ख्रीष्टशास्त्रः भाग २




अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा वीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो । (युहन्ना १ः१४) 


परिचय र समिक्षा (युहन्ना १, कलस्सी १, फिलिप्पी २, हिब्रू १)

हामीले ख्रीष्टको व्यक्तित्वको बारेमा विचार गर्न थालेका थियौं र ख्रीष्टको ईश्वरत्वमा केन्द्रित भयौं जो परमेश्वरको पूत्र पूर्ण रुपमा परमेश्वर, परमेश्वर पिता र पवित्र आत्मासँग बराबर, अनन्त हुनुहुन्छ, (युहन्ना १, कलस्सी १,  फिलिप्पी २, हिब्रू १) जसो अब हामी येशू ख्रीष्टको मानवत्वको बारेमा केन्द्रित हुनेछौं । २००० वर्ष अघि जो पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ, उहाँ देहधारण गर्नुभयो र हामी माझ वास गर्नुभयो । जब हामी ख्रीष्टको व्यक्तित्वको बारेमा चर्चा गर्दछौं, हामी सधैं यही कुरा ध्यान चाहन्छौं कि येशू ख्रीष्ट पूर्ण रुपमा परमेश्वर र पूर्ण रुपमा मानव एकै व्यक्तित्वमा हुनुहुन्छ । पवित्र शास्त्रले भन्दछ, “एक व्यक्तित्वमा येशू ख्रीष्ट पूर्ण रुपमा परमेश्वर र पूर्ण रुपमा मानव हुनुहुन्छ र उहाँ सँधै यस्तै रहनुहुनेछ ।” 

उदाहरणः स्पर्जनः यस रहस्यमा अचम्मित हुनुहोस् ! असमित एक शिशू बन्नुभयो ।


पवित्रशास्त्रमा येशू ख्रीष्टको मानवत्व 

हामी १ युहन्ना ४ः२–३ मा येशू ख्रीष्टको मानवत्वको बारेमा स्पष्ट ब्याख्या गरिएको देख्दछाँै । 

  •  युहन्ना ४ः२–३ यसैबाट तिमीहरु परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरुले सुनेका छौ । अब त्यो यस संसारमा आइसकेको छ । 


हामी येशू ख्रीष्टको मानवत्वलाई ती वृहत श्रेणीहरुमा हेर्नेछौं । हामी पहिले कन्येबाट भएको जन्मको बारेमा हेर्नेछौं, त्यसपछि उहाँको दुर्बलता, र सिमितता र अन्त्यमा उहाँको पापरहित मानवत्वको बारेमा हेर्नेछौं । 

  • कन्येबाट जन्म (यशैया ७ः १४; मत्ती १ः १८–२५, २४–२५; लुका १ः ३५, ३ः २३) जब हामी येशू ख्रीष्टको मानवत्वको बारेमा कुरा गर्छौ, कन्याबाट भएको येशूको जन्मबाट कुरा गर्नु  उचित हुन्छ । पवित्रशास्त्रले स्पष्ट रुपमा सुनिश्चित गर्दछ कि येशू उहाँको आमा मरियमबाट पवित्र आत्माको आश्चर्यकार्यद्धारा शारिरिक पिताविना गर्भधारण हुनुभयो । 
  • यशैया ७ः १४ “यसैकारण परमप्रभु आफैले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउ उम्मानुएल राखिनेछ ।”
  • मत्ति १ः १८ “येशूको जन्म यस प्रकारले भयोः उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरुको विवाह हुन अघि मरियम पवित्र आत्माद्धारा गर्भवती भएको थाहा भयो ।”
  • लुका १ः ३५ “स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, ‘पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुन्छ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ ।’”

कन्येबाट जन्मिएको सिद्धान्तको महत्वः 

  • कन्येबाट जन्मिनु परमेश्वरले आफ्नो पुत्रलाई (यृहन्ना ३ः १६; गलाति ४ः४) संसारमा मानिसको रुपमा पठाउन प्रयोग गर्नुभएको एक माध्यम थियो । येशूले मानव जीवनको सम्पूर्ण अवस्थाको अनुभव गर्नुभयो । तर कन्ये गर्भधारणको आश्चर्यजनक प्रकृतिले यो प्रमाणित गर्छ कि उहाँ केवल मानव मात्र होइन, तर अद्धितिय ईश्वर– मानव हुनुहुन्छ । 
  • कन्येबाट भएको जन्मले येशूलाई नयाँ आदमको रुपमा पनि केही महत्व राखेको देखिन्छ । यसले यो कुरा हामीलाई स्पष्ट पार्छ कि हामी हाम्रो पहिलो पिता आदमबाट पापमय र दोषीपुर्ण स्वभाव प्राप्त गर्ने मानिसहरुको विपरीत, येशू पृथ्वीमा पिताबिना जन्मिनु भएको थियो । उहाँ मानवजातिको नयाँ प्रतिनिधि हुनुहुन्छ, ती सबैका लागि जो विश्वासद्धारा उहाँसँग एकता आउँछन । कन्येबाटको जन्म यहाँ महत्वपूर्ण देखिन्छ, किनकि यसले देखाउँद छ कि जसरी अन्य मानवजातिहरु आदमबाट आएका छन् येशू त्यसरी आदमबाट मानविय शरीरमा आउनु भएन । र यसले हामीलाई यो बुझ्नलाई मद्दत गर्दछ कि अन्य सबै मानवजाति व्यवस्थाको दोष र नैतिक भ्रष्टता थियो तर येशूमा थिएन । यो विचार लूका १ः ३५ मा स्वर्गदुत गब्रिएलले मरियमलाई दिएको खबरमा उल्लेख गरिएको देख्न सकिन्छ –यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परेमश्वरका पुत्र कहलाइनुहुनेछ ।


येशू ख्रीष्टमा मानवीय दुर्बलता र सिमाहरु थिए । 


येशूको मानव शरीर थियो । (लूका २ः७, ४०, ५२; २३ः ४६, २४ः४२; मत्ती ४ः२, ११; युहन्ना ४ः ६, १९ः २८; २९ः९, १३) । येशूको शरीर हाम्रो जस्तै मानव शरीर भएको तथ्य पवित्रशास्त्रका धेरै खण्डहरुमा देख्न सकिन्छ । 

  • उहाँको जन्म भयो जसरी अन्य मानव शिशूहरु जन्मिन्छन (लूका २ः७) । 
  • उहाँ बृद्धि हुँदै जानुभयो उहाँ अरु बालबालिकाहरु जस्तै बाल्यकालबाट वयस्क उमेरमा बृद्धिहुँदै जानुभयोः  “बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहााँमाथि थियो ।” (लुका २ः४०)
  • येशू थकित हुनुभयो, जस्तो हामी थकित हुन्छौँ । किनकि हामी अध्ययन गर्दछौं कि “येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो ।” (युहन्ना ४ः६) 
  • उहाँ तिर्खाउनु र भोकाउनु भयो,  जब उहाँ क्रुसमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो । (यृहन्ना १९ः २८)” र उहाँ चालीस दिन उजाड स्थानमा उपवासमा रहनुहुँदा हामी पढ्छौ कि “उहाँ भोकाउनु भयो ।” (मत्ति ४ः२) 
  • उहाँ कहिलेकाहीँ शारीरिक रुपमा दुर्बल पनि हुनुभयो, किनकि उजाडस्थानमा परिक्षित हुनुहुँदा उहाँ चालिस दिन सम्म उपवासमा हुनुहुन्थ्यो (यस अवस्थामा कुनै पनि मानिसको शारिरिक शक्ति लगभग समाप्त हुन्छ र यदि उपवास जारी राखेको अवस्थामा घातक शारीरिक हानि हुनेछ ।) त्यस समयमा प्रत्यक्ष रुपमा उहाँलाई हेरचाह गर्न र सार्मथ्य फर्काउनको लागि “स्वर्गदूतहरुले आएर उहाँको सेवा–टहल गरे, (मत्ति ४ः११)” जब येशू क्रुसमा चढ्न जान लागिरहनु भएको थियो, सिपाईहरुले सिमोन नाउँको कुरेनी निवासीलाई क्रूस बोक्न बलजफती गरे (लुका २३ः २६), सम्भवतः येशूले खानु भएको पिटाइको कारण उहाँको शक्ति कमजोर भएको थियो र उहाँले आफैं क्रूस बोक्न कठिन भएको थियो । 
  • उहाँ मर्नुभयोः येशूको मानव शरीरको सीमाहरुको समाप्ति क्रुसमा मृत्यु हुँदा देखिन्छ (लुका २३ः४६) । उहाँले आफ्‌नो मानव शरीरमा प्राण त्याग्नुभयो, जसरी हाम्रो शरीर मृत्यु हुँदा प्राण त्याग्छौ । 
  • उहाँ बौरी उठ्नुभयोः येशू मृतकबाट शरीरमा बौरी उठ्नुभयो, यद्यपि त्यो शरीर पूर्ण बनाइएको थियो र अब त्यो शरीर दुर्बलता, रोग वा मृत्युको अधिनमा थिएन । उहाँले बारम्बार आफ्ना चेलाहरुलाई देखाउनुभयो कि उहाँसँग वास्तवमै भौतिक शरिर छः उहाँँ भन्नुहुन्छ, “मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर । किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरु देख्छौ, मेरा त छन् । (लुका २४ः३९)” उहाँले तिनीहरुलाईलाई देखाउँदै र सिकाउँदै हुनुहुन्छ कि उहाँसँग “मासु र हाड” छ र केवल शरीरविहीन “आत्मा” हुनुहुन्न । यस तथ्यको अर्को प्रमाण हो कि “तिनीहरुले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए, र उहाँले त्यो लिएर तिनीहरुकै सामुन्ने खानुभयो ।” (लुका २४ः४२, ३०; युहन्ना २०ः १७, २०, २७; २१ः ९, १३) 
  • उहाँ स्वर्गरोहण हुनुभयोः उहाँ यो मानव शरीरमा (पूर्ण बनाईको पुनरुत्थान शरीरमा) स्वर्गमा उचालिनु भयो । उहाँले जानु अघि भन्नुभयो, “यस संसारलाई छोडेर पिताकहाँ जाँदैछु । (युहन्ना १६ः २८; १७ः ११)” येशू स्वर्गारोहण हुने कुराले यो दर्शाउँदछ कि पृथ्वीमा रहँदा उहाँको भौतिक शरीरको अस्तित्व र स्वर्गमा त्यसै शरीरमा उहाँको निरन्तर अस्तित्व बीचको निरन्तरता छ । येशूले उनीहरुलाई भनिसकेपछिको केही पदहरु, “प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरु देख्छौं, मेरा त छन्,” लुकाद्धारा लिखित सुसमाचारमा हामी पढ्छौं कि “त्यसपछि उहाँले तिनीहरुलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरुलाई आशीर्वाद दिनुभयो । उहाँले तिनीहरुलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरुबाट छुट्टिनुभयो र स्वर्गमा जानुभयो । (लुका २३ः ५०–५१)” त्यसैगरी हामी प्रेरितमा पनि पढ्दछौं “उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरुले हेर्दाहेर्दै उचालिनुभयो, र बादलमा उहाँ तिनीहरुका दृष्टिबाट लोप हुनुभयो । (प्रेरित १ः९) 

येशूमा मानवीय मन थियो (लुका २ः५२; हिब्रु ५ः ८; मर्कूस १३ः३२) येशू “बुद्धिमा बढ्नु भयो” भन्ने तथ्यले देखाउँछ कि उहाँले अन्य सबै बालबालिकाहरु जस्तै सिक्ने प्रकृयाबाट जानुभयो – उहाँले कसरी खानुपर्छ, बोल्नुपर्छ, लेख्नुपर्छ र पढ्नुपर्छ भनि सिक्नुभयो र आफ्ना अभिभावक प्रति आज्ञाकारी बन्न सिक्नुभयो (हिब्रू ५ः ८) । यो सामान्य सिक्ने प्रकृया येशूको वास्तविक मानवीय शरीरको अंश थियो । हामीले देख्न सक्छौं कि येशूको मन हाम्रो मानवीय मन जस्तै थियो जब उहाँले पृथ्वीमा उहाँको दोस्रो आगमनको कुरा गर्नुभयोः 

  • “तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरु कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरुले न पुत्रले । (मर्कूस १३ः ३२)”


येशूसँग मानव प्राण र भावना थियो (युहन्ना १२ः २१, २७; ११ः३५; हिब्रू ५ः ७; मत्ती ८ः१०) येशूसँग मानव प्राण (वा आत्मा) थियो भन्ने कुराको धेरै संकेतहरु देख्दछौं । क्रुसमा चढ्नु भन्दा ठीक अघि, येशूले भन्नुभयो, “अब मेरो प्राण व्याकुल भएको छ ।” (यूहन्ना १२ः२७) युहन्नाले केही समय पछि लेख्छन्, “यी कुरा भनेपछि येशू आत्मामा व्याकुल हुनुभयो (युहन्ना १३ः २१) ।” दुवै पदमा “व्याकुल” शब्दले ग्रीक शब्द “तरासो” (तबचबककय) लाई प्रतिनिधित्व गर्दछ, जुन प्रायः मानिसहरुलाई चिन्तित वा अचानक कुनै जोखिमबाट चकित हुँदा प्रयोग गरिन्छ । येशू क्रुसमा चढ्नु अघि, जब उहाँले भोग्नुपर्ने पिडा महशुस गर्नुभयो, उहाँले भन्नुभयो, “मेरो प्राण  गहिरो शोकले मरेतुल्य भएको छ (मत्ति २६ः ३८) ।” उहाँले महशुस गर्नुभएको दुःख यति ठूलो थियो कि यदि यो अझ बढी बढ्ने हो भने यसले उहाँको जीवन अगाडी नै समाप्त गर्ने जस्तै देखिन्थ्यो । 


येशूमा पूर्णरुपमा मानवीय अनुभूती रहेको थियो ।

  • कप्तानको विश्वासमा येशू अच्चम्मित हुनुभयो (मत्ति ८ः१०) । लाजरसको मृत्युमा येशू दुःखका साथ रुनुभयो (युहन्ना ११ः३५) । 
  • र उहाँले भावनाले भरिएको हुदयका साथ प्रार्थना गर्नुभयो, किनकि “येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो (हिब्रू ५ः७) ।”

थप रुपमा, लेखकले भनेका छन्, “उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टहरुद्धारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहँको आज्ञापालन गर्नेहरु सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो (ह्रिबू ५ः ८–९) ।” तर यदि येशूले कहिल्यै पाप गर्नुभएन भने, उहाँले कसरी “आज्ञापालन गर्न सिक्नुभयो ?” येशू परिपक्व हुँदै जाँदा, अन्य मानव बालकहरु जस्तै, उहाँले थप जिम्मेवारी बहन गर्न सक्षम हुनुभयो । उहाँ जति परिपक्व हुँदै जानुभयो, उहाँको बुबा र आमाले त्यती नै बढी आज्ञापालन गरेको अपेक्षा गर्न सक्नुहुन्थ्यो र स्वर्गीय पिताले जस्तै बढी कठिन कार्यहरु उहाँलाई मानव स्वभावको सार्मथ्यमा पूरा गर्न लगाउन सक्नुहुन्थ्यो । प्रत्येक थप कठिन कार्यसँगै, यहाँसम्म कि यसमा केही कष्ट समावेश गरिदाँ पनि (जसरी हिब्रू ५ः८ मा भनिएको छ), कष्टकर परिस्थितिमा पनि येशूको नैतिक क्षमतामा आज्ञापालन गर्ने क्षमतामा बृद्धि भयो । हामी भन्न सक्छौं कि उहाँको “नैतिक मेरुदण्ड” लाई कठिन अभ्यासहरुद्धारा बलियो बनाइयो । तर, यसको बावजुद पनि उहाँले कहिल्यै पाप गर्नुभएन । येशूको जीवनमा पूर्ण रुपमा पापको अनुपस्थिति अझ बढी उल्लेखनीय कुरा हो, किनभने उहाँले केवल उजाडस्थान मात्र होइन, आफ्नो सम्पूर्ण जीवनमा कठोर परिक्षाहरुको सामना गर्नुभयो । हिब्रूका लेखकले पुष्टि गर्नभएको छ कि येशू “सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो हिब्रू ४ः १५) ।” उहाँले परिक्षाको सामना गर्नुभयो भन्ने तथ्यले उहाँसँग वास्तविक मानव स्वभाव रहेको देखाउँछ, जसलाई परिक्षामा पार्न सकिन्छ, किनभने धर्मशास्त्रले स्पष्ट रुपमा भन्छ, “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन (याकूब १ः१३) ।” 


येशू अरु मानिसहरुद्वारा मानवको रुपमा चिनिनुभएको थियो (मत्ति १३ः ५३–५८) ।

  • मत्ती १३ः ५३–५८ “यी दुष्टान्तहरु बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो । अनि आफ्नो सहरमा आउनु भएर उहाँले तिनीहरुको सभाघरमा तिनीहरुलाई यस्तो शिक्षा दिनुभयो, कि छक्क परेर तिनीहरुले भने, ‘यिनलाई यो बृद्धि र अचम्मको काम गर्ने शक्तिहरु कहाँबाट प्राप्त भयो ? के यिनी सिकर्मीका छोरा होइनन् ? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाईहरु याकूब, योसेफ, सिमोन र यहूदा होइनन ? के यिनका बहिनीहरु सबै हामीहरुसँगसँगै छैनन् र ? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो ?’ अनि तिनीहरु उहाँसँग चिढिए । तर येशूले तिनीहरुलाई भन्नुभयो, ‘अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ ।’ अनि तिनीहरुको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरु गर्नुभएन ।” 


प्रयोगः येशू ख्रीष्टलाई परमेश्वर–मानव रुपमा आराधना गरौं ! 

अथानासियस (ई.स. ३७३): “उद्धारकर्ताको देहधारणबाट आएका यति धेरै उपलब्धिहरु छन् कि तिनलाई गन्न खोज्नु भनेको खुला समुन्द्रमा हेरिराखेर छालहरु गन्नु जस्तै हो । वास्तवमा, यसका बारेमा सबै कुरा अद्भूत छ, र जहाँ मानिसले आफ्नो नजर लगाउँछ, अनि उसले वचनको त्रिएकत्व देख्दछ र यसको भयले आराधनातिर डोर्‍याउँछ ।”


येशूको पूर्ण मानवरुप हुन किन आवश्यक थियो ? ताकि हामीः 


दोस्रो आदमको रुपमा येशू ख्रीष्टको आराधना गरौँ (रोमी ५ः१८–१९; १ कोरन्थी १५ः ४५) । आदमको असफलता र अनाज्ञारिताको साटोमा येशू हाम्रो प्रनिनिधि बनि आज्ञापालन गर्नुभयो । 

येशू ख्रीष्टको आराधना गरौँ, जो हाम्रो प्रतिस्थापनको बलिदान हुनुहुन्छ (हिब्रू २ः १४–१७)  यदि येशू मानव हुनुहुन्न थियो भने, उहाँ हाम्रो स्थानमा मर्न सक्नुहुन्नथियो र हामीले तिर्नुपर्ने दण्ड तिर्न सम्भव थिएन । 

येशू ख्रीष्टको आराधना गरौँ, जो परमेश्वर र मानीसहरुबीचको मध्यस्थकर्ता हुनुहुन्छ (१ तिमोथी) । किनकि पापका कारण हामी परमेश्वरबाट टाढा भएका थियौं, त्यसैले परमेश्वर र हामीबीच कोही आएर उहाँकहाँ फर्काउनु आवश्यक थियो । हामीलाई यस्तो मध्यस्थकर्ता चाहिएको थियो जसले हाम्रो तर्फबाट बोल्न सक्नुहुन्थ्यो र परमेश्वरको तर्फबाट सन्देश ल्याउन सक्नुहुन्थ्यो । यो आवश्यकता पूरा गर्न सक्ने केवल एकजना व्यक्ति हुनुहुन्छ । जो येशू ख्रीष्ट हुनुहुन्छ ।

येशू ख्रीष्टको आराधना गरौँ, हाम्रो पूर्ण उदाहरण हुनुहुन्छ । (फिलिप्पी २ः ५–११, १ पत्रुस २ः२१; हिब्रू १२ः२) हाम्रो जीवनमा उदाहरण र नमुना बन्नको लागि येशूलाई हामीजस्तै मानिस बन्नुपर्ने थियो । चेलाहरु ख्रीष्टका अनुयायी हुन । हाम्रो उद्देश्य जीवनभर, मृत्युको मुखसम्म र मृत्युको अवस्थासम्म दृढ विश्वास, प्रेम र क्षमासहित ख्रीष्टजस्तै बन्नुपर्छ । 

येशू ख्रीष्टको आराधना गरौँ, हाम्रो दयालु प्रधानपुजारी हुनुहुन्छ (हिब्रु २ः १८; ४ः १५–१६) यदि येशू मानिस नबन्नु भएको भए, उहाँले हाम्रो परिक्षा र जिवनको संघर्षमा कुन अवस्थाबाट गईरहेका छौं भन्ने कुरालाई अनुभव गर्न सक्नुहुन्न थियो । तर उहाँ मानिसको रुपमा जीउनु भएपछि, उहाँ हाम्रो अनुभवलाई पूर्ण रुपमा अनुभुति गर्न सक्नुहुन्छ । 

मरेकाहरुबाट जीवित हुनेहरुमा ज्येष्ठको आराधना गर्नुहोस् (कलस्सी १ः१८; १ कोरन्थी १५ः ४९) येशू अस्थाई रुपमा मात्र मानिस बन्नुभएन, बरु उहाँको इश्वरीय स्वभागसँग स्थायी रुपमा एक हुनुभयो, उहाँ सधैंको लागि अनन्त परमेश्वरको पुत्र, त्रिएकत्वको दोश्रो व्यक्तित्वको रुपमा मात्र होइन, तर येशूको रुपमा जो मरिमबाट जन्मनुभयो, उहाँ ख्रीष्ट, मसिह र उद्धारकर्ताको रुपमा जीवित रहुनुहुन्छ । येशू सधैं पूर्ण परमेश्वर र पूर्ण मानिस, अझै एक व्यक्ति, सदाको लागि रहनुहुनेछ । 


अतिरिक्त सामग्री– मूख्यतः शिक्षको व्यक्तिगत अध्ययन/तयारीका लागि


३. ख्रीष्टको ईश्वरत्व र मानवत्वको मूख्य बाइबलको पदहरु संयोजन गर्दै । हामीले ख्रीष्टको मानवत्व र ईश्वरत्वको विषयमा जस्तै अध्ययन गर्दा, केही पाठहरुलाई सँगै मिलाउनु कठिन देखिन्छ (येशू कसरी सर्वशक्तिमान र अझै दुर्बल हुन सक्नुहुन्छ ? उहाँले संसार छोडनुभएता पनि कसरी सबै ठाउँमा व्याप्त हुनुहुन्छ ? उहाँ कसरी कुरा सिक्नुहुन्छ र अझै सर्वज्ञ हुनुहुन्छ ?) जसरी मण्डलीहरुले यी शिक्षाहरुलाई बुझ्न संघर्ष गर्‍यो, अन्ततः चाल्सेडियन परिभाषा सहित आयो, जसले ख्रीष्टमा दुई अलग–अलग स्वभावहरुका बारेमा व्याख्या गर्नुको साथै यी दुई स्वभावहरुलाई एक व्यक्तित्व भित्रै एक रहेको उल्लेख गरेका छन् । यी भिन्नता जसले हामीलाई अघि उल्लेखित बाइबलको पदहरुलाई बुझ्न मद्दत गर्दछ, र ती पदहरु पनि आवश्यक भएको जस्तो देखिन्छ । 


एक स्वभावले केही कुराहरु गर्दछ जुन अर्को स्वभावले गर्दैनः अघिल्लो पूस्ताका सुसमाचारिय ईश्वरशास्त्रिय विद्धानहरुले येशूको मानव स्वभावले गरेका तर उहाँको ईश्वरत्वले नगरेका, वा उहाँको ईश्वरीय स्वभावले गरेका तर मानव स्वभावले नगरेका कुराहरु बिच फरक छुटयाउन हिचकिचाएनन् । “यदि हामी प्रत्येक स्वभावको विशेषता कायम राखिने” चाल्सेडोनियन भनाईलाई स्वीकार गर्न चाहन्छौं भने यो गर्नु आवश्यक देखिन्छ । तर हालका धेरै ईश्वरशास्त्रिय विद्धानहरुले यस्ता भिन्नता छुटयाउन चाहेका छन्, सम्भवतः हामीले बुझ्न नसक्ने कुराको निश्चितता गर्न हिचकिचाहटका कारण । 

येशू स्वर्गमा फर्किसक्नुभएको छ र हामीसँग उपस्थित हुनुहुन्छः जब हामी येशूको मानव स्वभावको बारेमा कुरा गर्छौ, हामी भन्न सक्छौं कि उहाँ स्वर्गमा उचालिनुभयो र अब संसारमा हुनुहुन्न (युहन्ना १६ः २८, १७ः ११; प्रेरितहरु १ः १–११) । तर उहाँको ईश्वरीय स्वभावको सन्दर्भमा, हामी भन्न सक्छौं कि येशू सबै ठाउँमा उपस्थित हुनुहुन्छः “किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरुका माझमा हुनेछु ।”  (मत्ति १८ः२०)ः “म युगको अन्त्यसम्म सधैं तिमीहरुका साथमा छु ।” (मत्ति २८ः२०); “जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं ।” त्यसैले हामी येशूको व्यक्तित्वको बारेमा दुवै कुरा सत्य हो भन्न सक्छौं– उहाँ स्वर्गमा फर्किसक्नुभएको छ, र उहाँ हामीसँग उपस्थित हुनुहुन्छ । 


येशू अस्थायी र अनन्त हुनुन्थ्योः यस्तै, हामी भन्न सक्छौं कि येशू लगभग तीस वर्षको हुनुहुन्थ्यो (लुका ३ः१३), यदि हामी उहाँको मानव स्वभावको सन्दर्भमा कुरा गर्दछौं भने, हामी भन्न सक्छौं कि येशू लगभग तीस वर्षको हुनुहुन्थ्यो, तर उहाँको ईश्वरीय स्वभावको सन्दर्भमा कुरा गर्दा, हामी भन्न सक्छौ कि उहाँ ईश्वरीय रुपमा अनन्तदेखी अस्तित्वमा हुनुहुन्छ (युहन्ना १ः १–२; ८ः ५८) । 


येशू दुर्बल र शक्तिशाली हुनुहुन्थ्योः उहाँ मानव स्वभावमा दुर्बल र थकित हुनुहुन्थ्यो (मत्ती ४ः२;८ः २४; मर्कूस १५ः २१; यूहन्ना ४ः ६), तर उहाँको ईश्वरीय स्वभावमा सर्वशक्तिमान हुनुहुन्थ्यो (मत्ती ८ः २६–२७; कलस्सी १ः १७; हिब्रू १ः३) । विशेष रुपमा ध्यान आकर्षित गर्ने दृश्य गालीलको तालमा देख्न सकिन्छ, जहाँ येशू डुङ्गाको पछिल्लो भागमा सुत्नु भएको थियो, सम्भवतः थकाई लागेको कारणले (मत्ती ८ः२४) । तर उहाँ निन्द्राबाट ब्युँझनुभयो र एक वचनले वतास र समुद्रलाई शान्त पार्न सक्षम हुनुभयो (मत्ती ८ः २६–२७) । थकित तर सर्वशक्तिमान ! यहाँ येशूको दूर्बल मानव स्वभावले उहाँको सर्वशक्तिमान सार्मथ्यमा आवरण लागेको जस्तै भएको थियो जबसम्म त्यो प्रभुत्व स्वर्ग र पृथ्वीको प्रभुको सार्वभौकिता वचनमा प्रकट भएन । यदि कसैले प्रश्न गर्छ कि जब येशू डुङ्गामा सुत्नुभएको थियो, के उहाँ “निरन्तररुपमा आफ्ना शक्तिशाली वचनद्धारा सबै कुराहरुलाई चलाई रहनुभएको” थियो (हिब्रू १ः३), र के सबै  ब्रह्माण्ड उहाँद्धारा त्यो समयमा एकबद्धता भइरहेका थिए (कलस्सी १ः१७ हेरौं) ?, यसको उत्तर हो, हो  किभनभने यी कार्यहरु सधँै भईरहेका थिए र सर्धैसम्म त्रिएक परमेश्वरको दोश्रो व्यक्तित्व, अनन्तकालीन परमेश्वरको विशेष जिम्मेवारी हुनेछ । जसले देहधारी सिद्धान्तलाई “अकल्पनीय” ठान्छन्, उनीहरुले कुनै समय प्रश्न गरे  कि जब बेथलेहेमको गोठमा बालक रुपमा हुनुहुन्थ्यो, के उहाँले ब्रह्माण्डलाई पनि “थामी राख्नु” भएको थियो ? यस प्रश्नका उत्तर हो भन्ने हुनुपर्छः येशू केवल सम्भावित परमेश्वर वा परमेश्वर जसले अद्धितिय रुपमा काम गर्नुभयो भन्ने व्यक्ति मात्र हुनुहुन्नथियो, तर उहाँ सम्पूर्ण परमेश्वरका गुणहरु सहित सत्य र पूर्ण रुपमा परमेश्वर हुनुहुन्थ्यो । उहाँ “एक उद्धारकर्ता” जो मसीह प्रभु हुनुहुन्छ (लुका २ः११) । जसले यसलाई असम्भव ठान्छन्, उनीहरु “सम्भव” लाई परमेश्वरले हेर्नुभएको तरिकामा हेर्दैनन्, जुन हामीले बाइबलमा पढ्छौं । यो कुरा बुझ्न सक्दैनौ भन्नु उपयुक्त नम्रता हो । तर यसलाई सम्भव छैन भन्नु बौद्धिक घमण्ड जस्तो देखिन्छ । 


येशू मर्नुभयो र मर्नु पनि भएनः यस्तैगरी, हामी थाहा गर्न सक्छौं कि आफ्नो मानव स्वभावमा, येशूको मृत्यु भयो (लुका २३ः ४६; १ कोरन्थी १५ः ३) । तर उहाँको ईश्वरीय स्वभावको सन्दर्भमा, उहाँ मर्नुभएन, तर मरेको अवस्थाबाट आफूलाई पुर्नजीवित गर्न सक्नुभयो (युहन्ना २ः १९; १०ः १७–१८; हिब्रू ७ः १६) । तर यहाँ हामीले सावधानीको एउटा कुरा उल्लेख गर्नुपर्छः जब येशूको मृत्यु भयो, त्यस समयमा उहाँको भौतिक शरीर मात्र मर्‍यो र उहाँको शरीरमा रहेको प्राण (वा आत्मा) शरीरबाट अलग भएर स्वर्गमा परमेश्वर पिताको उपस्थितिमा प्रवेश गर्नुभयो भन्ने सत्य हो । यसरी उहाँले त्यस्तो मृत्यु अनुभव गर्नुभयो, जुन अनुभव ख्रीष्टको आगमन हुनुभन्दा अगाडी हामी विश्वासीको मृत्यु हुँदा गर्नेछौं । र यदि “मर्नु” को अर्थ गतिविधिको अन्त्य, चेतनाको अन्त्य, वा शक्तिको कमी हो भने, येशूको ईश्वरीय स्वभावको मृत्यु भयो वा हुनसक्थयो भन्नु सहि होइन । तर पनि, येशूको मानव स्वभावसँगको एकताको  कारण, उहाँको ईश्वरीय स्वभावले कुनै न कुनै तरिकामा मृत्युको अनुभवको केही अंश चाख्नुभयो । ख्रीष्टको व्यक्तित्वले मृत्युको अनुभव गर्यो । यस बाहेक, येशूको मानव स्वभावले मात्र कसरी करोडौं मानिसहरुको पापको विरुद्ध परमेश्वरको क्रोध सहन गर्न सक्छ भन्ने बुझ्न कठिन देखिन्छ ।  यस्तो लाग्छ कि येशूको ईश्वरीय स्वभावले पनि हामीमाथि पर्ने पापको क्रोध सहने कार्यमा भाग लिनुपर्थ्यो (यद्यपि धर्मशास्त्रले यसलाई प्रष्ट रुपमा यही शब्द लेखिएको छैन) । .त्यसकारण, यद्यपि येशूको ईश्वरीय स्वभावको मृत्यु भएन, मानव र ईश्वरीय स्वभावले कुनै न कुनै तरिकामा त्यस अनुभवमा सहभागि भई येशूले सम्पूर्ण व्यक्तिको रुपमा मृत्युको अनुभवद्धारा जानुभयो । यस बाहेक, धर्मशास्त्रले हामीलाई यसभन्दा बढी अरु केही भन्न अनुमति दिदैंन । 


येशू परिक्षित हुनुभयो र परिक्षित हुनु पनि भएनः येशूको मानवीय र इर्वश्वरीय स्वभावको भिन्नताले येशूको परिक्षाहरु बुझ्न सहायता गर्दछ । उहाँको मानव स्वभावको सन्दर्भमा, उहाँ निश्चित रुपमा नै हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, तर पाप रहित हुनुहन्थ्यो (हिब्रू ४ः१५) । तर उहाँका ईश्वरिय स्वभावको सन्दर्भमा, उहाँलाई परीक्षित गरिएको थिएन, किनकि कुनै खराब कुराबाट परमेश्वरको परिक्षा हुन सक्दैन (याकूब १ः१३) । यस बिन्दुमा, येशूको दुई पृथक इच्छाहरु, मानव इच्छा र इश्वरीय इच्छा थियो भन्नु आवश्यक देखिन्छ, र त्यो इच्छाहरु ख्रीष्टको दुई पृथक स्वभावहरुसँग सम्बन्धित छन्, व्यक्तिमा होइन । यी दुई इच्छाहरु र दुई चेतनाका केन्द्रहरुको भिन्नताले येशूले कसरी सबै कुराहरु सिक्न सक्नुहन्थ्यो र तैपनि सबै कुरा जान्न सक्नुहुन्थ्यो भन्नेकुरा थाहा गर्नमा मद्दत गर्दछ । एकातर्फ, उहाँको मानव स्वभावको सन्दर्भमा, उहाँसँग समित ज्ञान थियो (मर्कुस १३ः३२; लूका २ः ५२) । अर्कोतर्फ, येशूले स्पष्ट रुपमा सबै कुरा थाहा पाउनुहुन्थ्यो (यूहन्ना २ः२५; १६ः ३०; २१ः १७) । यो मात्र बुझ्न सकिन्छ यदि हामी विचार गर्छौ कि येशूले कुराहरु सिक्नुपर्थ्यो र आफ्नो स्वभावको सन्दर्भमा सीमित ज्ञान राख्नुभयो तर आफ्ना इश्वरीय स्वभाको सन्दर्भमा सधैं सर्वज्ञानी हुनुहन्थ्यो, र यसैले आफ्नो सेवाको लागि आवश्यक पर्ने कुनै पनि जानकारीलाई कुने पनि समय “याद” गर्न सक्षम हुनुहुन्थ्यो । यसरी हामी येशूको आगमनको समयको बारेमा भन्नु भएको कुराहरुलाई बुझ्न सक्छौंः “तर त्यो दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरु कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरुले न पुत्रले । (मर्कूस १३ः ३२)” यो आगमन समयको अनभिज्ञता केवल येशूको मानव स्वभाव र मानव चेतनासँग मात्र सम्बन्धित थियो, किनभने उहाँको ईश्वरिय स्वभावमा उहाँ पक्कै सर्वज्ञानी हुनुहुन्थ्यो र पृथ्वीमा उहाँको आगमनको समयबारे निश्चित रुपमा थाहा थियो । 


कुनै स्वभावले गर्दापनि, त्यो ख्रीष्टको व्यक्तित्वले गर्छः पछिल्लो खण्डमा हामीले ख्रीष्टको व्यक्तित्वमा एक स्वभावले गरेका कार्यहरु अर्को स्वभावले नगरेका कुराहरु उल्लेख गर्‍यौं । अब हामीले स्वीकार गर्नुपर्छ कि मानव स्वभाव वा ईश्वरीय स्वभावको बारेमा जती पनि सत्य कुराहरु छन्, त्यो ख्रीष्टको व्यक्तित्वमा पनि लागू हुन्छ । यसैले येशूले भन्न सक्नुहुन्छ, “अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु । (यूहन्ना ८ः ५८)” उहाँले भन्नुभएन, “अब्राहाम हुनुभन्दा अघि मेरो इश्वरीय स्वभाव अघिबाटै थियो,” किनभने उहाँ आफ्नो ईश्वरीय स्वभाव वा मानव स्वभावले गरेको कुनै पनि कुरा आफूले गरेको भन्न स्वतन्त्र हुनुहुन्छ । 


यसैले, “ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो ।” यद्यपि केवल उहाँको मानव शरीरको मृत्यु भयो र कृयाशील शरीर निष्कृय बन्यो, तैपनि ख्रीष्ट हाम्रा सम्पूर्ण पापहरुको लागि मर्नुभयो । यो केवल पुष्टि गर्ने एक तरिका हो कि कुनै एक वा अर्को स्वभावको बारेमा कुरा गरेतापनि त्यो ख्रीष्टको व्यक्तित्वको बारेमा भन्न सकिन्छ । त्यसैले येशूले भन्नु सही हो, “म संसारलाई छोडेर जाँदैछु” (युहन्ना १६ः २८), वा “म संसारमा रहँदिन” (युहन्ना १७ः११), तर त्यसै समयमा यसो पनि भन्नुभयो “म युगको अन्त्यसम्म सधैं तिमीहरुका साथमा छु ।” (मत्ति २८ः२०) । एक स्वभाव वा अर्को स्वभावले गरिएको “कुनै पनि कुरा ख्रीष्टको व्यक्तित्वद्धारा गरिएको हो । 


एक स्वभावलाई स्मरण गराउने शिर्षकहरुलाई अर्को व्यक्तित्वसँग जोड्न सकिन्छ, यद्यपि ति कार्य अर्को स्वभावद्धारा गरिएको होः नयाँ करारका लेखकहरुले कहिलेकाहीं येशूको व्यक्तित्वको बारेमा कुरा गर्न मानवीय स्वभाव वा ईश्वरीय स्वभावलाई स्मरण गराउने नामहरु प्रयोग गर्छन, यद्यपि उल्लेखित कार्य त्यस पहिचानले गरिएको हो भनि सोचेको भन्दा अर्को स्वभावले मात्र गरेको हुन सक्छ । उदाहरणका लागि, पावलले भन्दछन् कि यदि यस संसारका शासकहरुले परमेश्वरको ज्ञानलाई बुझेका भए, “महिमाका प्रभुलाई क्रुसमा टाँग्ने नै थिएनन् (१ कोरन्थी २ः८) ।” अहिले जब हामी “महिमाको प्रभु” भन्ने वाक्यांश देख्छौं, यसले विशेषगरी येशूको ईश्वरीय स्वभावको सम्झना गराउँछ । तर पावलले यो शीर्षक (सायद जानाजानी क्रुसको भयानक दुःख देखाउनका लागि) प्रयोग गरी भनेका छ कि येशू क्रुसमा टाँगिनुभयो । यद्यपि येशूको ईश्वरीय स्वभाव क्रूसमा चढाइएको थिएन, येशूको व्यक्तित्वको रुपमा उहाँ क्रूसमा चढाइएको सत्य हो, र पावलले उहाँलाई “महिमाको प्रभु” भन्ने शिर्षक प्रयोग गर्दै त्यसको पुष्टि गरेका छन् । 


त्यसैगरी, जब एलिशिबाले मरिमलाई “मेरो प्रभुको आमा” (लुका १ः ४३) भनेर सम्बोधन गर्छिन, “मेरो प्रभु” भन्ने शिर्षक ख्रीष्टको ईश्वरीय स्वभावको सम्झना गराउने नाम हो । तर, पक्कैपनि मरियम येशूको ईश्वरीय स्वभावकी आमा होइनन्, जो सधै अस्तित्वमा हुनुहुन्थ्यो । मरियम केवल ख्रीष्टको मानव स्वभावकी आमा हुन् । यद्यपि, एलिशिबाले मरिमलाई “मेरो प्रभुको आमा” भनेकी छिन्, किनकि उहाँ, “प्रभु” भन्ने शिर्षक ख्रीष्टको व्यक्तित्व जनाउनको लागि प्रयोग गरिरहेकी छिन् । यस्तै अभिव्यक्ति लूका २ः ११ मा पाइन्छः “आज दाऊदको सहरमा तिमीहरुका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।” यसरी, हामीले मर्कूस १३ः ३२ लाई बुझ्न सक्छौं, जहाँ येशूले भन्नुहुन्छ कि उहाँको आगमनको विषयमा कसैले पनि जान्दैन, “न त स्वर्गमा हुने स्वर्गदूतहरुले न पूत्रले ।” यद्यपि “पूत्र” शब्दले विशेष गरी येशूको स्वर्गीय, अनन्त पुत्रत्वलाई स्मरण गराउँछ, यहाँ यसलाई विशिष्ट रुपमा उहाँको ईश्वरीय स्वभावको बारेमा भन्न प्रयोग गरिएको छैन, तर उहाँलाई सामान्य रुपमा व्यक्तित्वको रुपमा भन्न र उहाँको मानव स्वभावको बारेमा मात्र सत्य रहेको कुरा पूष्टि गर्न प्रयोग गरिएको छ । र यो सत्य हो कि एक महत्वपूर्ण अर्थमा (अर्थात, उहाँको मानव स्वभावको सन्दर्भमा) येशूले आफ्नो आगमनको समय थाहा पाउनु हुनेथिएन । 


संक्षिप्त सारांश : कहिलेकाहीँ सुव्यवस्थित ईश्वरशास्त्र (क्थकतझबतष्अ त्जभयनियथ० को अध्ययनमा, निम्न वाक्यलाई देहधारणको सारांशमा प्रयोग गरिएको छः “उहाँ जे हुनुहुन्थ्यो, उहाँ जे हुनुहुन्थिएन, उहाँ बन्नुभयो ।” अर्को शब्दमा भन्नुपर्दा, येशूले आफ्नो स्वभावलाई कायम राख्दै (अर्थात, पूर्णतया ईश्वरीय), उहाँ पहिला जे हुनुहुन्नथियो (अर्थात, पूर्णतया मानव) बन्नुभयो । येशू मानव बन्नुभएछि आफ्नो ईश्वरत्वलाई त्याग्नुभएन, तर उहाँले मानवरुप धारण गर्नुभयो जुन उहाँ पहिले हुनुहुन्न थियो । 


“गुणहरु” को सञ्चारः जब हामीले निर्णय गर्‍र्यौ कि येशू पूर्णरुपमा मानव र पूर्णरुपमा परमेश्वर हुनुहुन्थ्यो, र उहाँको मानवीय स्वभाव पूर्ण मानव रह्यो र उहाँको ईश्वरीय स्वभाव पूर्णरुपमा परमेश्वर रह्यो, यसैले हामीमाझ अझै पनि प्रश्न खडा हुनसक्छ कि के केही गुणहरु वा क्षमताहरु एक स्वभावबाट अर्को स्वभावमा दिइएको थियो (वा सञ्चार गरिएको थियो) । यस्तो देखिन्छ कि केही गुणहरु वा क्षमताहरु एक स्वभावबाट अर्को स्वभावमा सञ्चार भएका थिए । 


१. ईश्वरीय स्वभावबाट मानवीय स्वभावमाः  यद्यपि येशूको मानवीय स्वभावले यसको आधारभूत गुण परिवर्तन गरेन, किनकि ख्रीष्ट येशूको एक व्यक्तित्वमा ईश्वरीय स्वभावसँग एकतामा रहेको कारण, येशूको मानवीय स्वभावले (क) आाराधनाको योग्य बनाउने गुण र (ख) कहिल्यै पाप नगर्ने क्षमता प्रदान गर्‍यो जुन सामान्य मानिसहरुमा हुँदैन । 


२. मानवीय स्वभावबाट ईश्वरीय स्वभावमाः येशूको मानवीय स्वभावले उहाँलाई (क) दुःख र मृत्युको अनुभव गर्न सक्ने क्षमता दियो; (ख) हामीले भोगिरहेका अनुभवहरुलाई आफैं अनुभव गरेर बुझ्ने क्षमता दियो; (ग) हाम्रो सट्टामा आफैं बलिदान हुने क्षमता प्रदान गर्‍यो, जुन केवल परमेश्वरको रुपमा मात्र येशूले गर्न सक्नुहुन्नथ्यो । –


वास्तविक कठिनाई, अनुपम रहस्य जुन सुसमाचारले हामीलाई सामना गराउँछ, त्यो न त असल शुक्रबारको दिन दिईने प्रत्याचितको प्रवचनमा छ, न त पुनरुत्थानको दिनमा बाँडिने प्रवचनमा रहेको छ, तर त्यो येशू ख्रीष्टको देहधारण सम्बन्धित सन्देशमा रहेको छ । वास्तविकतामा अचम्मित तुल्याउने ख्रीष्टियनहरुको दाबी यो होकी नासरतको येशू परमेश्वर मानिस बन्नुभयो – त्रिएकत्वको दोस्रोे व्यक्ति “दोस्रो मानिस” (१ कोरन्थी १५ः ४७) बन्नुभयो, जसले मानवजातिको गन्तव्यलाई निर्धारण गर्दै मानिस जातिको दोस्रो प्रतिनिधि अगुवा बन्नुभयो, र उहाँले आफ्नो ईश्वरत्व नगुमाई देहधारण हुनुभयो, त्यसैले नासरतका येशू जति सत्य र पूर्ण मानिस हुनुहुन्थ्यो, त्यति नै उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो । यहाँ दुई रोचक रहस्यहरु एकत्रित छन् – परमेश्वरको एकता भित्र व्यक्तित्वको विविधता, र त्रिएक परमेश्वर र मानव येशूको व्यक्तित्वमा एकता । यहाँ, पहिलो ख्रीष्टमस (ख्रीष्टको जन्म) मा भएको घटनामा, ख्रीष्टियन रहस्यका सबैभन्दा गम्भिर र नाप्न नसकिने गहिराईहरु रहेका छन् । “वचन देहधारी हुनुभयो”  (यृुहन्ना १ः१४); यसको अर्थ परमेश्वरले मानव स्वरुप लिनुभएको थियोः परमेश्वरको पुत्र यहूदी रुपमा जन्मनु भएको थियो । सर्वशक्तिमान परमेश्वर पृथ्वीमा एक सानो, संवेदनशील बालकको रुपमा आउनुभएको थियो, जो पल्टिरहन, हेरिरहन, हल्लिन, आवाज निकाल्न सक्नुहुन्थ्यो । उहाँलाई खुवाउन, सुताउन, अन्य बालकहरुलाई जस्तै बोल्न सिकाउनु आवश्यक थियो । यसमा कुनै पनि कृत्रिमता थिएनः परमेश्वरको पुत्रको बाल्यकाल पूर्णरुपमा यथार्थ थियो । तपाईको यस बारेमा जति बढी सोच्नुहुन्छ, यसले उत्तिकै आश्चर्य बनाउँछ । येशूको देहधारण सत्यता जस्तो अरु कुनै कथा वा काल्पनिक संसारमा छैन । यो नै ख्रीष्टियनीटिको वास्तविक वाधा हो । यहाँ यहूदीहरु, मुसलमानहरु, युनिटेरियनहरु, यहोवा साक्षीहरु, र धेरैजसो ती व्यक्तिहरु जसले कन्याबाट भएको जन्म, आश्चर्यकर्म, प्रायश्चित र पुनरुत्थानका बारेमा विश्वस गर्न संघर्ष गरिरहेका छन् । अधिकांश जस्तो सुसमाचार बुझ्नमा आएका समस्याहरु चाहिँ देहधारणको गलत बुझाई र अविश्वासका कारण हुन् । तर जब हामी वास्तवमै देहधारणलाइ एक वास्तविक घटना भनेर बुझ्दछौं, ती सबै समस्याहरु स्वतः हराएर जान्छन् – J.I. Packer, Knowing God (Downers Grove, IL: IVP, 1973), 53.

No comments:

Post a Comment