परिचय
बाइबलिय ख्रीष्टशास्त्र मुख्य दुई भागमा विभाजित छः जसमा ख्रीष्टको व्यक्तित्व र कार्य रहेको छ । ख्रीष्ट को हुनुहुन्छ (उहाँको व्यक्तित्व) ? र उहाँले के गर्नुभयो (उहाँको कार्य)? हाम्रो आशा र विश्वास यी दुई महत्वपूर्ण प्रश्नहरुको जवाफ हामीले कसरी दिन्छौं त्यो कुरामा निर्भर रहन्छ ।
पहिले हामी ख्रीष्टको इश्वरत्वलाई हेर्नेछौं र यसले हाम्रो जीवनमा के महत्व राख्छ त्यसको बारेमा चर्चा गर्नेर्छौ । हाम्रो विश्वासको केन्द्र र हाम्रो आशाको श्रोत कुनै विश्वासको सार, विचार, अनुभव, मण्डली वा दर्शनशास्त्र होइन । तर यो एक व्यक्ति बारमा हो जो येशू मसीह हुनुहुन्छ । उहाँलाई चिन्नु ख्रीष्टियन जीवनको प्रारम्भ मात्र होइन, यो त सम्पूर्ण ख्रीष्टियन जीवन हो । एक विश्वासीको रुपमा हामी येशूलाई व्यक्तिगत रुपमा चिन्छौ, जसको मतलव यो होकि ख्रीष्टशास्त्र हाम्रो लागि गहिरो रुपमा व्यावहारिक छ ।
जब हामी ख्रीष्टको व्यक्तित्वको बारेमा चर्चा गर्दछौं, हामी सधैं यो महान रहस्यलाई मनमा राख्नुपर्छ कि येशु ख्रीष्ट देहधारी हुनुभएपछि उहाँ एक व्यक्तित्वमा साँचो रुपमा परमेश्वर र साँचो रुपमा मानव हुनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा उहाँको एक व्यक्तित्वमा दुई स्वभावहरु (ईश्वरिय र मानवीय) छन । पवित्रशास्त्रले सिकाउँछ कि “येशू ख्रीष्ट एक व्यक्तित्वमा साँचो रुपमा परमेश्वर र साँचो रुपमा मानिस हुनुहुन्छ, र सधैं रहिरहनुहुनेछ ।” हामीले पवित्रशास्त्र बाइबलमा यो कहाँ देख्छौं ? सर्वप्रर्थम येशू ख्रीष्टको ईश्वरत्वबाट हामी शुरु गरौं । पुरानो र नयाँ करारका शिक्षाहरुले ख्रीष्टको इश्वरत्वको बारेमा प्रमाणहरु दिन्छन । यदि तपाई पवित्रशास्त्रको अधिकारलाई स्वीकार गर्नुहुन्छ भने तपाईले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने तथ्यलाई इन्कार गर्न सक्नुहुन्न ।
पुरानो करारमा ख्रीष्टको इश्वरत्व
लुका २४ अध्यायमा, येशु ख्रीष्टले आफ्नो चेलाहरुलाई इम्माउसको बाटोमा भन्नुभयो कि पूरानो करार सम्पूर्ण रुपमा उहाँको बारेमा हो । पुरानो करारमा उहाँको आगमन र विजयी शासनको बारेमा अगमवाणीहरु देख्दछौँ । र उहाँले सुरुदेखी आफ्ना मानिसहरुको उद्धारको लागि कसरी काम गर्नुभयो भन्ने कुरा सिक्दछौं ।
लुका २४ः४४ मा उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुसँग हुँदा मैले बोलेका वचनहरु यी नै हुन, अर्थात मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएको सबै कुरा पूरा हुनैपर्छ ।”
पुरानो करारमा हामी के देख्छौं ?
क. मानिसको पुत्र (दानिएल ७ः ९–१०, १३–१४; मत्ती ९ः६, १२ः८, १९ः२८, २०ः २८, २५ः ३१–३२)
सर्वप्रथम, हामीले दानिएलले देखेको मानिसको पुत्रको दर्शनलाई हेर्नेछौं । दानिएल ७ मा, स्वर्गीय सिंहासन कोठाको गौरवशाली विवरण देख्दछौ, र यस दृश्यको केन्द्रमा प्रभु “अति प्राचिन” हुनुहुन्छ जो आफ्नो सिंहासनमा बस्नुभएको छ । केही पदहरु पछि दानिएलले अर्को दर्शनको वर्णन गर्छन, तर यस पटक उनले अर्को आकृति देख्छन, जो मानिसको पुत्र हुनुहुन्छ ।
- दानिएल ७ः१३–१४ मा “राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरु र जातिहरुले उहाँको आराधना गरे । उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाहिँ कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन ।”
यहाँ मानिसको पुत्रलले सबै जातिहरुबाट आराधना स्वीकार गर्नुहुन्छ र उहाँले अनन्त (सदारहने) राज्यमा शासन गर्नुहुन्छ । यस्तो कसले गर्न सक्छ ? तर जो ईश्वर हुनुहुन्छ उहाँले मात्र यस्तो गर्न सक्नुहुन्छ । र यो मानिसको पुत्र को हो ? येशूले पदवी (शिर्षक) लाई स्पष्ट रुपमा आफ्नो लागि प्रयोग गर्नुभयो र मत्ति २५ः ३१–३२ मा सिकाउनुभयोः “जब मानिसको पुत्र सारा स्वर्गदुतहरुसँग आफ्नो महिमामा आउनेछ, तब उ, आफ्नो महिमामय सिंहासनमा बस्नेछ । र उसको सामुन्ने सबै जातिहरु भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्टयाउँछ, त्यसरी नै उसले तिनीहरुलाई एउटालाई अर्काबाट अलग गर्नेछ ।” तपाई देख्न सक्नुहुन्छ कि येशूका यी शब्दहरुले कसरी दानिएल ७ लाई संकेत गर्दछ ।
ख. दाऊदको पुत्र (उत्पत्ति ४९ः ८–१०; २ शमुएल ७ः १२–१३; भजनसंग्र्रह २ः ६–७; भजनसंग्रह ४५; भजनसंग्रह ७२; यशैया ९ः ६–७) पुरानो करारमा दाऊदको एकजना पुत्र आउने आशालाई जगाउँदछ जसले दाऊदको सिंहासनमा सदाको लागि शासन गर्नेछ । जुन कुरा २ शमुएल ७ः१३ मा परमेश्वरले दाऊदसित यो प्रतिज्ञा गरेको देख्दछौं । प्रतिज्ञा गरिएको यो पुत्रलाई ईश्वरको रुपमा वर्णन गरिएको छ, जुन कुरा भजनसंग्रह ४५ः ६–७ मा हेर्दा अझ स्पष्ट हुन्छ जहाँ राजा…. लाई “परमेश्वर” भनेर उल्लेख गरिएको छ । हिब्रु १ अध्यायले प्रष्ट पार्छ कि यो खण्ड येशू ख्रीष्टको बारेमा हो । यशैया ९ः६–७ मा पनि समान कुरा देख्न सक्छौँ ।
- “त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैंको निम्ति स्थिर गर्नेछु । म त्यसको राजकीय सिंहासन सधैंको निम्ति स्थिर गर्नेछु ।” (२ शमुएल ७ः १३) ।
- “हे परमेश्वर तपाईको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईका राज्यको राजदण्ड हुनेछ । तपाई धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र अधर्मलाई घृणा गर्नुहुन्छ । यसकारण परमेश्वर, तपाईका परमेश्वरले तपाईलाई आफ्ना साथीहरुभन्दा बढ्ता गरेर हर्षको तेलले तपाईलाई अभिषेक गर्नुभएको छ ।”
- किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाउनुहनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहनेछ । सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ । (यशैया ९ः ६–७) ।
त्यसोभए, यो राजा को हुनुहुन्छ ?
दाउदको राजपुत्र जो शक्तिशाली परमेश्वर पनि हुनुहुन्छ । उहाँको नाउँ अनन्त पिता हो, यस अर्थमा होइन कि उहाँ परमेश्वर पिता हुनुहन्छ, तर उहाँ एक राजा हुनुहुन्छ जसले एक प्रेमीलो पिताजस्तै कृपापूर्वक शासन गर्नुहुन्छ । यो राजकीय पुत्र येशू ख्रीष्ट हुनुहुन्छ । ख्रीष्टको अर्थ के हो त? यो ग्रीक भाषामा मसीहको अनुवाद हो, जसको अर्थ “अभिषिक्त व्यक्ति” भन्ने हुन्छ । रोमी १ः२–३ मा पावल भन्दछन् कि सुसमाचार परमेश्वरको बारेमा सन्देश हो …
जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्धारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो । यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो । (रोमी १ः२–३) ।
नयाँ करारमा ख्रीष्टको ईश्वरत्व
परमेश्वरको एक ईश्वरीय पुत्रको आशाको प्रगतिशिल प्रकाश नयाँ करारमा उच्चतम विन्दुमा आईपुग्छ । त्यसैले नयाँ करारले सिकाउने ६ तरिकाहरुलाई हेर्नेर्छौ जसले येशू साँचो रुपमा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई सिकाउँछ ।
येशू ख्रीष्टलाई परमेश्वर र प्रभु भनेर सम्बोधन गरिएको छ (मत्ति १ः २१–२३; लूका २ः ११; रोमी ९ः५; तीतस २ः१३) । यृुहन्ना १ः१ ले भन्दछः “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो ।” रोमी ९ः५ ले भन्छ “ख्रीष्ट जो सबैका परमेश्वर हुनुहुन्छ, सदाको लागि धन्य हुनुहुन्छ ।” तितस २ः १३ ले भन्छ “हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्ट”
सप्टुआजिन्ट (पुरानो करारको ग्रीक अनुवाद)
हामीसँग धेरै उदाहरणहरु छन जहाँ ग्रीक अनुवादको पुरानो करार (सप्टुआजिन्ट) मा प्रयोग गरिएको परमेश्वर ृत्जभयके र प्रभु ृप्थचष्यके का शब्दलाई प्रत्यक्ष रुपमा येशूमा लागू गरिएको छ । सायद यसको सबैभन्दा अच्चमित पार्ने उदहारणहरु मध्ये एक फिलिप्पी २ः११ हो, जहाँ पावलले भन्दछन् कि “हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति प्रभु भनी स्वीकार गनुपर्छ ।” यहाँ उनले लगभग प्रत्यक्ष रुपमा यशैया ४५ः२३ लाई उद्धृत गरेका छन् । तैपनि यशैया ४५ मा जसको अघि हरेक घुँडा टेक्छ र हरेक जिब्रोले सपथ खानेछ, उहाँ अरु कोही नभएर यहोवा, इस्राएलका करारको प्रभु हुनुहुन्छ । पावलका श्रोताहरु, जो पुरानो करारका भाषासँग गहिरो रुपमा परिचित भएका तिनिहरुका लागि फिलिप्पी २ यो भन्दा स्पष्ट हुन सक्दैन : येशू नै यहोवा हुनुहुन्छ ।
“पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ ।” (फिलिप्पी २ः११)
येशू ख्रीष्टले आफूलाई परमेश्वरको रुपमा दाबी गर्नुभयो (यूहन्ना ८ः ५८, १०ः३०) ।
युहन्ना ८ः५८ मा येशूकाके महान भनाईलाई देख्न सक्छौ जहाँ उहाँ भन्नुहुन्छ, “अब्राहाम ह्ुनुभन्दा पहिले म हुँ !” यहुदीहरुले यो कुरा भन्दा बुझे कि उहाँले आफुलाई परमेश्वरको रुपमा दाबी गर्नुभएको थियो किनकि “म हुँ जो म हुँ” भनेर पुरानो करारमा परमेश्वरले आफुलाई मोशामाझ चिनाउनु भएको थियो (प्रस्थान ३ः१४) । जब तिनिहरुले यो कुरा सुने येशूलाई हान्नको लागि ढुङ्गा उठाए किनकी उनीहरुको अविश्वासी हृदयको कारण उहाँको भनाईलाई इश्वरनिन्दा गरेको रुपमा बुझे । येशूले युहन्ना १०ः३० मा भन्नुहुन्छ, “पिता र म एक हौं ।” येशूले आफूलाई पिताको बराबरी भएको दावी गर्नुहुन्छ ,जसकारण फेरी उहाँलाई यहुदीहरुले ढुङ्गाले हान्ने प्रयास गरे । किन ? पद ३३ मा भन्छ “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौ, तर ईश्वरनिन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौं ।”
येशू ख्रीष्टलाई विश्वासीहरुको विश्वास र भरोसाको केन्द्रको रुपमा प्रस्तुत गरिएको छ (युहन्ना १४ः१; १७ः ३; २ कोरन्थी ५ः१५; एफिसी ३ः१२; ५ः२३; कलस्सी ७ः २७; थेसलोनिकी १३ः १ तिमाथी १ः१) ।
युहन्ना १४ः१ मा येशूले भन्नुहुन्छ, “परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर ।” विश्वासीहरुले गर्नुपर्ने यही होः तिनीहरु ख्रीष्टमाथि आफ्नो सम्पूर्ण भरोसा राख्छन् । १ थेसलोनिकी १ः३ मा पावले विश्वासीहरुलाई “येशू ख्रीष्टमा आशाको धैर्य ” को बारेमा कुरा गर्दछन । त्यसैगरी, युहन्ना १७ः३ मा अनन्त जीवन भनेको येशू ख्रीष्टलाई चिन्नु हो भन्ने कुरालाई बताएको देख्दछौँ । पुरानो करारदेखी नै हामीलाई निरन्तर केवल परमेश्वरमा आशा र विश्वास गर्न सिकाउँछ, यसले यहि निष्कर्षमा पुर्याउँछ कि हाम्रो आशाको केन्द्रको रुपमा येशू वास्तवमै परमेश्वर हुनुहुन्छ ।
येशू ख्रीष्टलाई विश्वासीहरुले आराधना गर्ने व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ (मत्ती २ः१०–११, २८ः१७; युहन्ना ५ः २३; फिलिप्पी २ः ९–११; हिब्रू १ः६; प्रकाश ५ः१२)
यहूदी धर्मको विश्वास एक ईश्वरवादमा आधारित थियो, त्यसैले यो आराधनाले हाम्रो ध्यान खिच्नुपर्छ । मत्ति २ः१०–११ मा, ‘जब (ज्योतिषीहरु) ले तारा देखे, उनीहरु अत्यन्त आनन्दित भएर रमाए । अनि घरभित्र पसेर तिनीहरुले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् (आराधना) गरे ।’
युहन्ना ५ः२३, पिताले “सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरुन, जसरी तिनीहरुले पिताको आदर गर्दछन् ।”
अब, यशैया ४८ः ११ लाई सम्झनुहोस जहाँ परमेश्वर भन्नुहुन्छ, “मेरो महिमा म अरु कसैलाई दिनेछैन ।” अनि फेरिपनि मत्ती २ मा उहाँ (येशू) को जन्म देखि लिएर प्रकाशको पुस्तकमा स्वर्गीय सिंहासनको स्थानसम्म, येशूलाई आराधना, महिमा र आदर दिईन्छ । यो ईश्वरनिन्दा वा मुर्तिपूजा होइन । यो उचित कुरा हो, वास्तवमै खुशिको कुरा हो, किनभने येशू नै परमेश्वर हुनुहुन्छ ।
येशू ख्रीष्टलाई परमेश्वर र परमेश्वरका कार्यहरु गर्ने दुवैको रुपमा वर्णन गरिएको छ (युहन्ना १ः१–३, १४–१८; हिब्रू १ः१–४; कलस्सी १ः १५–२०), जस्तै, सारा ब्रम्हाण्डको सृष्टि गर्ने, पापहरुको क्षमा गर्ने,र अरु धेरै ।
युहन्ना १ः १–३, १४–१८ “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो । सबै थोक उहाँद्धारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन ।” त्यसकारण येशू सृष्टिकर्ता हुनुहुन्छ ।
कलस्सी १ः १५–२० “उहाँ अदृश्य परमेश्वरको प्रतिरुप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे प्रधानताहरु, चाहे अधिकारीहरु, सबै थोक उहाँद्धारै र उहाँकै निम्ति सृजिएका हुन् । उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ,, उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन् । उहाँ शरीर, अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरुबाट जीवित हुनेहरुमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन । किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रुसको रगतद्धारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्धारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो ।”
येशू ख्रीष्ट देहधारी हुनु अघि पूर्व–अस्तित्वमा परमेश्वरको अनन्त पुत्रको रुपमा हुनुहुन्थ्यो । (१ कोरन्थी ८ः६; १०ः ४, ९; २ कोरन्थी ८ः९; गलाती ४ः४; रोमी ८ः ३; कलस्सी १ः १५–२०; फिलिप्पी २ः ६; १ तिमोथी १ः १५; ३ः १६; १ तिमोथी १ः९–१०)
यो एउटा महत्वपूर्ण कुरा हो, किनभने यसले परमेश्वरको पुत्र सधैँ अस्तित्वमा रहनुभएको छ भन्ने कुरालाई जोड दिन्छ । यसको अर्थ यो होइन कि येशू एक मानव हुनुहुन्थ्यो, अनि कुनै तरिकाले उहाँ परमेश्वर बन्नुभयो— मानौं किः उहाँको आश्चर्यमय जन्म वा अद्भुत बप्तिस्माको कारण । त्यसो होइन त्यो यसको विपरीत होः तर परमेश्वर, जो त्रिएकत्वको दोश्रो व्यक्तित्व हुनुहुन्छ उहाँले ईश्वरीय स्वभावसँगै मानव स्वभाव पनि अपनाउनुभयो । उहाँको देहधारण घटाउ होइन, तर जोड हो । अर्को शब्दमा भन्नुपर्दा, येशू शरिरमा जन्म लिनुभन्दा एक व्यक्तित्व एक ईश्वरीय स्वभाव थियो भने जब उहाँ देहधारण हुनुभयो अब उहाँमा मानविय स्वभाव पनि जोडिएको कारण अब एक व्यक्तित्व दुई स्वभावहरु भए ।
फिलिप्पी २ः ६–७ मा हामी देख्दछौं “परमेश्वरको स्वरुपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्याइकन कमाराको रुप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो ।” उहाँले आफ्नो इश्वरत्वलाई त्याग्नुभएन, तर उहाँको स्वर्गीयस्थानको महिमा र विशेषाधिकारलाई त्याग्नुभयो । यी पदहरुमा, पावलले ख्रीष्टको पूर्व–अस्तित्वलाई देखाउन खोजेका छैनन । पावल ख्रीष्टलाई अनन्तकालीन परमेश्वरका पुत्र भनेर सर्वमान्य स्वीकार गरिने विश्वासको आधारमा अरु केही कुराहरुको लागि तर्क गर्न खोज्दैछन् । अर्को शब्दमा भन्नुपर्दा, उनले ख्रीष्टको पूर्व–अस्तित्वको लागि तर्क दिन खोजेका छैनन । उनले त्यसमा आधारीत गरेर तर्क गर्दैछन् । यो सत्य कति आधारभूत छ भन्ने कुरा यसले देखाउँछ ।
त्यसैले, पवित्रशास्त्र पूर्णरुपमा स्पष्ट छः येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ । ख्रीष्टको ईश्वरत्वको बारेमा पवित्रशास्त्रले बताउने कुरालाई याद गर्न मद्दत पुर्याउने एउटा तरिकालाई हेरौं :
- येशू ख्रीष्टले परमेश्वरलाई दिइने सम्मान साझा गर्नुहुन्छ (उहाँले आराधना स्वीकार गर्नुहुन्छ) ।
- येशू ख्रीष्टले परमेश्वरको गुणहरु साझा गर्नुहुन्छ (पवित्र, धर्मी, सर्वशक्तिमान) ।
- येशू ख्रीष्टले परमेश्वरको नामहरु साझा गर्नुहुन्छ (प्रभु, परमेश्वर, अल्फा, ओमेगा) ।
- येशू ख्रीष्टले परमेश्वरले गर्ने कार्यहरु साझा गर्नुहुनुहुन्छ (पाप क्षमा गर्ने, मृतकलाई जीवित संसारलाई सृष्टि गर्ने) ।
- येशू ख्रीष्टले परमेश्वरको सिंहासनमा आसन साझा गर्नुहुन्छ ।
चाल्सेडोनियान परिभाषा
जसो तपाई कल्पना गर्न सक्नुहुन्छ, यो प्रश्न कि येशूमा एक व्यक्तित्वमा ईश्वरीय र मानवीय स्वभाव दुवै कसरी हुनसक्छ, शताब्दीयौंदेखि ईश्वरशास्त्रीको लागी गहिरो विचार (र खुशी!) को विषय रहेको छ । हामी यो विश्वास गर्छौं, किनकि यो पवित्रशास्त्रको स्पष्ट शिक्षा हो । उहाँको ईश्वरत्वको बारेमा विचार गर्दा उहाँका ईश्वरीय र मानवीय स्वभावको बारेमा प्रमुख एैतिहासिक लेखलाई हेर्नु लाभदायिक हुनेछ । यसलाई ४५१ ईस्वीको चाल्सेडोनियान परिभाषा भनिन्छ । बाइबललाई विश्वास गर्ने ख्रीष्टियनहरुले यो लेखमा सहमति जनाए, किनकि उनीहरुले ख्रीष्टको व्यक्तित्वलाई महत्वपूर्ण सिद्धान्त रुपमा लिएका थिए । यदि तपाई येशूलाई गलत रुपमा बुझ्नुभयो भने सबै कुरा अर्थहिन हुन्छ । यो लेखले पवित्रशास्त्रको शिक्षालाई सांराशित गर्दछ र त्यसैले यो समयको परीक्षामा खडा भएको छ । तपाईलाई बुझ्नमा सजिलो बनाउन, ख्रीष्टको ईश्वरीय स्वभावको बयानहरुलाई मोटो (बोल्ड) अक्षरमा राखिएको छ । उहाँको मानव स्वभावको बयानहरुलाई तेर्सो (इटालिक) अक्षरमा राखिएको छ । हामी यसलाई विस्तृत रुपमा हेर्ने छैनौं, तर म तपाई यसबारे केहीकुरा प्रकट गर्न चाहन्छु ।
चाल्सेडनको सभाको निर्णय, इ.स.४५१, हामी यस सभाको निर्णय अनुसार, र पवित्र मण्डली पिताहरूलाई अनुसरण गर्दै, सबैको एक मत विचारको आधारमा, मानिसहरूलाई यो स्विकार गर्न सिकाउछौ कि येशू ख्रीष्ट एक र उही पुत्र हुनुहुन्छ, जो हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जो ईश्वरत्वमा पूर्ण र सिद्ध हुनुहुन्छ, र मानवत्वमा पनि पूर्ण र सिद्ध हुनुहुन्छ, उहाँ शतप्रतिशत ईश्वर र शतप्रतिशत मानव हुनुहुन्छ, र उहाँको विवेकशिल (तर्कपूर्ण) प्राण र शरीर छ, उहाँ पिताको ईश्वरत्व अनुरूप एक समान र बराबरी हुनुहुन्छ, र हाम्रो मानवीय स्वभाव अनुरूप पनि एक समान हुनुहुन्छ, सबै थोकमा हामी जस्तै भएतापनि उहाँ पापरहित हुनुहुन्छ, उहाँ अनन्त देखि नेै ईश्वरीय स्वभाव अनरूप परमेश्वर पिताबाट व्यत्ुपन्न हुनुभयो, र अन्तको समयमा हाम्रो निम्ती र हाम्रो मुक्तिको खातिर उहाँ कन्य मरियमबाट जन्मनु भयो, जो मानवीय स्वभाव अनुरूप परमेश्वरको आमा हुुन्छिन् । उहाँ उही ख्रीष्ट, पुत्र, प्रभ,ु र एकमात्र व्युत्पन्न पुत्रको रूपमा दुई स्वभावहरूमा विनाभ्रम (अन्योल) अपरिवर्तनशील, अविभाज्य, र अलग गर्न नसकिने गरि स्विकार्नु पर्दछ । यो ईश्वरीय र मानविय स्वभावहरूको एकताको भिन्नता कुनै पनि हालतमा उहाँको मिलनको खातिर अलग्याउनु मिल्दैन । तर बरू दुई स्वभावहरूको विशेषताहरू (गुणहरू) आफैमा संरक्षित र निहित छन्, र एक व्यक्तिमा ती दुई स्वभावहरूले संगसगै व्यवहार र निर्वाह गर्दछन् । र यी स्वभावहरू दुई अलग अलग व्यक्तिहरूमा विभाजित वा छुट्याएको छैन, तर दुई स्वभावहरू उही र एक व्युत्पन्न पुत्र परमेश्वरको वचन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । जसलाई प्रारम्भ देखि नै अगमवक्ताहरूले उहाँको बारेमा घोषणा गरेका थिए, र स्वयंम प्रभु येशूले पनि आफ्नो बारेमा सिकाउनुभएको छ, र पवित्र मण्डलीका पिताहरूको स्वीकारोत्तीहरू (विश्वासका सारहरू) हामीलाई सुम्पिएका छन् ।
ख्रीष्टको ईश्वरत्वको महत्व र सुन्दरता
चाल्सेडनको विश्वासको सार यहाँ ईश्वरशास्त्रका धेरै ठूला–ठूला शब्दहरु भएको कारण ल्याउन खोजेको होइन, बरु ख्रीष्टको ईश्वरत्व सर्वोच्च महत्व र सुन्दर भएको कारण हो । जब हामी ख्रीष्टको व्यक्तित्वलाई सही तरिकाले बुझ्दछौं, तब यसले हामीलाई आनन्द, आत्मविश्वास र आराधना तर्फ डोर्याउँदछ । ख्रीष्टको ईश्वरत्व किन महत्वपूर्ण छ ? यहाँ यसका ३ कारणहरु छन् ।
ख्रीष्टको ईश्वरत्व प्रकाशको लागि महत्व राख्छ ।
परमेश्वरले हामीलाइ केवल एक अगमवक्ता, सन्देशवाहक वा प्रवक्ता मात्र पठाउनु भएको छैन । उहाँले हामीलाई केवल एउटा पुस्तक मात्र दिनुभएको छैन । उहाँले आफू स्वंयलाई हाम्रो निम्ति दिनुभएको छ । यदि कसैले राष्ट्रपतिको सन्देश लिएर तपाईको ढोकामा आइपुग्यो भने तपाईलाई कस्तो महसुस गर्नुहुन्छ ? अब, के होला जब तपाईले ढोका खोल्दा त्यहाँ स्वयं राष्ट्रपतिलाई नै देख्नुभयो भने ?
यस कुराले हामीलाई आश्वस्त पार्नुपर्छ । हामीले यो सोच्न जरुरी छैन कि परमेश्वर कस्तो हुनुहुन्छ, के उहाँ साँच्चै दयालु वा करुणामय हुनुहुन्छ । हिब्रू १,“प्राचीन कालमा हाम्रा पितापूर्खाहरुसँग अगमवक्ताहरुद्धारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो ।” युहन्ना १ः१८,“परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ ।” हामी कहिलेकाहीँ परमेश्वरलाई कसरी कल्पना गर्ने भनेर संघर्ष गर्न सक्छौं— के परमेश्वर मेरो निम्ति हुनुहुन्छ ? मलाई माइकल रिभ्सको यो भनाई मनपर्छः “हाम्रो सबै सपना, परमेश्वरसँग जोडिएका हाम्रा अँध्यारो र डरलाग्दा कल्पनाहरु बावजुद, स्वर्गमा येशूबाहेक अरु परमेश्वर छैन…‘जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ ।’ उनले भन्दछन् (युहन्ना १४ः९) । परमेश्वर फरक हुन सक्नुहुन्न ।” यदि तपाई परमेश्वरलाई चिन्न चाहनुहुन्छ भने येशू ख्रीष्टतर्फ हेर्नुहोस् । उहाँ नै देहधारी परमेश्वर हुनुहुन्छ ।
ख्रीष्टको ईश्वरत्व उद्धारको लागि महत्व राख्छ ।
उद्धार परमप्रभुबाटै हुन्छ, योना २ः९ ले घोषणा गर्दछ । परमेश्वरले आफैँले उद्धार प्राप्त गर्नुहुन्छ, र यो कार्य उहाँले आफ्नो पुत्रको व्यक्तित्वद्धारा गर्नुहुन्छ । प्रेरित २०ः२८ मा पावलले विशेष कुराकानीमा सिकाउँछन कि परमेश्वरले मण्डलीलाई “आफ्नै रगतले किन्नुभयो” भन्ने कुरा सिकाउछन् । यस्तो लाग्छ कि एक साधारण मानिसको रगतले लाखौं मानिसको पापको प्रायश्चित गर्न सक्दैन । कलस्सी १ः१९–२० “किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रुसको रगतद्धारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्धारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो ।” केवल ईश्वर–मानव मात्र परमेश्वर र मानिस बीचमा सिद्ध मध्यस्थकर्ताको रुपमा सेवा गर्न सक्छ (१ तिमोथी २ः५) । येशू केवल एक राम्रो उदाहरण बन्नको लागि मर्नु भएन । तर उहाँ त एक निर्दोष बलिदानको रुपमा मर्नुभयो, “एक धर्मी अधर्मीहरुका निम्ति, ताकि उहाँले हामीलाई परमेश्वरकहाँ ल्याउन सक्नुभएको होस” (१ पत्रुस ३ः १८) र उहाँको पुनरुत्थानले उहाँको ईश्वरत्वको प्रमाणित गर्दछ— जसरी हिब्रू ७ः१६ ले सिकाउँछ कि, येशू हाम्रो प्रधान पुजाहारी हुनुहून्छ “अविनाशी जीवनको शक्ति द्धारा ।”
यसको मतलव यो हो कि हामी जस्ता पापले ग्रस्त विद्रोहीहरुको लागि एक निश्चित र स्थिर आशा छ । हाम्रो उद्धार उच्च चेतना, सकारात्मक सोच, धर्मकर्म, इस्लामका पाँच स्तम्भहरु, वा वौद्ध धर्मको आठगुणा मार्गबाट आउँदैन, यी सबैले यही मान्यता राख्दछन कि पर्याप्त अनुशासन र भक्तिमार्फत आफँैलाई हाम्रो दुर्दशाबाट छुटकारा पाउन सकिन्छ । तर हामी बाइबलमा विश्वास गर्ने विश्वासीहरुका निम्ति परमेश्वर आफैँले हाम्रो मुक्ति पुरा गर्नुहुन्छ र यसको जमानत दिनुहुन्छ । यहि नै हाम्रो एकमात्र आशा हो! त्यसैले ख्रीष्टमा विश्वास गर्नुहोस्, अनि तपाई कहिल्यै निराश हुनुहुनेछैन ।
ख्रीष्टको ईश्वरत्व ख्रीष्टियन जीवनका लागि महत्व राख्छ ।
हाम्रा मुक्ति नरकबाट बाहिरिने एकप्रकारको लेनदेन होइन । यो हामी को हौं भन्ने कुराको रुपान्तरण हो । हामी आदमद्वारा प्रतिनिधित्व हुँदै ख्रीष्टसँग एक हुनसम्म जान्छौं । “येशू ख्रीष्ट तिमीहरुमा हुनुहुन्छ” पावलले कोरन्थीहरुलाई भन्दछन् (२ कोरन्थी १३ः५) । ख्रीष्ट आफ्नो आत्माद्धारा हामीमा बास गर्नुहुन्छ, र त्यसकारण त हामी परमेश्वरलाई प्रसन्न पार्ने बाटोमा हिँड्न सक्छौं । रोमी ८ः१०, “यदि ख्रीष्ट तिमीहरुमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरुका शरीर मरेका भए तापनि तिमीहरुका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन् ।” त्यसकारण यदि तपाई पाप र परीक्षाहरुसँग कठिन संघर्ष गर्दै हुनुहुन्छ भने हृदयमा हौसला राख्नुहोस् । जब तपाई नयाँगरी जन्मनुभयो, तपाई ख्रीष्टको आत्माको शक्तिद्वारा प्राप्त नयाँ व्यक्ति बन्नुभयो । पाप ख्रीष्टियनका लागि कहिल्यै अपरिहार्य हुँदैन । अब यसले हामीलाई परिभाषित गर्दैन । ख्रीष्ट हाम्रो हुनुहुन्छ र हामी उहाँका हौं ।
निष्कर्षः ख्रीष्टलाई चिन्नुहोस र आराधना गर्नुहोस्
हामीले सिकेको यी कुरालाई कसरी हामी जीवनमा लागु गर्नसक्छौ ? पहिलो कुरा, हामीले ख्रीष्टलाई चिन्नु कोशिस गर्नुपर्छ! उहाँमा रहनु पर्छ । यहाँको वचनलाई सुन्नुहोस् । जोन ओवेनले भनेका छन्, “तिमीले उहाँलाई प्रेम गर्दैनौ, किनकि तिमीले उहाँलाई चिन्दैनौ ।” जोन क्याल्विनले लेखेका छन्, “ख्रीष्टमा हरेक प्रकारको भलाईको कुराहरु भण्डार रहेको हुँदा, आउनुहोस हामी यस मुहानबाट सारा पानी पिउँ र अन्य कुनै कुराबाट होइन ।”
दोस्रो कुरा, त्यसपछि हामीले येशू ख्रीष्टलाई परमेश्वरको रुपमा आराधना गर्नुपर्छ ! जसरी पावलले २ कोरन्थी ४ः६ मा म भनेको छन्, परमेश्वरले हाम्रो हृदयमा ज्योति चम्काउनु भएको छ र त्यो ज्याति “येशू ख्रीष्टको मुहारमा परमेश्वरको महिमाको ज्ञान” हो ।


No comments:
Post a Comment