पापशास्त्र (पापको सिद्धान्त)



बाइबलीय विवरणमा पाप 

पापले विनाश ल्याउँछ । बाइबलको ठुलो कथामा पापले ल्याएको स्पष्ट प्रमाण देख्न सक्छौँ किनकि पाप त्यस कथाको केन्द्रमा रहेको बिषयवस्तु हो । उत्पत्ति १–२ मा “सबै कुरा असल” बाट कसरी उत्पत्ति ३ मा प्रतिज्ञाको देशबाट निकालिनु, उत्पत्ति ४ मा हत्या, उत्पत्ति ५ मा बारम्बार दोहोरिने “र ऊ मर्‍यो…”, उत्पत्ति ६–९ मा जलप्रलय, र उत्पत्ति ११ मा बाबेलसम्म आइपुग्छौं ? यसको उत्तर उत्पत्ति ३ मा प्रवेश गरेको पाप हो ।

पापको विभिन्न शब्दहरु (पापको वर्णन गर्न)ः वास्तवमा, पाप पुरानो करारमा यति ठुलो विषय भएकाले हिब्रू भाषामा यसलाई व्याख्या गर्नका लागि विभिन्न शब्दहरु प्रयोग गरिएको छन् ।

  • हिब्रूमा पापको लागि सबैभन्दा सामान्य रुपमा प्रयोग हुने शब्द ृחטא जत’े “ख्येतह” लगभग ६०० पटक प्रयोग गरिएको छ । यसको अर्थ लक्ष्य पूरा नगर्नु, असफल हुनु, उद्देश्यमा नपुग्नु भन्ने जनाउँछ ।
  • दोस्रो सामान्य शब्द ृעָוֺן ॅबधôले, “अवान्‌” हो, जुन पुरानो अनुवादमा “अधर्म” र आधुनिक अनुवादमा “दुष्टता” वा “भ्रष्ट” को रुपमा अनुवाद गरिएको छ । यस शब्दको मूल अर्थ “मोडिनु” वा “घुमाउनु” हो । यहाँ, बाङ्गीनुको एउटा चित्रण गरिएको छ । पाप एक प्रकारको अधर्म हो ।
  • तेस्रो शब्द פשׁע पेशा लाई सामान्यताय अपराध, विद्रोह, उलङ्घन गर्नु भनेर अनुवाद गरिन्छ । “अपराध” नै सबैभन्दा उपयुक्त अर्थ हुनसक्छ । पाप भनेको परमेश्वरको व्यवस्थाविरुद्ध गरिएको अपराधपूर्ण व्यवहार हो । 
  • म अझै जारी राख्न सक्छुः बाइबलले पापलाई अधार्मिक, भक्तिहीनता, भुक्तानी गर्नुपर्ने ऋणको रुपमा पनि वर्णन गर्छ । र पापले हामीलाई परमेश्वरको उपस्थितिका लागि अयोग्य बनाउँछ । यशैया ५९ः २ः “तर तिमीहरुका अधर्मले तिमीहरुलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरुका पापले गर्दा उहाँको मुहार तिमीहरुबाट छेकिएको छ, र उहाँले तिमीहरुको कुरा सुन्नुहुनेछैन ।” 
  • संक्षेपमा भन्नुपर्दा पाप भनेको आफूलाई त्यहाँ राख्नु हो जहाँ केवल परमेश्वर हुनुपर्छ । यी सबै कुरा पहिलो प्रलोभनमै परेको परिक्षामा थियो, “तिमीहरु परमेश्वरजस्तै बन्नेछौ ।” उत्पत्ति ३ः५

र पापको समस्याको समाधान येशू ख्रीष्ट हुनुहुन्छ । जब बप्तिस्मा दिने युहन्नाले पहिलो पटक येशूलाई देखे, तब उनले घोेषणा गरेः “हेर, संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा (यूहन्ना १ः २९)!” त्यही कारणले उहाँको नाम “येशू” राखिएको थियो, मत्ति १ः२१ः “तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनुहुनेछ ।” उहाँमा समाधान छ, तर ख्रीष्टले ल्याउनुभएको उद्धारको महत्व बुझ्नको लागि हामीले पुनः शुरुमै फर्किनुपर्छः हामी फर्कन्छौं….

पतनः पापको जड वा सार 

परमेश्वरले संसार र त्यसमा भएका सबै कुराहरु सृष्टि गर्नुभयो । र त्यो “राम्रो” थियो ।  उहाँले नर र नारीलाई आफूले सिर्जना गर्नुभएका सबै कुरामा प्रभुत्व गर्न, पृथ्वीलाई अधिकार गर्न र त्यसलाई वशमा पार्न बनाउनुभयो । 

हामी उत्पत्ति ३ः १–७ मा जानेछौंः परमप्रभु परमेश्वरले बनाउनुभएका वन–पशुहरुमध्ये सर्प सबैभन्दा धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “बगैंचाका रुखहरुका फल हामी खान सक्छौं, ३तर बगैंचाको बीचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानु र नछुनु, नत्रता तिमीहरु मर्छौ’” सर्पले स्त्रीलाई भन्यो, “तिमीहरु मर्दैनौ । किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरु त्यो खान्छौ त्यही दिन तिमीहरुका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरु परमेश्वरजस्तै हुनेछौ ।” ६ जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनी देखिन, तब तिनले त्यस रुखको फल टिपेर खाइन, र आफ्ना पतिलाई पनि दिइन, उनले पनि खाए । ७ अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरुले थाहा पाए । अनि अञ्जीरका पातहरु गाँसेर आफ्ना निम्ति तिनीहरुले वस्त्र बनाए । 

यो पहिलो पाप, असल र खराबको ज्ञानको रुखको फल खानुले हामीलाई सबै पापहरुको बारेमा तीन कुराहरु सिकाउँछ । 

  • पहिलो कुरा, ध्यान दिनुहोस् कि कसरी उनीहरुको पापले ज्ञानको आधारलाई पुनः परिभाषित गर्न खोज्योः यसले “सत्य के हो ?” भन्ने प्रश्नको उत्तर बदलिदियो । जबकी परमेश्वरले भन्नुभएको थियो कि आदम र हव्वा तिमीले त्यो रुखबाट फल खायौ भने तिमीहरु मर्नेछौँ (उत्पत्ति २ः१७), सर्पले भन्यो, “तिमीहरु मर्दैनौ” (उत्पत्ति ३ः४) । हब्बाले परमेश्वरले बोल्नु भएको कुरा सत्य हो कि होइन भनेर जाँच्ने निर्णय गर्दै, परमेश्वरको वचलाई अविश्वास गरिन । पापले काम गर्ने तरिकामध्ये एक महत्वपूर्ण पक्ष भनेको हामीलाई परमेश्वरको वचन विश्वासयोग्य छैन भनि अभिप्रेरित गर्नु हो । पापले भन्छ, “तिमीले परमेश्वरको वचन पालना गर्न सक्दैनौ; यसले तिमीलाई गलत बाटोमा डोर्‍याउँछ ।” यसरी पाप झुटमा विश्वास गराएर र परमेश्वरलाई अविश्वास गरेर शुरु हुन्छ । 
  • उनीहरुको पापले नैतिक मापदण्डहरुको आधारलाई नै नयाँ ढंगले परिभाषित गर्न खोज्योः यसले “के सही छ” भन्ने प्रश्नको नयाँ उत्तर दियो । परमेश्वरले भन्नुभएको थियो कि आदम र हव्वाले त्यो एउटा रुखको फल नखानु नै नैतिक रुपमा सहि भन्नुभएको थियो (उत्पत्ति २ः१७)। तर सर्पले सुझाव दियो कि फल खाने कुरा सही हुनेछ, र फल खाएमा आदम र हव्वा “परमेश्वर जस्तै हुनेछन्।” (उत्पत्ति ३ः५) हव्वाले परमेश्वरको वचनले गलत र सही भन्ने कुरालाई परिभाषित गर्न दिनुको सट्टा उनले आफ्नै मुल्याङ्कनलाई विश्वास गरिन । त्यसकारण बुझ्‌नुपर्ने कुरा आफैले बनाएको नैतिकताबारे होसियार हुनुहोस् । 

 

  • उनीहरुको पापले पहिचानको आधारलाई पुनः परिभाषित गर्न खोज्योः “म को हुँ” भन्ने प्रश्नको फरक उत्तर दियो । सही उत्तर थियो कि आदाम र हव्वा परमेश्वरका सृष्टिहरु थिए, जो उहााँमाथि निर्भर रहनु पर्थ्यो र सृष्टिकर्ता र प्रभुको रुपमा सँधै उहाँको अधीन रहनुपर्थ्यो । तर हव्वा र त्यसपछि आदम पनि “परमेश्वरजस्तै हुने” (उत्पत्ति ३ः५) परिक्षाको पासोमा परे, यसरी उनीहरुले आफूलाई परमेश्वरको स्थानमा राख्ने प्रयास गरे । 

यहाँ हामी देख्न सक्छौं कि घमण्ड पापको मुख्य भाग हो । पाप भनेको जुन कुरा तपाईले परमेश्वरमा खोज्नु पर्ने थियो सो कुरालाई छोडेर आफँैमा खोज्नु हो । 

पापका परिणामहरुः उनीहरुको पापको परिणामस्वरुप, परमेश्वरले मानिस र सृष्टिलाई मृत्युदण्डको श्राप दिनुभयो । कष्ट, रोग, महामारी, प्राकृतिक प्रकोपहरु– यी कुराहरु सृष्टिभन्दा अघि अस्तित्वमा थिएनन्, तर यिनिहरु पतनको परिणामस्वरुप आएका हुन । 

पापको उत्पत्ति

यसले एउटा चुनौतीपूर्ण प्रश्न उठाउँछः पाप कहिले र कसरी उत्पन्न भयो ? हामी उत्पत्ति ३ मा पहिलो मानवमा पाप देख्छौं, तर सर्पले आदम र हव्वालाई दुष्टतापूर्वक प्रलोभनमा पारिरहेको पनि देख्छौ । निश्चित रुपमा सर्प पनि यस कार्यमा आफैँ पनि लिप्त थियो । 

सर्वप्रथम, हामीले यसमा जोड दिनुपर्छ कि पाप परमेश्वरबाट उत्पन्न हुँदैन । बाइबलको ईश्वरशास्त्रमा पाप र दुष्टता परमेश्वरबाट पूर्ण रुपमा टाढा छन्‌ः 

  • उहाँको दृष्टि यति शुद्ध छ कि उहाँ दुष्ट कुरा हेर्न सक्नुहुन्न (हिब्रू १ः१३) । 
  • उहाँ ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन (१ युहन्ना १ः५) । 
  • परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न (याकुब १ः१३) । 
  • व्यवस्था ३२ः ४ मा घोषणा गरिएको छ, “उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन् । एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य हुनुहुन्छ ।”


बरु, धर्मशास्त्रमा केही संकेतहरु छन् कि बगैंचामा यसभन्दा अगाडी केही स्वर्गदूतहरुको “पतन” भएको संकेतहरु पाइन्छ । के भएको थियो र किन भयो भन्ने बारेमा धेरै कुरा भनेको छैन । 

  • हामीले सबैभन्दा नजिकको जवाफ यहुदा १ः६ मा पाउँदछौं, जहाँ भनिएको छ, “आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरुलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ ।”
  • २ पत्रुस २ः४, “स्वर्गदूतहरुले पाप गर्दा परमेश्वरले तिनीहरुलाई बाँकी राख्नुभएन, तर तिनीहरुलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकडिराख्नुभयो ।”

परमेश्वरको सार्वभौमिकताः आदम र हव्वासँग भएको घटनासँग मिल्दो रुपमा, यी स्वर्गदूतहरु आफ्नो स्थानसँग सन्तुष्ट थिएनन्, तर उच्च स्थानको चाहना गरेको जस्तो देखिन्छ । घमण्ड र अहंकारले विद्रोहलाई जन्मायो । अब, गलत अर्थ नलगाउनुहोस्‌ः शैतान कुनै दोश्रो ईश्वर होइन जसले परमेश्वरसँग युद्ध गर्दैछ । ख्रीष्टियन धर्म यस अर्थमा द्धैतवाद छैन । केवल एकमात्र परमेश्वर हुनुहुन्छ । शैतान एक पतित प्राणी र पापी स्वर्गदुत हो । 

यसको अर्थ यहि हो कि शैतानको पतन र त्यसपछि आदम र हव्वाको पतन– जसको बारेमा बाइबलले मुख्य रुपमा व्याख्या गर्न खोज्छ किनकि यसले सबैलाई असर गरेको छ – यी दुवै परमेश्वरको सार्वभौम योजना अनुसार भयो । तर यसबारे ध्यानपूर्वक विचार गर्न आवश्यक छ । बाइबलले परमेश्वर सार्वभौम हुनुहुन्छ भनी जोड दिन्छ, यति सार्वभौम कि ब्रम्हाण्डमा जे पनि हुन्छ उहाँको निन्यत्रणभन्दा बाहिरी हुदैन – रोमी ११ः ३६

किनकि सबै थोक उहाँबाट, उहाँद्धारा र उहाँकै निम्ति हुन् । उहँलाई नै सदासर्वदा महिमा होस् । आमेन । (रोमी ११ः३६) । 

तर बाइबलले यो पनि जोड दिन्छ कि परमेश्वर नै सबै भलाईको मापदण्ड हुनुहुन्छ । त्यसैले ईश्वरशास्त्रीय विद्धानहरुले सुझाव दिएका छन् कि भलाई र खराबीको पछडि बराबर तरिकामा उभिनुहुन्छ । उहाँ भलाईको पछाडी यसरी उभिनुहुन्छ कि भलाईको काम उहाँलाई मात्र श्रेय जान्छ, र उहाँ दुष्टताको पछाडी यसरी उभिनुहुन्छ कि कुनै पनि दुष्टताको श्रेय हामीलाई वा द्धितिय कारकलाई जान्छ । अय्युबको कथामा, परमेश्वरको अनुमति विना अय्यूब माथि शैतानको कुनै शक्ति थिएन, त्यसैले परमेश्वरले कहिल्यै दुष्टता गर्नुहुँदैन । उहाँ कहिल्यै पापको कारक वा लेखक हुनुहुन्न । उहाँले सबै घटनाहरुलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँले कहिल्यै गलत वा अन्याय गर्नुहुन्न ।

हामीले भन्नैपर्छ कि यो रहस्य होः हामी जान्दछौँ कि दुष्टताको अस्तित्व र परमेश्वरको भलाई तथा सार्वभौमिकता सँगसँगै रहने सत्य हुन्, तर धर्मशास्त्रले हामीलाई यसरी यी सत्यताहरु सँगसँगै रहन्छन्  भन्ने कुरा खुलाएर बताउदैनन् । परमेश्वरको रहस्यका कुराहरु हामीलाई थाहा छ भनी दाबी गर्नु अहंकारी हुनेछ । जसरी हामीले भर्खरै देख्यौं कि मानिसद्धारा गरिएको पहिलो पाप भनेको गोप्य कुरा जान्ने प्रयासमार्फत परमेश्वरजस्तै बन्न खोज्नु हो । हामी सृष्टिहरु हौं, उहाँ सुष्टिकर्ता हुनुहुन्छ । 


पापको धर्मशास्त्रः सातवटा भनाईहरु 

वंशानुगत दोषः आदमको दोषको कारण हामीलाई दोषी मानिन्छ । 

रोमी ५ः१२ हेर्नुहोस्‌ः “एक जना मानिसद्धारा संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो …..” पावलले यहाँ शिक्षा दिइरहेका छन् कि जब आदमले पाप गरे, तब परमेश्वरले उसको पापको दोष उनबाट जन्मने सबै मानिसहरुमा सारिदिनुभयो । यद्यपि हामी अस्तित्वमा थिएनौँ, परमेश्वरले भविष्यलाई हेर्दै र हामी अस्तित्वमा आउने कुरा थाहा पाएर, हामीलाई आदमजस्तै दोषी ठहर गर्नुभयो । तल दिइएको १८–१९ पदलाई हेर्नुहोस्  । 

“यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरु दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ । किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्धारा धेरै जना धार्मिक बनाइनेछन् ।” (रोमी ५ः १८–१९) । 

पावलले भन्न खोजेको यहि थियो कि आदम हाम्रो प्रमुख प्रतिनिधिको रुपमा विशेष रुपले काम गरे । अदनको बगैंचाको परिक्षाको घडिमा आदमद्धारा सबै मानव जातिको सदस्यहरुलाई प्रतिनिधित्व गरिएको थियो । हाम्रो प्रतिनिधिको रुपमा, आदमले पाप गरे, र परमेश्वरले हामीलाई “आदममा” दोषी ठहराउनुभयो, यस अर्थमा कि आदमले सम्पूर्ण मानव जातिलाई प्रतिनितित्व गरेका थिए ।

केही विचारवादीहरुले यो प्रतिनिधित्वको विचारलाई अस्वीकार गरेका छन् । तर यदि तपाईलाई आदमद्धारा गरिएको हाम्रो प्रतिनिधित्व अनुचित लाग्छ भने, ख्रीष्टद्धारा हाम्रो निम्ति गरिएको प्रतिनिधित्व र परमेश्वरले उहाँको धार्मिकता हामीमा दिनु पनि अनुचित लाग्नुपर्छ । यही कुरा पावलले रोमी ५ः १२–२९ मा भनेका छन्‌ः परमेश्वरले हामीसँग आदमद्धारा प्रतिनिधित्व गर्नुभएको (र यसैले दोषी) वा ख्रीष्टद्धारा प्रतिनिधित्व भएको (र यसैले ख्रीष्टको धार्मिकताले ढाकिएको) रुपमा व्यवहार गर्नुहुन्छ । फेरि पद १९ ले भन्छः 

  • किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्धारा धेरै जना धार्मिक बनाइनेछन् । (पद १९)

यसलाई प्रायः संघीय ईश्वरशास्त्र भनेर चिनिन्छ, जुन ल्याटिन शब्द ‘फोडस’ बाट आएको हो, जसको अर्थ करार वा सन्धि हो; परमेश्वरले हामीलाई कुन व्यक्तिले हामीलाई प्रतिनिधित्व गर्छ भन्ने आधारमा करारको रुपमा व्यवहार गर्नुहुन्छ, चाहे त्यो आदम होस् वा ख्रीष्ट ।

वंशानुगत भ्रष्टताः आदमको पापको कारण हामीसँग पापी स्वभाव छ ।

आदमको पापका कारण परमेश्वरले हामीमा आरोपित गर्नुभएको कानुनी दोषसँगै हामी आदमकै कारण एक पापी स्वभाव पनि उत्तराधिकारको रुपमा पाउँछौँ । यसको अर्थ हामी जन्मदा नै भ्रष्ट अवस्थामा जन्मन्छौं र यसकै कारण हामी सबैले वास्तविक पाप गर्छौं । यसरी, हामी आदमबाट उत्तराधिकार रुपमा पाएको दोषी ठहरलाई पुष्टि गर्छौँ ।


  • भजन ५१ः ५ः “साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ ।” दाउद आफ्नै पापको परिणामहरुले यति धेरै थिचिएका छन् अभिभूत कि जब उनी आफ्नो जीवनमा फर्केर हेरिरहका छन्, तब उनले आफू सुरुवात देखी नै पापी भएको स्वीकार गर्छन् । 
  • भजन ५८ः ३, “दुष्टहरु त जन्मदेखि नै भडकेर जान्छन् । गर्भदेखि नै तिनीहरु दुष्ट हुन्छन् र झूट बोल्छन् ।”


वंशानुगत पापको प्रवृति भन्नाले यो होइन कि सबै मानिसहरु खराब हुन सक्ने जत्तिकै खराब छन् । सार्वजनिक कानूनका प्रतिबन्धहरु, परिवार र सरकारका जस्ता असल दानहरु, चेतनाको दोष (जसरी हामी रोमी २ हेर्नसक्छौं)– यी सबै परमेश्वरको सामान्य अनुग्रहबाट सबै मानिसहरुमा प्रवाहित भएका हुन् र यी कुराहरुले पापमय प्रवृतिहरुलाई केहि हदसम्म नियन्त्रण गर्ने प्रभावहरु प्रदान गर्दछ । हामी हरेक दिनको प्रत्येक क्षण पाप गर्दैनौ होलौँ— तर निश्चय नै हामी प्रत्येक दिन धेरै पटक पाप गर्दछौं । 


पूर्ण भ्रष्टताः हाम्रो स्वभाविक अवस्थामा हामी परमेश्वरको अगाडि आत्मिक रुपमा असल रहने कुराको अभावमा छौं । 

हामी आफैमा कुनै योग्यका छैनौँ र नैतिक रुपमा भ्रष्ट छौं । फेरि, यसको अर्थ यो होइन कि मानिसहरु यति खराब छन् कि जति उनीहरु हुन सक्छन् वा हामीले परमेश्वरको स्वरुप गुमाईसकेका छौं । हामी अझैँ उहाँको स्वरुप बोकेका छौं, र मानिसहरुले एक स्तरमा असल र दयाका कार्यहरु गर्न सक्षम छन् । तर हामी परमेश्वरको शत्रु भएको कारण, हाम्रा असल कार्यहरुले पनि उहाँलाई खुसी तुल्याउन सक्दैन, किनभने हामीले यी कार्यहरु उहाँको आदरको वा महिमाको लागि गर्दैनौ । रोर्बट रेयमन्डले यो सिद्धान्तलाई राम्रोसँग संक्षेपमा प्रस्तुत गरेका छन्‌ः “मानिस आफ्नो अपरिपक्वता, प्राकृतिक अवस्थामा, गर्भवाट निस्कदै गर्दा नैतिक र आत्मिक रुपमा स्वभाव र चरित्रमा भ्रष्ट रहेको हुन्छ ।” उसको सम्पूर्ण अस्तित्वको प्रत्येक भाग–मन, इच्छाशक्ति, भावना, प्रेम, चेतना, र शरीर सबैलाई पापले प्रभावित भएको छ (यो नै पूर्ण भ्रष्टताको सिद्धान्तले हो) । उसको बुझाई अन्धकारमय छ, मन परमेश्वर प्रतिको शत्रुतामा छ, काम गर्ने इच्छाशक्ति अन्धकारमय बुझाई र विद्रोही मनको दासत्वमा छ, हृदय भ्रष्ट छ, प्रेम स्वाभाविक रुपमा दुष्ट र अधार्मिक तर्फ आकर्षित भएको छ, विवेक भरोसायोग्य छै, र शरीर मृत्युको अधिनमा छ (रोबर्ट रेयमन्ड, ब् ल्भध क्थकतझबतष्अ त्जभययिनथ या तजभ ऋजचष्कतष्बल ँबष्तज (न्यासभिलः थोमस नेल्सन, १९९८), ४५०) । यसलाई हामी बाइबलभरी देख्न सक्छौंः 

  • उत्पत्ति ६ः ५–६ “परमप्रभुले देख्नुभयो…पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साहृै दुःखित हुनुभयो ।”
  • भजनसंग्रह १४ः २–३ “परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ ? तिनीहरु सबै कुबाटोतिर लागेका छन् । तिनीहरु सबै एकसाथ भ्रष्ट भएका छन् । कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन ।”
  • यशैया ६४ः ६ “हामी सबै अशुद्ध मानिसझैं भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैं छन् । हामी सबै पातझैं ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैं उडाईलैजान्छन् ।”
  • एफिसी २ः १–३ (ख्रीष्टियनहरुलाई पवित्र आत्माद्धार नयाँगरी जन्मनुअघि उनीको स्वभाव कस्तो थियो भन्ने कुरा पावलले बताई रहेका छन् ।) “र तिमीहरु आफ्ना अपराध र पापद्धारा मरेको बेला येशैमा यस संसारको रीतिअनुसार र अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरु अघि एक पल्ट चल्दैथियौ ।”


पूर्ण असक्षमताः हाम्रो कार्यहरुमा हामी परमेश्वरको अघि आत्मिक रुपमा साँचो भलाई गर्न असक्षम छौं । 

कसैले मलाई एक पटक सुसमाचार यसरी सुनाएको थियोः हामी समुद्रमा डुबिरहेका छौं र परमेश्वरले हाम्रो जीवन सुरक्षाको लागि एक डुङ्गा दिनुहुन्छ, जसलाई हामीले समात्नुपर्छ र उहाँले हामीलाई छालहरुबाट बाहिर निकाल्नुहुन्छ । यो राम्रो सुनिन्छ, तर बाइबलिय दृष्टिकोणबाट, हामी वास्तवमै जीवनको डुङ्गालाई समात्न सक्दैनौ । हामी परमेश्वरको नजिक जान वा उहाँले चाहनु भएको कुरा गर्न असमर्थ छौं । हामी समुद्रको माथिल्लो सतहमा लडिरहेका छैनौं, बरु समुद्रको गहिराईसम्म डुबेका छौं । फेरि रोबर्ट रेमन्ड भन्नुहुन्छः “मानिस पूर्ण रुपमा वा सर्वव्यापी रुपमा भ्रष्ट भएकोले, ऊ आफ्नो चरित्र परिवर्तन गर्न वा आफ्नो भ्रष्टताबाट फरक तवरले काम गर्न असमर्थ हुन्छ । ऊ परमेश्वरलाई प्रसन्न पार्ने कुरा छुटयाउन, प्रेम गर्न, वा छनोट गर्न सक्दैन” (रोबर्ट रेमन्ड, अ न्यू सिस्टेम्याटिक थियोलोजी अफ द क्रिश्चियन फेथ न्यासभिलः थोमस नेल्सन, १९९८), ४५३) 

  • जसरी यर्मियाले भन्दछन्, “के कुशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र ? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र ? न त तँ दुष्टायाइँ गर्ने बानी बसेकोले भलाई गर्न सक्नेछ । (यर्मिया १३ः२३)”
  • यस सम्बन्धमा केही थप पदहरुः रोमी ८ः ७–८ “पापमय शरीरतिर लागेको मनचाहिँ…. परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ । पापमय स्वभावको वशमा हुनेहरुले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन् ।”
  • १ कोरन्थी २ः १४ः “जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरु ग्रहण गर्दैन । किनकि ती कुराहरु त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरु आत्मिक रीतिले मात्र चिन्न सकिन्छ ।”
  • २ कोरन्थी ४ः४ “तिनीहरुका विषयमा भनौं भने ख्रीष्ट जो परमेश्वरको रुप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरुले नदेखून भनेर यस संसारको देवले अविश्वासीहरुको समझलाई अन्धो तुल्याइदिएको छ ।”


परमेश्वरको अघि सबै पापी छन् 

धर्मशास्त्रले मानवजातिको विश्वव्यापी पापको गवाही दिन्छ । कोही पनि यसबाट मुक्त छैन । यो व्याख्या भन्दा कोही पनि माथि छैन । 

  • दाउदले भन्छन्, “तपाईको सामुन्ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन ।” (भजन १४३ः२)
  • र सोलोमनले भन्दछन्, “पाप नगर्ने मानिस कोही पनि छैन ।” (१ राजा ८ः४६) 
  • पावलले भन्दछन्, “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” (रोमी ३ः२३) 

एक मात्र पापले हामीलाई परमेश्वरको अगाडी वैधानिक रुपमा दोषी बनाउँछ ।

जसरी हामीले पहिले देख्यौ, पाप भनेको परमेश्वरप्रति गरिएको व्यक्तिगत विरोध हो । पापलाई दण्डयोग्य बनाउने कुरा व्यवस्थाको महानता होइन, तर व्यवस्था दिनुहुने महान हुनुहुन्छ । 

  • पावलले घोषणा गर्छन कि “किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो ।” (रोमी ५ः१६) 
  • याकुबले घोषणा गर्दछन्, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ । किनकि जसले “व्यभिचार नगर” भन्नुभयो, उहाँले “हत्या नगर्‌” पनि भन्नुभयो । तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थका अपराधी भएका छौ । (२ः १०–११) 

हाम्रो पापको कारणले गर्दा हामी परमेश्वरको अनन्त क्रोधको योग्य छौं । 

  • एफिसी २ः३ः “तिनीहरुमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौ, र बाँकी मानिसजस्तै हामी स्वभावले क्रोधका सन्तान थियौं ।” 
  • युहन्ना ३ः ३६ः “जसले पुत्रमाथि विश्वास गर्छ, तयससित अनन्त जीवन छ । जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ ।”


परमेश्वरको अघि पाप केवल अन्यायपूर्ण, निन्दनीय, अशुद्ध र घिनलाग्दो मात्र होइन । यो परमेश्वरको उचित र पूर्ण सजाय पाउने योग्यको छ । परमेश्वर पापको अस्वीकार गर्नुहुन्छ र उहाँले आफ्नो शत्रुहरुमा सही रुपले क्रोध खन्याउनु हुन्छ, जसले उहाँलाई अपमानित, अस्वीकार र अवज्ञा गरेका छन् । किन परमेश्वरले पापलाई निश्चित रुपमा सजाय दिनुहुन्छ ? जोन मुर्रेले व्याख्या यसो गर्छनः परमेश्वर आफ्नो चरित्रसँग असत्य ठहरिनुहुन्न । 

“आफ्नो पवित्रताको विपरित रहेको कुरा स्वीकार गर्नु भनेको आफू को हो भन्ने कुरालाई अस्विकार गर्नु हो । त्यसैले यो उहाँको पवित्रतासँग जोडने कुरा हो । र यसले भनिरहेको छ कि परमेश्वरको न्यायले पापलाई यसको दण्ड प्राप्त गर्नु आवश्यक छ । वास्तविक प्रश्न भनेको परमेश्वर आफ्नो स्वभाव अनुसार, कसरी मानिसलाई नर्कमा पठाउन सक्नुहुन्छ ? भन्ने कुरा होइन, वास्तविक प्रश्न भनेको परमेश्वर आफ्ना स्ववभाव जे हुनुहुनछ, कसरी तिनीहरुलाई नर्कबाट उद्धार गर्न सक्नुहुन्छ ?” (जोन मरे, “पापको स्वभाव,” कोलेक्टेड रायटिङ्स अफ जोन मरे (एडिनबर्गः ब्यानर अफ ट्रुथ, १९९७), २ः ८१–८२, उधृत गरिएको, सोही पुस्तक, ४५७)


निष्कर्ष 

हाम्रो लाजजनक पापका निन्दनीय र कुरुप आवाजहरुले हामीलाई आफ्नै धार्मिकताको आशामा निराश बनाउनु र परमेश्वरको क्रोधको अगाडी काँप्नुपर्ने बनाउँछ । तर एक जना मानिस थिए जसले कहिल्यै पाप गरेका थिएनन्, जो नयाँ आदम थिए । आदमले अदनको बगैंचामा पिताको आज्ञा उल्ल ङ्घन गरे, तर येशूले गेत्समनीको बगैचामा पिताको आज्ञा पालन गर्नुभयो । उहाँ परमेश्वरको क्रोधको कचौरा पिउँदै, हाम्रो लाज र दोषको पूर्णता स्वीकार गर्दै, र विश्वास गर्ने सबैलाई आफ्नो धार्मिकतालाई स्थानान्तरण गर्दै क्र्रुसमा परेमश्वरको उपस्थितिबाट निकालिनु भयो । यदि हामीले पापलाई सबैभन्दा ठूलो समस्याको रुपमा हेर्नबाट चुक्यौ भने, ख्रीष्टको बलिदान अनौठो लाग्न सक्छ । तर जब हामी सहि ठिक तरिकाले हाम्रो पापको शोक मनाउँछौँ, तब मात्र हामी उद्धारकर्तामा सही तरिकाले आनन्दित हुन सक्छौ ।

No comments:

Post a Comment