पवित्रशास्त्रको सिद्धान्त
सुधारवादीहरुले “Sola Scriptura” अर्थात ‘केवल पवित्रशास्त्र’ भन्ने सिद्वान्तलाई हाम्रो ख्रीष्टियन विश्वासको अन्तिम अधिकारको दावी गरे त्यो कुरामा हामी किन विश्वास गर्नुपर्छ भन्ने कुरालाई हेर्नेछौं ।
हामी दुईवटा धारणा वा पूर्वधारणालाई मनमा राखिरहनेछौँ, जुन (१) परमेश्वर एक हुुनुहुछ (त्रिएक, सार्वभौम र व्यक्तिगत); र (२) जो बोल्नुहुन्छ वा आफैँलाई हामीमाझ प्रकट गर्नुहुन्छ ।
यो कुनै बहाना होइन । प्रत्येक विश्वदृष्टिकोण पूर्वानुमान (पछि हुने कुनै विषयवस्तु वा घटनापुर्व गरिने अड्कल वा अनुमान) वा तिनिहरुको श्रृंखलाबाट सुरु हुन्छ । अनुभववादीहरुको लागि हाम्रो यो संसार एउटा बन्द बाकस जस्तै हो, हामी केवल त्यहि मात्र जान्न सक्छौं जुन कुरालाई हामी छुन सक्छौ, स्वाद लिन सक्छौ र महसुस गर्न सक्छौं, र हाम्रो ज्ञानेन्द्रिय (आँखा,कान, नाक, जिब्रो र छाला) यसको भरपर्दो मार्गनिर्देशक हो । अर्कोतर्फ, तर्कवादीहरुलाई यस्तो लाग्छ कि हाम्रो मनमा जन्मजात विचारहरु हुन्छन (या त यसकारण कि हामी ति विचारसँगै जन्म लिन्छाँै, या यसकारण कि आत्मा पहिले नै अस्तित्वमा थियो), र ज्ञान त्यसपछि आउँछ जब हामी ति विचारहरुमा तर्कलाई लागु गर्छौ ।
बाइबलिय ख्रीष्टियनहरुका लागि यो हो कि उहाँ त्यहाँ हुनुहुन्छ र उहाँ मौन हुनुहुन्न (फ्रान्सिस शाएरको प्रसिद्ध शीर्षक) । परमेश्वर अस्तित्वमा पनि हुनुहुन्छ र उहाँ बोल्नु पनि हुन्छ भन्ने कुरा वास्तवमा बाइबलले साँचो परमेश्वरलाई अन्य सबै झूटा देवताहरुबाट भिन्न राख्ने प्रमुख तरिकामध्ये एक हो हेर्नुहोस् (१ राजा १८ः२४; भजनसंग्रह ११५ः ५; हबकूक २ः १८–२०) । एलियाले बालका अगमवक्ताहरुलाई चुनौती दिदैं गरेको दृश्यलाई विचार गर्नुहोस्, जहाँ साँचो परमेश्वरले पानीले भरेको खाडलमा आगो बर्साउनु हुन्छ, जबकि झूटो बाल देवता उत्तर दिन असफल हुन्छ । वा भजनकारले भजनसंग्रह ११५ः४–५ मा भनेको कुरालाई सम्झनुहोस् “तर तिनीहरुका मूर्तिहरु मानिसहरुका हातले कुँदिएका, सुन र चाँदीका कलाहरुमात्र हुन । तिनीहरुका मुख छन्, तर बोल्न सक्दैनन् । आँखा छन्, तर देख्न सक्दैनन् ।”
जब हामी परमेश्वरको वचन भन्दछौं, हामीले त्यसको मतलव केवल पवित्रशास्त्र बाइबल मात्र बुझ्नुहदैन । पवित्रशास्त्र बाइबल केवल परमेश्वरको लेखिएको वचन हो । परमेश्वरको वचनमा त्यो शक्ति सामेल हुन्छ जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार र पूरा गर्नुहुन्छ, (एफिसी १ः११), जसमा सृष्टि पनि समावेश छ,(उत्पती १ः३, यूहन्ना १ः३) यो उहाँको आफुले गरेका सृष्टिसँगको व्यक्तिगत उपस्थिति हो । पावलले रोमी १० मा भन्छन “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ । (रोमी १०ः६–१०)” परमेश्वरको वचनले उहाँलाई प्रकट गर्दछ । त्यसैले, परमेश्वरको वचनलाई पालन गर्नु भनेको परमेश्वरको आज्ञापालन गर्नु हो, र उहाँको वचनलाई तुच्छ ठान्नु भनेको उहाँलाई तुच्छ ठान्नु हो (यशैया ६६ः२) ।
यद्दपी, हामी भन्न सक्छौं कि परमेश्वरको वचन वा बोली उहाँको गुणहरुमध्ये एक हो । उहाँ बोल्ने परमेश्वर हुनुहुन्छ । यसको अर्थ पवित्रशास्त्र बाइबल उहाँको अस्तित्वका लागि आवश्यक छ भन्ने होइन, तर सञ्चार जरुरी छ । त्रिएक परमेश्वर विच संगति छ । त्यस्तै परमेश्वरले सिर्जनात्मक बन्नको लागि कुनै सृष्टि गर्नु पर्दैनथ्यो, त्यसरी नै उहाँ सञ्चार गर्ने परमेश्वर हुनुहुन्छ भनि प्रमाण दिन हामीसँग बोल्न पर्दैनथ्यो । धेरै पटक हामी यसलाई सामान्य रुपमा लिईरहेका हुन्छौं, तर बोली परमेश्वरको निशुल्क उपहार हो । र प्रकाशको रुपमा एक हो पवित्रशास्त्र बाइबल अर्थात परमेश्वरको विशेष प्रकाश (क्उभअष्ब िच्भखभबितष्यल) जुन लिखित वचन हो । त्यसैले, हामी पुर्वधारणा बाट शुरु गरौँ, जुन (१) परमेश्वर एक हुुनुहुछ (त्रिएक, सार्वभौम र व्यक्तिगत); र (२) जो बोल्नुहुन्छ वा आफैँलाई हामीमाझ प्रकट गर्नुहुन्छ ।
बाइबललाई हाम्रो अधिकारको रुपमा मान्ने आधार
हामी कसरी थाहा पाउछौं कि पवित्रशास्त्र बाइबल परमेश्वरका आफ्ना मानिसहरुको लागि उहाँको आधिकारीक वचन हो ? के हामी २ तिमोथी ३ः१६ लाई मात्रै उदृत गर्दै “सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट आएको हो, र यो सिकाउनलाई, धार्मिकतामा तालीम दिनलाई, सच्चाउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।” भन्ने मात्र हो ? होइन ! पवित्रशास्त्र बाइबल परमेश्वरको आधिकारीक वचन हो भन्ने कुरा सम्पूर्ण पविशास्त्रभ बाइबलभरि देख्दछौं । यो केवल एक वा दुई पदमा मात्रै सिमित छैन ।
पुरानो करार
जब हामी पुरानो करारमा फर्केर हेर्छौं भने, प्राचीन इस्राएलको विश्वास लेखिएको वचनको अधिकारमा आधारित थियो । दश आज्ञाहरुमा बाहेक हामीलाई अन्यत्र जान आवश्यक छैन, जुन वचनलाई परमेश्वर स्वंयले आफ्नै हातले दुई शिला–पाटीमा लेख्नुभएको थियो । मोशाले भन्दछन “यी आज्ञाहरु परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरुका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो । उहाँले थप केही भन्नु भएन । अनि उहाँले ती दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो । (व्यवस्था ५ः२२)” इस्राएल परमेश्वरको करारको सम्बन्धमा आउदै गर्दा, परमेश्वरले आफ्ना मानिसहरुलाई वचन दिनुभयो । जसै जसै उद्धारको इतिहास खुल्दै जान्छ , परमेश्वरले निरन्तर आफ्ना मानिसलाई करारको वचनमा फर्काएर ल्याउनुहुन्छ (हेर्नुहोस् व्यवस्था ३२)। र यो वचन कहाँ राखियो ? महापवित्रस्थानमा भएको करारको सन्दुकमा । किन ? किनभने यो परमेश्वरबाट सिधै आएको वचन थियो । मोशाद्वारा लिखित बाँकी लेखनहरु र पछिल्ला अगमवाणीका वचनहरु परमेश्वरले आफ्नै औंलाले लेखेको वचनभन्दा कम ईश्वरिय वा कम सत्य थिएनन । तिनिहरुलाई पनि परमेश्वरको साँचो वचनको रुपमा स्वीकार गरिएको थियो । मानिसले ती वचनहरु लेखे भन्ने तथ्यले वास्तविकतालाई असर पारेन किनकी तिनिहरुको प्रेरणा र अधिकार ईश्वरीय थियो (रोमी ३ः२; प्रेरित ४ः २५, २८ः २५; हिब्रु ३ः७, ८ः८, १०ः१५) । कुनै अगमवक्ताले ‘‘परमप्रभु यसो भन्नुहुन्छ’’ भन्नु परमेश्वरले सिधैँ बोल्नुभएको भएको जत्तिकै हो ।
नयाँ करारले पुरानो करारका लेखनहरुको आधिकारीतालाई स्वीकार गर्छ ।
र नयाँ करारले पनि पुरानो करारको इश्वरीय अधिकारको गवाही दिँदछ । येशू ख्रीष्ट आफैंले पुरानो करार पवित्रशास्त्रको वचनलाई आधिकारीक रुपमा व्यवहार गर्नुभयो । डाँडाका उपदेशमा, हामी पढ्न सक्छौं कि येशूले व्यवस्था रद्द गर्न वा अगमवक्ताहरु (सम्पूर्ण पुरानो करारको बारेमा बोल्ने संक्षिप्त रुप) लाई सच्याउन आउनु भएको थिएन, तर तिनिहरुलाई पुरा गर्नको लागि आउनुभएको थियो (मत्ति ५ः१७) । उहाँले केवल आफ्नो बारेमा मात्र उच्च दृष्टिकोणमात्र राख्नुहुन्न, तर पुरानो करारको पवित्रशास्त्रको वचनलाई पनि स्पष्ट रुपमा उच्च दृष्टिकोण राख्नुहुन्छ ।
येशूले पुरानो करारको पवित्रशास्त्रका तर्कहरुलाई अन्तिम निर्णयको रुपमा मान्नुहुन्छ । पुरानो करारलाई सम्बन्धित गर्दै येशूले यूहन्ना १०ः३५ मा भन्नुहुन्छ, ‘‘धर्मशास्त्र भङ्ग हुन सक्दैन’’ । जब येशूले भन्नुहुन्छ, “लेखिएको छ” तब चर्चा त्यही समाप्त भईहाल्छ । यसको एउटा राम्रो उदाहरण हो जब येशूले उजाड स्थानमा परिक्षित हुँदा शैतानलाई व्यवस्थाको पुस्तकमा लेखिएको वचनलाई उदृत गर्नुभयो । अझबढी, येशू स्वंय पवित्रशास्त्रको अधिनमुनि रहनुभयो । हामीलाई भनिएको छ कि उहाँले पुरानो करारको पवित्रशास्त्र अनुसार एक सिद्ध जीवन जिउनुभयो । उहाँको आफ्नै गवाही अनुसार, उहाँको मृत्यु क्रुसमा भयो किनभने “मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो(उहाँको ) विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ (हुनैपर्थ्यो) (लुका २४ः ४४) ।”
नयाँ करारले पुरानो करारको बराबरीको अधिकारलाई मान्यता दिन्छ
नयाँ करारले केवल पुरानो करारको अधिकारको मात्र गवाही दिदैन, तर यसले आफ्नै अधिकारलाई पनि पुरानो नियमको बराबरीको रुपमा मान्यता (पहिचान) दिन्छ । त्यसैले मत्ति २८ मा येशूले आफ्नो पुनरुत्थानपछि चेलाहरुसँग कुरा गर्नुहुन्छ र तिनिहरुलाई आफ्नो शिक्षालाई पूरा गर्नको लागि विशेष रुपमा अभिषेक गर्नुभएको जस्तो देखिन्छ । युहन्ना १४ देखि १६ मा येशूले चेलाहरुलाई पवित्र आत्मा पठाउने प्रतिज्ञा गर्नुभयो, जो उहाँले सेवकाईको क्रममा उनीहरुलाई सिकाएका कुरा याद दिलाउनुहुनेछ र उनीहरुलाई सत्यको मार्गमा डोर्याउनुहुनेछ जसमा त्यो पनि समावेश छ जब येशूले पृथ्वीमा सेवाकाई गर्दा जुन शिक्षा दिनुभएको थिएन, किनभने चेलाहरुले त्यतिबेला सहन सक्ने थिएनन । (१ कोरन्थी २ः १३ र युहन्ना १६ः १२–१५ पनि हेर्नुहोस्) ।
चेलाहरुले पनि यसलाई बुझे । २ पत्रुस ३ः १६ पत्रुसले पावलको लेखन बारेमा यसो भन्दछन्, “उनका सबै पत्रहरुमा पनि उनले यी कुराहरुको उल्लेख गरेका छन् । तिनमा कुनै–कुनै कुराहरु बुझ्न कठिन छन् र अशिक्षित र चञ्चल मानिसहरुले यी कुराहरुलाई अरु धर्मशास्त्रहरुलाई जस्तै उल्टापाल्टा पार्छन…” प्रेरित पावलका पत्रहरुलाई पनि पवित्रशास्त्र बराबरी मान्यता दिईन्छ । १ तिमाथी ५ः १८ मा पावलले भन्छन्, “किनकि पवित्रशास्त्र भन्दछ,” र त्यसपछि उनले व्यवस्था र लुकाको सुसमाचारबाट उद्धरण गर्दछन्, जुन कुनै प्रेरितद्वारा लेखिएको थिएन, तर जीवित रहेका प्रेरितहरुले स्पष्ट रुपमा अनुमोदन र पुष्टि गरेका थिए ।
स्पष्ट कुरा यो हो कि, पुरानो करार र नयाँ करारले पवित्रशास्त्रलाई परश्वरले आफ्नो मानिसहरुको निम्ति दिईएको आधिकारीक प्रकाशको रुपमा प्रमाणित गर्दछ । बाइबल हामीकहाँ एक एकीकृत रुपमा आउँछ, जसको मतलब यो हो कि हामीलाई के मन पर्छ वा पर्दैन भन्ने छनोट गर्ने अधिकार हामीलाई छैन । यदि यो परेश्वरको वचन हो भने, हामी यो माथी उभिएर के स्वीकार गर्ने वा के नगर्ने भनि तय गर्न सक्दैनौ, तर आफुलाई विनम्रसाथ समर्पित गर्न बोलाएको व्यक्तिको रुपमा यसको अधिनमुनि रहन्छौं ।


No comments:
Post a Comment