लेवीको पुस्तकको परिचय
लेवीको पुस्तक मोशाका पुस्तकहरूमध्ये तेस्रो पुस्तक हो । यसलाई अङ्ग्रेजीमा “लेभिटिकस” (Leviticus) भनिन्छ जुन नाउँ ल्याटिन भाषाको बाइबल भल्गेट (Vulgate) बाट राखिएको हो । हारून वंशीय पुजारीहरू लेवी कुलका हुने भएकाले उनीहरूले गर्ने काम र कर्तव्यहरूको बारेमा यस पुस्तकमा लेखिएको छ । त्यसैले यस पुस्तकको नाउँ “लेवी” भने र राखिएको हो ।
लेखक: मोशाका पाँच पुस्तकहरु मध्ये लेवीहरुको पुस्तक तेस्रो हो । यस पुस्तकका २७ अध्यायहरुमा ५६ पटक परमेश्वरले यी व्यवस्था र विधिविधानहरु मोशालाई भन्नुभयो भनेर उल्लेख गरिएको छ । अनी नयाँ करारमा पनी मत्तीको सुसमाचारमा मत्ती ८ः२–४ मा
पुस्तक लेखन मिति : ई.पू. १४४५–१४०५
ऐतिहासिक पृष्ठभूमि : प्रस्थानको पुस्तकमा हामीले इस्राएलीहरु यात्रा गर्दै सिनै पर्वतसम्म आइपुगेका देख्छौं (प्रस्थान २५ः१–२, २६ः४६, २७ः३४) । लेवीको पुस्तक भरि उनिहरु सिनै पर्वतमै थिए । इस्राएलीहरुको क्यालेण्डरमा उनीहरुको नयाँ वर्षको पहिलो महिना निस्तार–चाडसँगै शुरु हुन्छ (प्रस्थान १२ः२) । प्रस्थान ४०ः१७ मा दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थानको निर्माण कार्य सम्पन्न भएको कुरा उल्लेख गरिएको छ र गन्तीको पुस्तकको पहिलो पद इस्राएलीहरु मिश्रबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनबाट सुरु हुन्छ । यसरी लेवीको पुस्तकले इस्राएलीहरु मिश्रबाट प्रस्थान गरेको दोस्रो वर्षको पहिलो महिनामा भएको घटनाहरुलाई समावेश गर्दछ, अर्थात यसले केवल १ महिना भित्र भएका घटनाहरुलाई समावेश गर्छ ।
- उत्पत्तिको पुस्तक एक विश्वव्यापी पुस्तक हो र यसले धेरै शताब्दीहरू समेट्छ ।
- प्रस्थानको पुस्तक, मिश्रबाट इस्राएलीहरूको छुटकारामा केन्द्रित छ र यसले धेरै वर्षहरू समेट्छ ।
- लेवीको पुस्तक पुजाहारी कुल लेवीसँग सम्बन्धित छ र यसले केवल एक महिना समेट्छ ।
उत्पत्तिको पुस्तकमा हामी मानिसलाई पतन भएको देख्छौं ।
प्रस्थानको पुस्तकमा हामी मानिसलाई छुटकारा दिइएको देख्छौं ।
लेवीको पुस्तकको धेरैजसो भाग सर्वशक्तिमान परमेश्वरबाट प्रत्यक्ष निर्देशनहरू मिलेर बनेको छ ।
बाइबलको कुनै पनि अन्य पुस्तक भन्दा बढी, लेवीको पुस्तकमा पापी मानिसहरूलाई पवित्र परमेश्वरसँग कसरी मिलाप गर्न सकिन्छ र परमेश्वरलाई कसरी ग्रहणयोग्य रूपमा आराधना गर्ने भन्ने बारेमा परमेश्वरका वचनहरू छन ।
प्रस्थानको पुस्तकको दोस्रो भागमा, पवित्रवासस्थान निर्माण गरिएको छ ।
लेवीको पुस्तक कसरी परमेश्वरको आराधना गर्ने र समाजमा हाम्रो विश्वासको जिवन कसरी जिउने भन्ने कुरामा केन्द्रित छ ।
प्रस्थानले मानिसप्रति परमेश्वरको दृष्टिकोणको बारेमा कुरा गर्छ।
लेवीको पुस्तकले परमेश्वरप्रति मानिसको दृष्टिकोणको बारेमा कुरा गर्छ।
प्रस्थान परमेश्वरले आफ्ना मानिसहरूलाई ल्याउनुभएको मुक्तिको बारेमा हो ।
लेवीको पुस्तक परमेश्वरका मानिसहरूलाई उहाँप्रति समर्पण गर्ने बारेमा हो ।
प्रस्थानको पुस्तक परमेश्वरले आफ्ना मानिसहरूलाई छुटकारा गर्नुभएकोमा उहाँको अनुग्रहको बारेमा हो ।
लेवीको पुस्तकले उहाँका मानिसहरूले कसरी मुक्ति पाएकोमा परमेश्वरप्रति कृतज्ञता देखाउन सक्छन भनेर देखाउँछ ।
हामी सेवा गर्न बचाइएका छौं ।
प्रस्थानको पुस्तकले परमेश्वरले आफ्ना मानिसहरूलाई कसरी बचाउनुहुन्छ भनेर देखाउँछ।
लेवीको पुस्तकले उहाँका मानिसहरूले उहाँको सेवा कसरी गर्नुपर्छ भनेर वर्णन गर्छ ।
लेवीले स्पष्ट पार्छ कि परमेश्वरले उहाँका मानिसहरू रूपान्तरित भएको र उहाँ पवित्र भए जस्तै पवित्र भएको अपेक्षा गर्नुहुन्छ ।
बलिदान
पापको ज्याला मृत्यु हो (रोमी ६ः२३) पापीको लागि पवित्र परमेश्वरसँग मिलाप गर्ने एक मात्र तरिका बलिदान मार्फत हो । रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन । हिब्रू ९ः२२
पाँच बलिहरु (१ः१–७ः३८)
क. होमबलि Burnt offering होमबलिको टाउकोमाथी हात राख्नु चाहीँ आफ्नो पाप त्यो बलिमा सार्नु थियो । पापी मानिसको निम्ती त्यो मारिन्थ्यो । गाई गोरु, भेडा वा बाख्रा वा पङ्क्षीहरूलाई मारेर पुजारीले परमप्रभुको निम्ति आगो द्वारा बलि गरी वेदीमा जलाउनु नै हो हामबलि हो । पापको प्रायश्चितको लागि (१ः३,४) । ( समर्पण )
प्रकारशास्त्र : पिताको इच्छाप्रति ख्रीष्टको पूर्ण समर्पणको बारेमा बताउँछ ( हेर्नुहोस हिब्रु १०ः७) ।
ख. अन्नबलि Grain offering : अन्नलाई आगोमा जलाएर दिइने बलिलाई अन्नबलि भनिन्छ । यो चाहीँ भक्ति र सम्झनाको निम्ति चढाईने बलि हो । २ः१ ( सेवा )
प्रकारशास्त्र : ख्रीष्टको सिद्ध जीवन र सेवालाई औंल्याउँछ—पापरहित मानवता, आत्माले भरिएको । १ यूहन्ना ३ः५, प्रेरित १०ः३८
ग. मेलबलि Fellowship offering मेलबलि परमप्रभुको निम्ति मिठो बास्ना आउने आगो द्वारा चढाइने बलिदान हो । यस बलिदानमा गाई वा गो रु वा भेडा, बाख्रा वा बोकालाई मारेर सबै आगोमा जलाउनुपर्छ । यस बलिको अर्थ इस्राएलीहरुसँग जे जति छन ति सबै थो परमेश्वरकै हुन भन्ने थियो । ३ः१ ( शान्ती )
प्रकारशास्त्र: ख्रीष्टलाई हाम्रो शान्तिको प्रतिनिधित्व गर्दछ , परमेश्वर र मानिसबीचको मेलमिलाप ( एफिसी २ः१४) ।
घ. पापबलि Sin offeringयदि कसैले अन्जानमा पाप गर्यो भने एउटा निष्खोट साँढे परमप्रभुमा पाप बलिस्वरूप चढाइनुपर्दछ । ४ः३ ( प्रतिस्थापन )
प्रकारशास्त्र : ख्रीष्टलाई हाम्रो पाप बोक्ने व्यक्तिको रूपमा औंल्याउँछ ( २ कोरिन्थी ५ः२१ )
ङ. दोषबलि Guilt offeringमानिसहरूले आफ्नो औकातअनुसार भेडा वा बाख्राको पाठी, दुई वटा ढुकुर वा परेवा, र पिठो चढाउँछन् । कसैले सत्य कुरा बोलेन वा अशुद्ध जन्तु छोयो वा किरिया हाल्यो भने यसका लागि पुजारीले प्रायश्चित गरिदिन्छ र त्यस व्यक्तिलाई क्षमा हुन्छ । ५ः६ ( सन्तुष्टी )
प्रकारशास्त्र : ख्रीष्टले हाम्रा अपराधहरूको निम्ति तिर्नुपर्ने मुल्य उहाँले तिर्नुभयो र परमेश्वर पिताको पवित्र क्रोधलाई सन्तुष्ट पार्नुभयो । ( यशैया ५३ः१०–११ )
यी पाँच बलिहरु पापी मानिसहरूलाई पवित्र परमेश्वरसँग कसरी मिलाप गराउनुपर्छ भन्ने चित्रण हुन । लेवीको पुस्तकमा भएका सबै बलिदानहरूले येशू ख्रीष्टलाई संसारको पाप मन्छाउने परमेश्वरको थुमाको रूपमा औंल्याउछन । ( यूहन्ना १ः२९ )
जनावरहरु
बलिदानको लागि प्रयोग गरिने जनावरहरूले पनि ख्रीष्टलाई चित्रण गदर्थे ।
१. गोरु : ख्रीष्ट, बोझले दबिएको
२. भेडा : ख्रीष्ट, मौन
३. बोका : ख्रीष्ट, पापरहित
४. ढुकुर : ख्रीष्ट, कोमल
५. परेवा : ख्रीष्ट, स्थीर
लेवीको पहिलो भागले परमेश्वरतर्फको हाम्रो बाटो ( धर्मीकरणको वर्णन गर्दछ) । १–१६ ( बलिदान, पुजाहारीत्व, प्रायश्चितको दिन)
लेवीको दोस्रो भागले परमेश्वरसँगको हाम्रो हिँडाइ ( पवित्रीकरणको वर्णन गर्दछ । ( १७–२७ ( पवित्र जीवन, नैतिक नियम, चाडपर्व, भाकल )
शुद्ध र अशुद्धसम्बन्धी व्यवस्थाहरू (११ः१–१६ः३४)
१. Ceremonial Law ( धार्मिक व्यवस्था ) : निस्तार चाड, अन्य चाडहरु
२. Civil Law ( नागरिक व्यवस्था ): हत्या, चोरी, अर्काको हानी
३. Moral Law (नैतिक व्यवस्था): यसअन्तर्गत न्याय, आदर, व्यभिचारी र दश आज्ञा पर्दछन् ।
पवित्र पात्रो
आठ चाडहरू परमेश्वरका मानिसहरूले परमेश्वरलाई कसरी ग्रहणयोग्य रुपमा आराधा गर्नुपर्छ भन्ने चित्रहरू हुन । लेवीको पुस्तकले यो स्पष्ट पार्छ कि परमेश्वरका मानिसहरूले हामीलाई मन पर्ने कुनै पनि तरिकाले उहाँलाई आराधना गर्ने होइन तर उहाँले दिनुभएको आज्ञालाई सिरोफर गर्दै ति तौरतरिकाहरुबाट उहाँलाई आराधना दिनुपर्दछ । हामी पवित्र वासस्थानको ढाँचा स्वंयम परमेश्वरले नै दिनुभएको कुरा प्रस्थानको पुस्तकमा देख्छौँ ।
लेवीको पुस्तकमा उहाँका मानिसहरूले उहाँको आराधना कसरी गर्नुपर्छ भन्ने बारेमा अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
चाडहरू (२३ः१–२७ः३४)
१. पवित्र दिन (Sabbath) Levi 23:1-3 no work but assembly for worship
२. निस्तार चाड (Passover) Lev 23:4-8 ) वर्षमा एक पटक मनाउने चाड । अखमिरीको रोटी खाने र काम नगर्ने दिन ।
पात्रो, निस्तार चाडबाट सुरु हुनुपर्थ्यो ( अखमिरी रोटीको चाड, जुन हिब्रू नयाँ वर्षको पहिलो महिना ( मार्च र अप्रिल ) को १५ औं दिनमा हुन्थ्यो, जसले गर्दा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट कसरी छुटकारा दिनुभयो भनेर सम्झना गर्नको निम्ति निस्तार चाड सुरु हुनुभन्दा अघिल्लो दिन, ९औं घण्टा ( ३ बजे ) मा एउटा थुमा मार्नुपर्थ्यो ।
३. अखमिरी रोटीको चाड : (Unlevened Bread) Lev 23:6-8) अखमिरी रोटीको चाड, जुन हिब्रू नयाँ वर्षको पहिलो महिना ( मार्च र अप्रिल ) को १५ औं दिनमा हुन्थ्यो, जसले गर्दा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट कसरी छुटकारा दिनुभयो भनेर सम्झना गर्नको निम्ति मनाईन्थ्यो । जुन ७ दिन सम्म मनाईन्थ्यो ।
४. पहिलो फलको चाड (Feast of First Fruit) Lev 23:9-14 परमेश्वरलाई धन्यवाद र आदरको लागि हो । परमेश्वर फल वा सबै कुरा जुटाउने र धन्यवादीको भेटी । 1 Corinthians 15:20 Paul refers to Jesus as the first fruits of the dead.
तीन दिन पछि तिनीहरूले परमेश्वरलाई फसलको पहिलो फल चढाउनुपर्थ्यो ।
५. साताहरुको चाड (Feast of Weeks or Pentecost) Lev 23:15-22, पहिलो फल चाडको सात हप्ता पछि मनाइने चाड वा ५० औं दिनमा ।
पहिलो फलको ५० दिन पछि तिनीहरूले पेन्तिकोसको चाड मनाउनुपर्थ्यो यसले सीनै पर्वतमा व्यवस्था दिइएको दिनको सम्झना गर्थ्यो । जब सीनै पर्वतमा व्यवस्था दिइएको थियो, ३,००० मानिसहरूलाई तिनीहरूको पापको कारणले मारिएको थियो । पेन्तिकोसको दिनमा प्रार्थना गरिरहेका चेलाहरूमाथि पवित्र आत्मा खन्याइँदा ३,००० मानिसहरू बचाइएका थिए ।
६. तुरहीको चाड (Feast of Trumpets) Lev 23:23-25, सातौ महिनाको पहिलो दिनमा अन्नवालीको अन्तिम दिन र अर्को बालिको सुरुआत । आरामको दिन
७. प्रायश्चितको दिन (Day of Atonement) Lev 23:26-32, सातौं महिनाको दशौ दिनमा मनाइने चाड । काम नगरीकन प्रायश्चित गर्ने दिन ।
८. छाप्रोवासको चाड (Feast of Booths) Lev 23:33-44, एक हप्ताभरी काम नगरिकन मनाइने चाड यसमा मिश्र देशबाट उद्धारको सम्झनामा मनाइने चाड ।
हिब्रुको पुस्तकले स्पष्ट पारेझैं, इस्राएलका मानिसहरूका सबै चाडहरू, जसमा तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रोवासको चाड समावेश छ, सबै येशू ख्रीष्टमा पूरा हुन्छन परमेश्वरको थुमा जसले संसारको पापहरू मन्छाउनुहुन्छ, मृतकहरूबाट पुनरुत्थानको पहिलो फल । उहाँ हाम्रो पुनर्स्थापनाको वर्ष पनि हुनुहुन्छ ।
पुनर्स्थापनाको वर्ष
पुरानो करारमा हरेक ५० वर्षमा, त्यहाँ पुनर्स्थापनाको वर्ष हुन्थ्यो, जहाँ सबै ऋण रद्द गरिन्थ्यो र सबै सम्पत्ति मूल रूपमा स्वामित्वमा रहेको परिवारलाई फिर्ता गरिन्थ्यो । यो गरिबहरूको लागि शुभ समाचार थियो किनभने उनिहरुलाई ऋणबाट मुक्त गरिन्थ्यो ।
जब हाम्रा प्रभु येशू ख्रीष्टले नासरतमा घोषणा गर्नुभयो, “परमप्रभुका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन,थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।” लूका ४ः१८–१९
जीवनयापनका नियमहरू
क. लेवीको पुस्तकले पवित्र र सामान्य, शुद्ध र अशुद्ध बीचको भिन्नता छुट्याउँछ । धेरैजसो मानिसहरूले राम्रो र नराम्रोको हिसाबले सोच्छन तर बाइबलले तीन क्षेत्रहरू छुट्याएको छ, ( पापपूर्ण, धर्मनिरपेक्ष र पवित्र )
ख. लेवीको पुस्तकमा दुई प्रक्रियाहरू व्याख्या गरिएका छन । पहिलो हो जब पवित्र, ईश्वरीय र पवित्र चीजहरू अपवित्र हुन्छन र सामान्य हुन्छन तर जसरी पवित्रलाई अपवित्र बनाउन र सामान्यलाई प्रदूषित गर्न यसलाई अपवित्र बनाउने प्रक्रिया हुन्छ, त्यसरी नै छुटकारा पाउने प्रक्रिया पनि हुन्छ । लेवीको पुस्तकले अपवित्र र प्रदूषित गर्ने र मृत्युमा समाप्त हुने तलतिरको प्रक्रिया र अशुद्धलाई शुद्ध पार्ने र साधारणलाई पवित्र बनाउने माथितिरको प्रक्रियाको व्याख्या गर्दछ ।
दैनिक जीवनमा पवित्रता
लेवी १९ पुस्तकको सबैभन्दा महत्वपूर्ण अध्याय हो किनकि यसले दैनिक जीवनमा पवित्रताको अर्थ के हो भनेर वर्णन गर्दछ ।
हामीले हाम्रा आमाबाबुको सम्मान गर्नुपर्छ, विश्राम दिन पालना गर्नुपर्छ, एकान्तमा पनी परमेश्वरको महिमा गर्नुपर्छ, गरिबहरूको सम्मान गर्नुपर्छ, विदेशीहरूको सम्मान गर्नुपर्छ, सीमा र सम्पत्तिको सम्मान गर्नुपर्छ, हाम्रा सम्झौताहरूको सम्मान गर्नुपर्छ, अपाङ्गता भएकाहरूको लागि विचारशील हुनुपर्छ, जीवनको सम्मान गर्नुपर्छ, प्रकृतिको संरक्षण गर्नुपर्छ, जीवनको रक्षा गर्नुपर्छ र जीवनका सबै क्षेत्रहरूमा निष्ठा देखाउनुपर्छ । जस्तै हामीले गरिब, असहाय, दृष्टिविहिन र वृद्धहरूको लागि विशेष विचार देखाउनुपर्छ ।
स्वीकार्य र अस्वीकार्य यौन सम्बन्धहरू स्पष्ट रूपमा लेखिएका छन र समलैंगिकता र अनाचार स्पष्ट रूपमा निषेध गरिएको छ । जनावरहरूको क्रस प्रजनन निषेध गरिएको छ, जस्तै मिश्रित बीउ रोप्ने । परमेश्वर शुद्धताको परमेश्वर हुनुहुन्छ, र उहाँले विभिन्न उद्देश्यका लागि सृष्टि गर्नुभएको कुरालाई मिसाउन निषेध गर्नुहुन्छ ।
लेवीको पुस्तकमा बलिदानहरू ( बचाउने रगत )
पाँचवटा भेटीहरू ( होम बलि, अन्न बलि, पाप बलि, दोष बली, मेल बली ) ले रगत बगाएर प्रायश्चितलाई जोड दिन्छन ।
मुख्य पद: किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ । ( लेवी १७ः११)
प्रकारशास्त्र : परमेश्वरको थुमा येशू ख्रीष्टलाई औंल्याउँछ, जसको रगतले धर्मीकरण र छुटकारा ल्याउँछ ( रोमी ५ः९, हिब्रू ९ः२२) ।
लेवीको पुस्तकमा चाडहरु ( जिवित राख्ने खाना )
आठवटा चाडहरु ( शबाथ सहित ) ले परमेश्वरको प्रबन्धको वरिपरि केन्द्रित आराधना, विश्राम र आनन्दको लय प्रदान गर्दछ ।
यी पर्वहरूमा प्रायः परमेश्वरको उपस्थितिमा सँगै खाना खानु, जीविका, संगति र उत्सवको प्रतीक समावेश थियो ।
मुख्य पद: मानिस रोटीले मात्र बाँच्नेछैन, तर प्रभुको मुखबाट निस्कने हरेक वचनले बाँच्दछ । व्यवस्था ८ः३
( मत्ती ४ः४ मा येशूद्वारा प्रतिध्वनित )
प्रकारशास्त्र : ख्रीष्टलाई जीवनको रोटीको रूपमा औंल्याउँछ ( यूहन्ना ६ः३५) जसले आफ्ना मानिसहरूलाई पोषण र जिवित राख्नुहुन्छ ।
लेवीको पुस्तकमा बलिदानहरूले बचाउने रगतको बारेमा कुरा गर्छन ।
चाडहरूले जिवित राख्ने खानाको बारेमा कुरा गर्छन ।
सात
हरेक सातौं दिन परमप्रभुको लागि शबाथ थियो ।
प्रत्येक सातौं वर्ष विश्रामको वर्ष थियो ।
हरेक सात पटक सात वर्ष पछि पुनर्स्थापनाको वर्ष हुन्थ्यो ।
पेन्तिकोस निस्तार चाडको सात हप्ता पछि थियो ।
सातौं महिनामा तुरही, छाप्रोवास र प्रायश्चितको चाड थियो ।
परमेश्वरको पवित्रता
नयाँ नियममा लेवीको ९० भन्दा बढी सन्दर्भहरू छन । लेवीको अध्ययनले हामीलाई परमेश्वरको पवित्रता प्रकट गर्दछ । उहाँ दुष्टतालाई घृणा गर्नुहुन्छ । हामी श्रद्धा र विस्मयका साथ परमेश्वरको आराधना गरौं, किनकि हाम्रा परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ ।
मानिसको भ्रष्टता
लेवीले मानिसको पापपूर्णता देखाउँछ । मानव स्वभाव पशुपंथी, अनाचार, अन्धविश्वास र घृणित कामहरू गर्न सक्षम छ जुन सर्वशक्तिमान परमेश्वरको लागि घृणित, घिनलाग्दो र विद्रोह हो । मानिसको पापपूर्णता केवल हामीले सफा कुराहरूलाई प्रदूषित गर्ने कुरामा मात्र होइन, तर पवित्र कुराहरूलाई अपवित्र पार्ने कुरामा पनि देखिन्छ ।
लेवीको पुस्तकबाट शिक्षा :
१. परमेश्वर पवित्र हुनुहुन्छ उहाँसँग उचित सम्बन्ध राख्ने प्रत्येक व्यक्ति पनी पवित्र हुनैपर्छ ।
२. विश्वास र आज्ञाकारिता विनाको बलिदान अर्थहिन छ ।
३. इस्राएलीहरुलाई दिएको बलिदानिक प्रणाली उद्धार गर्नको निम्ति दिइएको थिएन तर परमेश्वरको करारमा मानिसहरुले उहाँसँग संगती कायम राख्नको निम्ति अस्थायी प्रबन्ध थियो । यी बलिदानहरु येशू ख्रीष्टको क्रूसको बलिदानको पूर्वचित्र हुन । यिनिहरु सबैले ख्रीष्टको बलिदानलाई चित्रण गरेका छन् ।
४. परमेश्वर पवित्र भएकोले उहाँले पवित्रताले माग गर्दछ कि हाम्रो जिवनशैली पवित्रतामा जिउनुपर्दछ ।
येशू ख्रीष्ट सित सम्बन्ध
१. जसरी प्रधान पूजाहारीले आफ्नो नियमित पोशाक फुकाल्छन, त्यसरी नै ख्रीष्टले आफ्नो महिमालाई अलग्गै राख्नुहुन्छ र हाम्रो विनम्रता धारण गर्नुहुन्छ ।
२.जसरी प्रधान पूजाहारीले दुईवटा बाख्रा प्रयोग गर्थे, एउटा मानिसहरूको लागि मार्न र अर्को उजाडस्थानमा धपाउन, त्यसरी नै ख्रीष्ट आफ्ना मानिसहरूको पापको निम्ति मर्नुभयो, र त्यसो गर्दा तिनीहरूको पाप यति टाढा लगियो कि तिनीहरू कहिल्यै सम्झिने छैनन ।
३. जसरी प्रधान पूजाहारीले एक्लैले आफ्नो कर्तव्यहरू पूरा गरे, त्यसरी नै ख्रीष्टले पापीहरूको लागि प्रायश्चित गर्नुभयो।
४. जसरी बलिदानको लागि प्रयोग गरिने जनावरहरूको छाला र मासु गाड्ने काम छाउनी बाहिर लगियो, त्यसरी नै ख्रीष्ट परमेश्वरको क्रोधको आगोले भस्म हुन यरूशलेम शहर बाहिर जानुभयो । हिब्रु १३ः११–१२
- प्रायश्चितको दिन ९त्जभ म्बथ या ब्तयलझभलत० मा मुख्य पुजारीले जनावरको रगत कृपा आसनमा छर्कनुपर्थ्यो भने येशुले आफै पूजाहारी भई क्रूसको वेदिमा बलि भई रगत छर्कनुभयो । (हिब्र ९ः२६) ।
- व्यवस्था अनुसार हरेक वर्ष बलिदान गर्नुपर्थ्यो भने येशु एकै पटक सदाको लागि बलिदान भईकन परमेश्वरमा हामीलाई प्रवेश गराइदिनुभयो (हिब्र १०ः१२) ।


No comments:
Post a Comment