प्राकृतिक प्रकोपको हिंसाप्रति हामी कसरी प्रतिक्रिया दिन्छौं? हाम्रो पवित्रशास्त्र बाइबलले मानिसहरूलाई सम्मान नगर्ने यस्तो घृणित विनाशलाई कसरी सम्बोधन गर्छ? बाढी र आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपहरूको सामना गर्दा वृद्धवृद्धा, शिशुहरू र असहाय रूपमा अशक्तहरूले दया अनुभव गर्दैनन् जसले आफ्नो बाटोमा भएका सबै कुरालाई बगाउँछ। यस्ता घटनाहरू पछि, धेरै मानिसहरूको ओठमा प्रश्न यो हुन्छः æएक असल परमेश्वरले यस्तो कुरा कसरी हुन दिन सक्नुहुन्छ?Æ
प्रकृतिको क्रोधितमय कुराले दार्शनिकहरू र ईश्वरशास्त्रीहरूमा अनगन्ती अनुमानहरू उत्पन्न गरिदिएको छ । हामी, एक ईसाइको रूपमा, संसारमा पीडा र कष्टको समस्यालाई कसरी प्रतिक्रिया दिन्छौं? पवित्रशास्त्र बाइबललाई नियाल्दा दुष्टता र पीडाको समस्याको कुनै अन्तिम जवाफ दिँदैन। तर यसले केही उपयोगी दिशानिर्देशहरू भने पक्कै दिन्छ।
पहिलो, पवित्रशास्त्र बाइबलले हामीलाई सिकाउँछ कि दुष्टता वास्तविक छ। बाइबलले कहिल्यै पनि दुःख र पीडाको पूर्ण वास्तविकतालाई इन्कार गर्न वा नकार्न खोज्दैन। यसले यी वास्तविकताहरूलाई केवल भ्रमको रूपमा ढाकछोप गर्ने प्रयास गर्दैन। न त त्यस्तो वास्तविकताबाट अलग राख्न कोशिस गर्छ । जब हामी बाइबलमा केलाउछौँ भने मानिसहरुले विपत्तिको बारेमा खुलेआम बोलेका छन्Ù तिनीहरूले वास्तविक रुपमा आँसु बगाएका छन्Ù तिनीहरूले आफ्नो लुगा च्यातेका छन् र आफुले विलाप गरेको कुरा लेखेका छन् । हामीले बुझ्नुपर्ने कुरा पवित्रशास्त्र बाइबलका ख्रीष्ट दुःखका मानिस हुनुहुन्छ जो दुःखसँग परिचित हुनुहुन्छ। उहाँको बाटो कष्टको बाटो हो ।
दोस्रो, बाइबलले सिकाउँछ कि दुष्टता अन्तिम होइन। यद्यपि ईसाई विश्वासले दुष्टताको पूर्ण शक्तिलाई पहिचान गर्छ, यसलाई कहिल्यै पनि द्वैतवादको अन्तिम वर्गमा राखिएको छैन। दुष्टता निर्भर र उत्पन्न हुन्छ। बुझ्नुपर्ने कुरा यसको परमेश्वरभन्दा माथि कुनै स्वतन्त्र शक्ति छैन। यसबाट उद्धार गर्न सकिन्छ । पवित्रशास्त्र बाइबलले दुष्टतालाई गम्भीरतापूर्वक लिन्छ, यद्यपि यसको सन्देश विजयको हो। सम्पूर्ण सृष्टि आफ्नो मुक्तिको लागि पर्खिदै प्रसवेदनामा कराइरहेको छ, त्यो चिच्याहाट व्यर्थ छैन। सम्पूर्ण सृष्टिमाथि ब्रह्माण्डीय ख्रीष्ट उभिनुभएको जो विजय हुनुहुन्छ ।
निष्कर्षः पापले केवल मानिसजातीलाई मात्र नभई सारा सृष्टिलाई पनि असर पारेको छ । त्यसकारण केवल मानिसहरुले मात्र होइन तर सारा सृष्टिले नै हामी जस्तै पूर्ण उद्धारको दिनलाई प्रतिक्षा गर्दै प्रसवेदनामा चिच्याईरहेको छ ।
अनुवादित लेखःhttps://learn.ligonier.org/devotionals/responding-disasters

No comments:
Post a Comment