा, प्रतिस्थापनले निश्चित मानिसहरुको समूहको लागि प्रतिस्थापन गर्नु भन्ने अर्थ राख्छ । निस्तार चाडको पाठो र पुरानो नियमका बलिदानमासँग पनि त्यस्तै थियो । यस्ता बलिदानहरु, जसलाइ ख्रीष्टको प्राश्चितको रुपमा हेरिएको थियो, वास्तवमा आराधना गर्ने व्यक्तिको शुद्धिकरण पुरा गरिन्थ्यो, यद्यपि त्यस प्रकारको शुद्धिकरण केवल अस्थायी थियो । तसर्थ, ख्रीष्टको बलिदानले परमेश्वरको मानिसको लागि प्रायश्चित, पश्चाताप र स्थायी शुद्धिकरणको लागि कति धेरै हासिल गर्यो । एफिसी ५ः २५ ले भन्दछ, मण्डली र उहाँको दुलहीको लागि आफूलाई अर्पण गर्नुभयो ।
यो प्रायश्चित पवित्र आत्माले ल्याउँदछ जब हामी परिवर्तन हुन्छौ, तब हामी पापबाट फर्किन्छौं र ख्रीष्टमा विश्वास गर्छौं । त्यसैले त्रिएकत्वका तिनै व्यक्तित्वहरु उद्धारको महान कार्यमा सँगसँगै काम गर्नुहुन्छ । ख्रीष्टको मृत्यु ती सबैको निम्ति थियो जसलाई पिताले चुन्नुभएको थियो, र ती सबैजना जसलाई पवित्र आत्माले नयाँ जीवनको उपहार दिनुहुन्छ । विश्वासीजनहरु, तपाई कहिलेकाहीँ ख्रीष्टको प्रेममा शंका गर्ने र भुल्ने परिक्षामा पर्नुहुन्छ ? उहाँको प्रतिस्थापनात्मक प्रायश्चितलाई हेरौं । जब उहाँ क्रुसमा जानुभयो, उहाँको मनमा तपाई हुनुहुन्थ्यो । युहन्ना १७ मा, एक प्रधान पुजाहारीको रुपमा उहाँले प्रार्थना गर्नुभयो, “तिनीहरुको खातिर जसले ममा विश्वास गर्दछन् ।” – त्यो व्यक्ति तपाई हुनुहुन्छ । उहाँले गेतसमनीको बगैंचामा पसिनाको रगतका ठूला–ठूला थोप्लाजस्तै बगाउनुभयो किनकि उहाँलाई थाहा थियो कि उहाँ तपाईका पापहरुको सजाय–सधैंका लागि –लिन लाग्नुभएको थियो । उहाँका हातका प्वालहरु सदैव तपाई र मप्रति उहाँका प्रेमका स्मारकहरु हुनेछन् ।
प्रश्नहरु ?
जसरी मैले अघि भनेको थिए, नयाँ करारले ख्रीष्टको मृत्युलाई मिल्दोजुल्दो शब्दावली र चित्रणहरु मार्फत वर्णन गर्दछ । हामीेले अधिकांश सयम प्रतिस्थापन प्रायश्चितको बारेमा खर्च गर्यौ, तर उहाँले क्रुसमा हाम्रो लागि गर्नुभएको चार अन्य महत्वपूर्ण र सुन्दर पक्षतर्फ पनि जानेछौं ।
ख्रीष्ट हाम्रो वैधानिक प्रतिस्थापन हुनुहुन्छ ।
यो नै धार्मिकता ठहरिनुको महिमामय सत्य हो । यहाँ धर्मशास्त्रले हाम्रो उद्धारलाई व्यक्त गर्न न्यायलयको भाषाको प्रयोग गर्दछ । हामी परमेश्वरको न्यायको सिंहासन अघि दोषी छौं । तर ख्रीष्टले हामीले पाउनुपर्ने सजाय लिनुहुन्छ । परिणाम स्वरुप, हामी निर्दोष घोषणा गरिन्छौं– तर यति मात्र होइन ! यो एकदम राम्रो हुनेथियो, तर त्यो २ सकेन्ड समयको निम्ति जबसम्म हामी फेरि पाप अर्को पाप गर्दैनौ । साथै, ख्रीष्टको धार्मिकताको विवरण हामीमा थपिएको र राखिदिएको छ । उहाँले हाम्रो विवरण लिनु हुन्छ, र परमेश्वर न्यायधीशले हामीलाई ख्रीष्टको पवित्र र निर्दोष स्वभावको दृष्टिकोणबाट हेर्नुहुन्छ । यशैया ५३ः ११ ले कष्ट भोगीरहेको सेवकले कसरी “धेरैलाई धर्मी ठहराउनेछन्, उहाँले उनीहरुको पापहरु बोक्नछ” भन्ने कुरा प्रष्ट पार्छ ।
हाम्रो धार्मिकताको लागि ख्रीष्टलाई दिनुभएर, परमेश्वर आफ्नो न्यायलाई प्रमाणित गर्नुहुन्छ र साथसाथै पापीहरुलाई अद्भूत दया देखाउनुहुन्छ । पावलले व्याख्या गर्दछन् कि जब पुरानो करारका विश्वासीहरुले पाप गरे, ख्रीष्टको मृत्युसम्म परमेश्वरले आफ्नो सजायलाई थामिराख्नु भएको थियो । जब येशू क्रसमा मर्नुभयो, उहाँका सबै विश्वासीहरुका सबै पापहरुको कानुनी दोषहरुलाई लिनुभयो : भूत, वर्तमान र भविष्यकाल सबै सयमको । रोमी ३ः २४–२६ हामी “परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरु सित्तैमा धर्मी ठहरिएका छन् । परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्धारा प्रायश्चितको बलिदान स्वरुप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्धारा ग्रहण गर्नुपर्दछ । यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको इश्वरीय धैर्यता अगाडिका पापहरुलाई उहाँले वास्ता गर्नुभएको थिएन । परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरुलाई उहाँले धर्मी ठहराउनुपर्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो । ” त्यसैले, धेरै मानिसहरुले विश्वास गर्छन र सिकाउँछन् कि हामी परमेश्वरले स्वीकार्ने पर्याप्त योग्यता आर्जन गर्न सक्छौं, तर यो सत्य होइन । हामीले जति पनि राम्रो कर्म गरेतापनि वा विभिन्न धार्मिक कार्यहरुमा भाग लिएतापनि, उहाँको न्यायको सिंहासन अघि उभिनका लागि योग्य हुनसक्दैनौ । बरु, परमेश्वर आफ्नो न्यायमा हामीलाई धर्मी ठहराउनुहुन्छ किनभने ख्रीष्टको मृत्युले हाम्रो दोषको सजाय तिर्नुभएको छ र उहाँको धार्मिकता हामीलाई प्रदान गर्नुभएको छ । त्यसैले कृपा र न्याय क्रुसमा पाउन सकिन्छ । हामीलाई धर्मी ठहराउनु हुने ख्रीष्टको प्रशंसा गरौ ।
ख्रीष्ट हाम्रो उद्धारक पनि हुनुहुन्छ ।
यहाँ धर्मशास्त्रले दास बजारको चित्रण गरेको छ । हामी पापका दास हौं, हाम्रो स्वेच्छिक बन्धनबाट आफैंलाई मुक्त गर्न असमर्थ छौं । उहाँले हाम्रो स्थायी स्वतन्त्रता किन्नुुहुन्छ । मर्कुस १०ः ४५, “किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो ।” विगतमा केही व्यक्तिहरुले ख्रीष्टले यो मूल्य शैतानलाई तिरेको सुझाव दिएका छन् तर त्यसको लागि कुनै धर्मशास्त्रिय आधार छैन । बरु, यो उद्धार परमेश्वरले आफ्नो न्यायको कारणले आवश्यक ठान्ने मूल्य हो । हाम्रो पापले हामीलाई उहाँको न्यायको कैदमा बन्द गरेको छ । ख्रीष्टको रगत– अर्थात, उहाँको जीवनको अन्त्य – हामीलाई यस कैदबाट मुक्त पार्दछ । हाम्रो न्याय उहाँमाथि खन्याईयो । जसरी १ पत्रुस १ः १८–१९ ले भन्दछ , “तिमीहरु जान्दछौ, कि आफ्ना पिता–पुर्खाबाट आएका व्यर्थका कुराहरुदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरुद्धारा दाम तिरी तिमीहरु छुट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्धारा दाम तिरी छुट्याइएका छौ ।”
व्यावहारिक रुपमा, यसको अर्थ यो हो कि हामी ख्रीष्टका हौं । अब हामी पापका दास होइनौ । हाम्रो अब नयाँ मालिक हुनुहुन्छ र उहाँको जुवा सजिलो छ र उहाँको बोझ हल्का छ । तपाई मूल्य चुकाएर किनिएको हुनुहुन्छ, पावलले भन्दछन् । त्यसकारण आफ्नो शरीरमा परमेश्वरलाई महिमा गर्नुहोस् (१ कोरन्थी ६ः २०)। सैतानले जुनसुकै झूट बोल्न सक्छ, तर त्यससँग हामी माथि कुनै शक्ति छैन र पापको हामीमाथि कुनै दाबी छैन । कलस्सी १ः १३–१४, हामीलाई अन्धकारको राज्यदेखि छुटाइएको छ र आफ्ना पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ, जसमा हाम्रो उद्धार, अर्थात पापको क्षमा छ । हामी पाप र मृत्युबाट स्वतन्त्र भएका छौँ, अब हामी परमेश्वरसँग नयाँ सम्बन्धको आनन्द लिन सक्छौं । ख्रीष्ट हाम्रो मिलापकर्ता हुनुहुन्छ । यहाँ ख्रीष्टको कार्य विशेष गरी मिठासपूर्ण हुन्छ । बाइबलले हाम्रो उद्धारलाई केवल न्याय, मुक्ति, र बलिदानको रुपमा मात्र होइन, तर सम्बन्धको रुपमा पनि वर्णन गर्दछ । हामी परमेश्वरको शत्रु थियौं । अब, ख्रीष्टमा हामी उहाँका धर्मपुत्र भएका छौं । हाम्रो परमेश्वरको सम्बन्ध त्यतीबेला टाढा भयो जब आदम र हव्वा बगैंचाबाट निर्वासित भए । उहाँसँगको हाम्रो शत्रुतासित युद्ध थिएन– यो सम्पूर्ण युद्ध थियो । हामी उहाँ र उहाँको मार्ग विरुद्ध खडा भयौ । यही कारणले गर्दा लूका १५ अध्याय मेरो मनपर्ने खण्ड हुनसक्छ– किनभने हामी सबैले आँफैलाई उडन्ते पुत्रको स्थानमा पाउन सक्छौ जसले आफ्नो पिताबाट आफ्नो सम्पत्ति लिएर गए पनि पुनः उहाँसँगको सम्बन्धलाई स्थापित गर्छ ।
फेरि, ख्रीष्टको प्रतिस्थापन हाम्रो मिलापको केन्द्रमा रहेको छ । रोमी ५ः १, “यसैकारण विश्वासद्धारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्धारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ ।” रोमी ५ः १०, “हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्धारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ ।”
पवित्र धर्मशास्त्रले हाम्रो मिलापलाई परिवारको सुन्दर छविमा वर्णन गर्दछ । गलाती ४ः४–६ “तर समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो । व्यवस्थाको अधीनमा रहनेहरुलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पुरा हक प्राप्त गर्न सकौं । तिमीहरु पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रो हृदयमा पठाइदिनुभयो, जसले ‘हे अब्बा, पिता !’ भनेर पुकार्नुहुन्छ ।” हाम्रो पिताको रुपमा परमेश्वरसँगको यो मेलमिलापको एउटा अर्थ यो हो कि हामी सबै उहाँको घरमा दाजुभाई र दिदीबहिनीको रुपमा एकताबद्ध छौं । यहूदी र गैर–यहूदी, कालो र सेतो, युवा र वृद्ध, बलवान र दुर्बल – एफिसी २ः १४, “(ख्रीष्ट) उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ । उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ ।”
अन्तत, : ख्रीष्ट हाम्रो विजेता हुनुहुन्छ ।
उहाँको मृत्यु र पुनरुत्थानद्धारा, येशूले हाम्रो तर्फबाट शैतान, पाप र मृत्युलाई जित्नुभएको छ । त्यसकारण जब उहाँले आफ्नो आगामी मृत्युको कुरा गरिरहनु भएको छ, युहन्ना १२ः३१ मा येशूले भन्नुभएको छ, “अब संसारको शासक बाहिर फालिनेछ ।” कलस्सी २ः१५, “उहाँले प्रधानताहरु र शक्तिहरुलाई निःशस्त्र पारी ती सबैमाथि क्रुमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो ।” –अर्थात, ख्रीष्टमा र उहाँको विजयी मृत्युद्धारा । १ कोरन्थी १५ः ५६–५७ः “मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो । तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्धारा विजय दिनुहुन्छ ।” उहाँको विरुद्ध कोही पनि खडा हुन सक्दैन, र उहाँमा हामी विजताभन्दा बढी छौं । यसले हामीलाई स्मरण गराउँछ कि ख्रीष्टको प्रतिस्थापनकारी मृत्युले केवल परमेश्वरसँग मेलमिलाप मात्र गराउने होइन, तर यसले हामीलाई महिमित विजय र आशाको स्थितिमा ल्याउँछ । हाम्रो कर्मको कारण होइन, तर उहाँले गर्नुभएको कामको कारण । आजको लागि यहाँ नै अन्त्य गर्न उपयुक्त हुनेछ, किनकि ख्रीष्टको विजय उहाँको मृत्युसँग मात्र नभएर उहाँको पुनरुत्थानसँग पनि गहिरो सम्बन्ध छ । वास्तवमा, आज हामीले उहाँको मृत्युसँग सम्बन्धित सबै कुरा भन्नु व्यर्थ र निरर्थक हुनेछ, यदि यो महिमित सत्य–ख्रीष्ट मृतकबाट पुनर्जीवित हुनुभएको हो भन्ने – सत्य होइन भने । त्यसकाण उहाँले प्रदान गर्नुभएको प्रायश्चित, धार्मिकता, उद्धार, मेलमिलाप र विजय पूर्ण दृढ र सुनिश्चित छन् । किनभने उहाँ कुनै साधारण मानव मात्र हुनुहुन्न थियो । उहाँले मृत्युलाई परास्त गर्नुभयो र मृतकबाट पुनरुत्थान हुनुभयो ताकि विश्वासद्धारा उहाँसँग एकबद्धता हुने सबैले उहाँको नयाँ जीवनमा सहभागी हुन सकून ।
स्टिभ चकीको भनाईहरु यहाँ हेर्नुहोस्ः http://www.desiringgod.org/articles/defending-my-fathers-wrath
सुरा ४ः १५७ः “तिनीहरुले गर्व गर्दै भन्न थाले, ‘हामीले ख्रीष्ट येशू मरीयमको पुत्र, अल्लाहका दूतलाई मारेका छौं; तर, तिनीहरुले उनलाई मारेनन्, न त क्रृुसमा चढाए, तर यस्तै देखिने बनाएको हो, र जसले यसमा भिन्नता राख्छन्, तिनीहरुलाई शंका छ, कुनै निश्चित ज्ञान छैन, केवल अन्दाजमात्र छ, निश्चय नै तिनीहरुले उनलाई मारेनन् ।’”
कहिलेकाहीं, यी भूमिकाहरु लगभग आपसमा ओझेल हुँदै गएका थिए– उदाहरणका लागि, मोशा जो पृष्ठभूमि पुजाहारिको वंशबाट आएका थिए र जसले मानिसहरुको लागि परमेश्वरको अघि मध्यस्थता गरे, तर उनलाई व्यवस्था १८ मा अगमवक्ता भनेर चिनिन्छ । वा दाउद, जसले राजा भएर शासन गरे तर परमेश्वरको उपस्थितिमा पुजाहारी वस्त्रमा नाचे । यी सङ्केतहरुले एक व्यक्तिलाई देखाउँछ जसले यी सबै भूमिकाहरुलाई पूर्ण रुपमा पूरा गर्नेछ । स्मरण गर्नुहोस्, पुरानो करारमा इस्राएललाई प्रस्थान ४ः२२ मा परमेश्वरको “पुत्र” भनिएको थियो । तिनीहरुलाई परमेश्वरले जीवन दिनुभयो र तिनीहरुले संसारमा परमेश्वरको प्रतिनिधित्व गर्नुपर्ने थियो, जस्तै एक पुत्रले आफ्नो बुवाको प्रतिष्ठा कायम राख्छ । तर परमेश्वरले तिनीहरुलाई लाल समुद्रको विचबाट डोर्याएर लानुभयो, तिनीहरुले उजाड स्थानमा उहाँको आज्ञापालन गरेनन् । तिनीहरुको हृदय कठोर भएको थियो र तिनीहरुको कार्यहरु विद्रोही थियो । नयाँ करारले येशूलाई नयाँ र सुन्दर इस्राएलको रुपमा प्रस्तुत गर्दछ । उहाँ पूर्ण अर्थमा परमेश्वरको पुत्र हुनुहुन्छ । मत्ति ३ मा येशूले पानीको बप्तिस्मा लिनुहुन्छः अनि स्वर्गबाट आएको आवाजले भन्दछ, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु ।” र तुरुन्तै येशू इस्राएलीहरु जस्तै उजाड स्थानमा परीक्षित हुनुहुन्छ । तर उहाँले पूर्ण रुपमा आज्ञापालन गर्नुहुन्छ ।
जोन स्टट भन्छन्ः “यस कुरालाई जोड दिन सकिँदैन कि परमेश्वरको प्रेम प्रायश्चितको स्रोत हो, परिणाम होइन ।” ख्रीष्टको क्रुस, १७४ ।
प्रायश्चितको प्रभावकारिताको यो छलफलले हामीलाइ प्रायश्चितको विस्तारको सामान्य प्रश्नलाई सम्बोधन गर्न मद्दत गर्छ । ख्रीष्ट कसको निम्ति मर्न आउनु भयो ? के विना अपवाद सबैका पापीहरुको लागि प्रायश्चित गर्नुभयो कि विशेष गरि चुनिएकाहरु मानिसहरुको लागि मात्र मर्नुभयो ? सुसमाचारवादिहरुले यस प्रश्नको विभिन्न उत्तरहरु प्रदान गर्दछन्, र हाम्रा विश्वासको घोषणाले तपाईलाई कुनै विशेष धारणा लिनुको आवश्यकता पर्दैन । तर म तर्क गर्न चाहन्छु कि प्रायश्चितको स्वभावले देखाउँछ कि ख्रीष्टले विशेष रुपमा हाम्रो लागि, उहाँको दुलहीका लागि मर्नुभयो ।
मैले भन्न खोजेको यही हो । यदि हामी प्रतिस्थापनको प्रकृतिलाई हेर्यौं भने, यसको अर्थ निश्चित समूहका मानिसहरुको लागि प्रतिस्थापन गर्नु हो । यो कुरा निस्तारको थुमा र पुरानो करारको बलिदानहरुसँग सम्बन्धित थियो । ती पशूहरु सम्पूर्ण मानवजातिको लागि प्रतिस्थापन भएको थिएन, तर एक विशेष समूहका मानिसहरुको लागि मात्र थियो । यही कूरा येशूको साथमा पनि लागू हुन्छ । उहाँ परमेश्वरको जनहरुको लागि आफूलाई बलिदान हुन आउनुभयो । यो तर्क हिब्रू ७–१० अध्यायहरुबाट प्रकट हुन्छः येशू नयाँ करारको मध्यस्थता गर्नुहुन्छ, र यो करार विशेष गरी, हिब्रू ९ः १५ अनुसार, “बोलाइएका” मानिसहरुका लागि गरिएको हो– अर्थात, ती जो परमेश्वरले आफ्ना नयाँ करारका मानिसहरुका रुपमा छुटयाउनुहुन्छ । येशूले आफ्नै शब्दहरुमा भन्नुभएको छ कि उहाँ “धेरैका छुटकाराको मोलको निम्ति” (मर्कूस १०ः ४५) “आफ्नो प्राण अपर्ण गर्न आउनु भएको हो ।” (यूहन्ना १०ः ११) वा, पावलले एफिसी ५ः२५ मा भन्दछन् “ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अपर्ण गर्नुभयो ।” प्रेरित २०ः२८ मा, उहाँले स्पष्ट रुपमा बताउनुभयो कि परमेश्वरले “आफ्नो रगतले मण्डलीलाई किन्नुभयो ।” अब, यो येशूको बलिदानको गुण वा मूल्यको बारेमा भनिएको होइन– निश्चय नै, उहाँ परमेश्वर हुनुहुन्थ्यो, त्यसैले उहाँको बलिदान अनन्त मूल्यको थियो । हामी यसको उद्देश्यको बारेमा कुरा गर्दैछौंः यो परमेश्वरका चुनिएका जनहरुको उद्धारका लागि योजना गरिएको थियो । यो दृष्टिकोण, जुन म पवित्रशास्त्रबाट प्रतिरोध गदैछु, यसलाई “सीमित प्रायश्चित” वा “विशेष प्रायश्चित” भनिएको छ, तर मलाई लाग्छ कि सबैभन्दा राम्रो शीर्षक “निश्चित प्रायश्चित” हो किनभने यो सत्यको उत्साहपूर्ण पक्षलाई संक्षेपमा व्यक्त गर्दछः ख्रीष्टले परमेश्वरका चुनिएका जनहरुको मुक्ति सुनिश्चित गर्न मर्नुभयो, र उहाँले यो पूर्ण रुपमा, प्रभावकारी रुपमा, प्रायश्चितको प्रतिस्थापनात्मक प्रकृतिमा कुनै पनि कमी नगरी गरिदिनुभयो । पवित्र आत्माले यो प्रायश्चित हामीमा लागू गर्नुहुन्छ जब हामी उहाँमा रुपान्तरण हुन्छौ, हाम्रो पापबाट फर्किन्छौं र ख्रीष्टमा विश्वास गर्दछौं ।
निश्चित रुपमा, यस दृष्टिकोणका विरुद्ध सामान्य प्रतिकृया पनि छन् । धेरैजना नयाँ करारका केही पदहरु उद्धरण गर्दछन् जुन पदहरुले उहाँ “सबै मानिसहरु” वा “सबै संसार” को लागि प्रायश्चित प्रदान गर्न आएको कुरा उल्लेख गर्दछ । हामीसँग यी सबै पदहरुलाई विस्तारमा हेर्ने समय छैन, तर म सुझाव दिन्छु कि यदि तपाई सन्दर्भलाई हेर्नुहुन्छ भने, ख्रीष्टले कुनै अपवादविना सबै मानिसहरुको लागि मर्नुभएको हो भन्न चाहेको होइन, बरु उहाँले कुनै भेदभाव नगरी सबै प्रकारका मानिसहरुको उद्धार गर्न आउनु भएको हो भन्ने कुरा बताउन चाहेको हो ।
उदाहरणको लागि १ युहन्ना २ः२ लिनुहोस्ः “(ख्रीष्ट) उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि ।” युहन्नाले भन्न खोजेको अर्थ के हो ? स्पष्ट रुपमा उनी विश्वास गर्दैन कि सबै स्थानका मानिसहरु बचाइनेछन्, किनकि उनको सम्पूर्ण पत्रमा झूटा शिक्षकहरु र ख्रीष्टलाई अस्वीकृत गर्नेहरुका बारेमा कुरा गरिएको छ । बरु १ युहन्नाको मुख्य ध्यान आफ्नो भाईलाई प्रेम गर्ने र प्रकाशको संगतमा हिँडने कुरामा जोड दिएका छन् । उनको मुख्य कुरा यो देखिन्छ कि येशूको मृत्यु केवल यहूदीहरुको लागि होइन, जसरी यो कुरा धेरै यहुदीहरुले विश्वास गर्न सक्थे, तर ख्रीष्टको प्रायश्चित सबै जातिहरुको लागि हो – यहूदी र अन्य जातिहरुको लागि । यूहन्ना सबै जातिका समुहहरुलाई उल्लेख गरिरहेका छन्, तर कुनै एक व्यक्तिलाई होइन । युहन्नाले कुनै व्यक्ति विशेषको कुरा नगरी सबै मानिसहरुको कुरा गर्दैछन् । पुनः तपाई मैले सिकाउँदै गरको दृष्टिकोणसँग असहमत हुन सक्नुहुन्छ । तर मलाई लाग्दछ कि यो वास्तमा अत्यन्त उत्साहजनक कुरा होः ख्रीष्टले हाम्रो लागि, उहाँको भेंडाका लागि, उहाँको दुलहीका लागि । जब उहाँ मर्नुभयो, यदि तपाई विश्वास गर्नुहुन्छ भने, उहाँले तपाईको बारेमा सोच्दैहुनुहुन्छ । उहाँले तपाईको लागि गर्नुभएको प्रायश्चितलाई केहिले उल्टाउन सक्दैन । यो पूर्ण रुपमा प्रभावकारी थियो । हाम्रो प्रतिस्थापन येशूको स्तुति भएको होस् ।
१७ औं शताब्दीका ईश्वरशास्त्रीय विद्धान जोन ओवेन, जसले प्रायश्चितको सबैभन्दा ठूलो पुस्तकहरु मध्ये एक “ख्रीष्टको मृत्युमा मृत्युको मृत्यु” लेख्नुभएको छ, उहाँको दृटिकोणको लागि बलियो तर्क प्रस्तुत गर्दछन् कि ख्रीष्टको अनन्त गुण केवल यसको उदेश्यमा सीमित थियो ।
ओवेनले यशैया ५३ः को साथमा सुरुवात गर्दछन् ।
निश्चिय नै उसले हाम्रा दुर्बलताहरु बोक्यो; र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परको सम्झ्यौं । तर ऊ त हाम्रा अपराधहरुका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं । हामी सबै भेडाझैं बरालिएका छौं । हामी सबै भेडाझैं बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ ।
यो खण्डले स्पष्ट रुपमा देखाउँछ कि ख्रीष्ट पापहरुको लागि मर्नुभयो र परमेश्वरसँग शान्ति ल्याउनुभयो । ओवेनको अनुसार तीन सम्भावनाहरु छन्ः
१. ख्रीष्ट सबै मानिसहरुको केही पापहरुको लागि मर्नुभयो;
२. ख्रीष्ट सबै मानिसहरुको सबै पापहरुको लागि मर्नुभयो;
३. ख्रीष्ट केही मानिसहरुको सबै पापहरुको लागि मर्नुभयो;
कसैले पनि भन्दैन कि पहिलो सम्भावना सत्य हो । यदि ख्रीष्ट सबै मानिसहरुको केवल केही पापहरुको लागि मर्नुभएको हो भने, त्यस अवस्थामा सबै पापहरुका लागि ख्रीष्ट नमर्नु भएको कारण सबै कुरा गुम्नेछ । दोस्रो भनाई यो हो कि, “ख्रीष्ट सबै मानिसहरुको सबै पापहरुको लागि मर्नुभयो ।” निश्चित रुपमा, ख्रीष्टले सबै मानिसहरुको सबै पापहरुको लाग मर्नुभएको हो भने उहाँल थप केही गर्नुपने छैन, तर यदि यो सत्य हो भने, सबैको किन उद्धार भएको छैन ? सामान्यतया दिइएको उत्तर यो हो कि “उनीहरुको अविश्वासको कारण उनीहरुले विश्वास गर्ने छैनन ।” तर पवित्र धर्मशास्त्रले अविश्वासलाई पापको रुपमा वर्गीकरण गरेको छ । यदि यो पाप हो भने, “ख्रीष्ट सबै मानिसका पापहरुको लागि मर्नुभयो” भन्ने धारणा अनुसार ख्रीष्ट सोही पापको लागि मर्नुभएको हो । त्यो विशेष पापले उनीहरुलाई अन्य पापहरुभन्दा बढी कसरी अवरोध गर्न सक्छ, जसको लागि ख्रीष्ट मर्नुभएको छ ? त्यो पाप किन ख्रीष्टको रगतद्धारा ढाकिएको छैन ? त्यसैले हामी देख्न सक्छौं कि यो भनाई सत्य नहुन पनि सक्छ ? उद्धार प्राप्त गर्नु र उद्धार दिनु पूण रुपमा समान कुरा होइन, तर ती दुईलाई अलग गर्न सकिंदैन ।
तेस्रो सम्भावनाले पवित्र धर्मशास्त्रको सम्पूर्ण शिक्षालाई सही रुपमा प्रतिनिधित्व गर्छः ख्रीष्ट केही मानिसहरुको सबै पापहरुको लागि मर्नुभयो । अर्थात, उहाँले चुन्नुभएको व्यक्तिहरुको अविश्वासको लागि मर्नुभयो ताकि परमेश्वरको दण्डात्मक क्रोध उनीहरुसँग शान्त हुन सकोस् । यो उद्धारको अनुग्रह हो ।
जब हामी परमेश्वरको न्यायको सिंहासन अघि खडा हुन्छौं, हामीसँग सृष्टिकर्ताको अघि घमण्ड गर्ने केहि पनि हुँदैन । हामिले आफुले गरेको विश्वासको लागि आँफैलाई स्याबासि दिन सक्दैनौ । उद्धार पूर्ण रुपमा अनुग्रहको कुरा हो । हाम्रो आफ्नै नयाँ जन्म पूरा गर्न र आँफैलाई विश्वासमा ल्याउन छोडिएका छैनौ, बरु हामी गोठालोको आवाज सुन्छौं र उहाँलाई पछ्याउँछौ, अन्धकारबाट उहाँको अद्भूत प्रकाशतर्फ अस्वीकार गर्न नसकिने ढगले तानिएको पाउँछौ । यो बाइबल ईश्वरशास्त्रको उत्कृष्ट रुपमा हो । यस ब्रम्हाण्डमा र सम्पूर्ण इतिहासमा सबैभन्दा अद्भूत, सबैभन्दा महिमामय, र सबैभन्दा अचम्मको कुरा हो ।


No comments:
Post a Comment